काठमाडौं– तीन वर्षअगाडि नै सुरु गरिएको फिल्म ‘मिसन पैसा–टु' बल्ल रिलिजका लागि तयार भएको छ। काठमाडौंको क्युज सिनेमामा बुधबार निर्माण समूहले जनाएअनुसार फिल्म आगामी फागुन १५ रिलिज हुनेछ।फिल्मका अभिनेता रेश मरहट्ठाले राम्रो काम गर्नका लागि समय लिइएको बताए। ‘आज म निर्माताहरुको अनुहारमा मुस्कान देख्छु, उहाँहरु पक्कै सन्तुष्ट हुनुहुन्छ, यसले मलाई खुसी बनाएको छ,' रेशले भने। फिल्ममा रेश मुख्य अभिनेता हुन्।
यस फिल्मका निर्माताद्वय माधव वाग्ले र नरेन्द्र महर्जनले यसअघि ‘फस्ट लभ', ‘लुट' र ‘छड्के' निर्माण गरेका थिए। ‘छड्के'को रिलिजपछि बजार र दर्शकको मनोविज्ञान बु‰न समय लागेको तर्क निर्माता नरेन्द्र महर्जनको छ। ‘मिसन पैसा–२'ले दर्शकको पैसा असुल हुने ग्यारेन्टी अर्का निर्माता माधव वाग्लेले दिए।
बजारमा निर्देशक सिमोश सुनुवार र निर्माताहरुबीच मनमुटाव बढेको भन्ने चर्चा थियो। तर, यसलाई निर्देशक सिमोशले नकारे। ‘बजारमा चलेको हल्ला निराधार हो, हामी मिलेरै काम गरिरहेका छौं,' सिमोशले भने। ‘मिसन पैसा'को पहिलो शृंखला र ‘फस्ट लभ'पछि सिमोशको यो तेस्रो फिल्म हो।
फिल्मका पटकथाकार प्रचण्डमान श्रेष्ठले तीन वर्षअगाडि लेखेको फिल्मको बारेमा खुलेर बोल्न चाहेनन्। ‘फिल्म एक्सन कमेडी हो, निर्माताहरुको मुखबाट सुनेअनुसार कमर्सियल रुपमा हिट हुने सम्भावना यसको छ रे,' उनले भने।
हरि हुमागाईंको छायांकन, पाण्डव सुनुवारको संगीत, राजकुमार उप्रेतीको फाइट, दीर्घ खड्काको सम्पादन रहेको ‘मिसन पैसा–टु'मा निशा अधिकारी, अमिर गौतम, हर्षिका श्रेष्ठ र प्रियंका कार्कीले पनि अभिनय गरेका छन्।