कोलकाता- 'कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो।
कुन सामग्री पूजा गर्ने साथ कसरी लाने हो।'
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता यात्रीका यी शब्दहरुलाई गीतका रुपमा गाएका गायक रविन शर्माले शनिबार साँझ आफ्नो यही गीत प्रस्तुत गर्दा भारतको कोलकातास्थित सिटी सेन्टर परिसर गुञ्जायमान भयो।
'बोलाउँदा तिमीले आएकै छु' गीतबाट प्रस्तुति थालेका गायक शर्माले नेपालीसँगै बंगाली भाषाको गीत 'आमी चिनी गो चिनी गो' गाउँदा स्थानीय बंगाली दर्शक श्रोताले पनि साथ दिए। शर्माले रवीन्द्र संगीतकी चर्चित गायिका सोमाली मुखर्जीसँगै 'माया बनो बिहारिनी हरिनी' बोलको गीत गाउँदा दर्शकले तालीले स्वागत गरे। कोलकातामा चलिरहेको हिमालयन सुन्तला महोत्सवमा गाउन आइपुगेका शर्माले उद्घाटनकै दिन कोलकाताको रवीन्द्र संगीत गाएर स्थानीयको वाहवाही पाएका हुन्। महोत्सवको दोस्रो दिन 'संगीतको कुनै भाषा हुँदैन' भन्दै मञ्चमा चढेका शर्मालाई पूर्वी नेपाल, भारत र भुटानका सहभागीसँगै स्थानीय दर्शकले तालीले साथ दिए।
बाल्यकालमा भारतको खर्साङस्थित भिक्टोरिया स्कुलमा पढ्दा रवीन्द्र संगीत सिक्ने मौका पाएका शर्माले बंगाली भाषामै स्थानीयलाई स्वागत गर्दै गीत प्रस्तुत गरेका थिए। स्थानीयको साथ पाएर उत्साहित भएका गायक शर्माले सुनाए, 'सानैदेखिको रवीन्द्र संगीतप्रतिको गहिरो प्रेमलाई प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी छु।'
व्यक्तिगत काम र गीत रेकर्डिङका लागि पटकपटक कोलकाता आइरहने शर्माले गायकका रुपमा पहिलोपटक कोलकातामा आफ्नो कला प्रस्तुत गरेका हुन्। चालीसको दशकताका रेडियो नेपालका चर्चित गायक शर्माले ५ एल्बमसहित ३ सयको हाराहारीमा गीत रेकर्ड गरेका छन्।
उनका 'कुन मन्दिरमा', 'तिमी यसै लजायौ', 'फूल झरे पनि काँडा झर्दैन', 'ऐनै ऐनाको रहेछ' लगायतका दर्जनौं गीतहरु चर्चित छन्। उनले पछिल्लो एल्बम 'रुमानी बतास'का गीतहरु कोलकातामै रेकर्डिङ गराएका छन्।
महोत्सवमा नेपाल, भारत र भुटानका समूहहरुले नृत्य प्रस्तुत गरे। नेपाल र भारतका समूहहरुले नेपाली गीतहरुमा नृत्य प्रस्तुत गरे भने भुटानको समूहले भुटानी गीतमै नृत्य प्रस्तुत गरे। कार्यक्रममा सुन्तला खाने प्रतियोगिता दर्शकका लागि आकर्षक बन्यो।