काठमाडौं—बलिउड अभिनेत्री सुस्मिता सेन राजधानीमा आजदेखि हुने 'टाइमलेस प्यारागन ज्वेलरी फेसन शो'मा सहभागी हुन काठमाडौं आइपुगेकी छिन्। क्लासिक डाइमन्ड ज्वेलरिजले गर्न लागेको फेसन शोमा मिस युनिभर्स १९९४ सेनले क्याटवाक गर्नेछिन्। फेसन सो होटल अन्नपूर्णको पुलसाइटमा शनिबारसम्म चल्नेछ।




'फेस अफ क्लासिक डाइमन्ड' कन्टेस्टका विजयी आस्मी श्रेष्ठ, फस्ट रनरअप प्रमिता राज्यलक्ष्मी राणा र सेकेन्ड रनरअप साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनेत्री सेनसँग र्याम्पमा क्याटवाक गर्नेछन्।
तीन भागमा फेसन शो आयोजना हुनेछ। पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, ओसिमा बानु, आस्था पोखरेल, दीप्ति गजुरेल रक्यारोल ग्रेसियस् लगायत नेपाल र भारतका मोडलहरु र्याम्पमा देखिनेछन्।
'क्लासिक डाइमन्डका डिजाइनहरु सदाबहार छन्। मसँग भएकामध्ये ११.४२ र २२ क्यारेटका औँठीहरु मनपर्छ। दुवैले मेरो दुई दशक लामो करियरको प्रतिनिधित्व गरेका छन्,' अभिनेत्री सेनले भनिन्।


तस्बिर:दिनेश गोले