चितवन- जिल्लाको पुरानो सांस्कृतिक संस्था नारायणी कलामन्दिरले वर्षमा तीनवटा नियमित कार्यक्रमहरु गर्छ। नेपाली नयाँ वर्षमा 'इन्द्रेणी साँझ', नारायण गोपाल स्मृति साँझ र अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा 'जुनेली रात'मा गीत, संगीत र नृत्यहरु प्रस्तुत हुन्छन्। सोमबार साँझ सम्पन्न 'जुनेली रात'मा सालु गौतमको बेली डान्स कार्यक्रमको प्रमुख आकर्षण रहयो।'यो नेपाली शिर उचाली' भन्ने राष्ट्रिय गीतमा कलाकारले देखाएको नृत्यबाट सुरु भएको थियो 'जुनेली रात'। केही लोक र आधुनिक नृत्यपछि सालु गौतम आफ्नो गीत सुनाउन मञ्चमा देखा परिन्। साँझ ६ बजे सुरु भएर लगभग दुई घण्टा चलेको कार्यक्रमको बीचमा सालु फेरि मञ्चमा देखा परिन्। यो पटक उनले 'बेली डान्स'को फरक प्रस्तुतीले कार्यक्रमको महौल तताइन्।
भरतपुर हाकिमचोक घर भए पनि पोर्चुगलमा बस्दै आएकी गौतम 'नेल आर्टिस्ट' हुन्। गीत र नृत्यमा सानैदेखि रुची राख्ने उनले तीन वर्षअघि बेली सिकेर नाच्न थालेकी हुन्। आफ्नो पहिलो गीती एल्बमका लागि गीत रेकर्डसमेत गराइसकेकी सालुले भनिन्, 'मेरो जिल्लामा मात्रै होइन, आजको बेली डान्स नेपालभित्रै गरेको पहिलो प्रस्तुती हो।'
दिउँसो कलामन्दिरको ३९औं वार्षिक साधरणसभा भएको थियो। सो अवसरमा नेपाली चलचित्रका चरित्र अभिनेता ऋद्धिचरण श्रेष्ठलाई सम्मान गरेको कलामन्दिरका अध्यक्ष दिलीप पियाले जानकारी दिए। कलामन्दिरका पूर्व अध्यक्षसमेत रहेका नारायणगढ निवासी कलाकार श्रेष्ठ थुप्रै व्यवसायकि चलचित्र 'कान्छी'देखि चलचित्रको पर्दामा बाबुको भूमिकामा देखा परेका हुन्।
साही अवसरमा नाटक लेखक निर्देशक पुष्प आचार्यलाई पुरस्कृत गरियो। कलाकारसमेत रहेका आचार्यलाई वर्षको उत्कृष्ट कलाकारका रुपमा पुरस्कृत गरिएको कलामन्दिरले जनाएको छ। विस २०१९ सालमा स्थापना भएको कलामिन्दरले वार्षिकरुपमा गर्ने 'जुनेली रात'को सोमबार ३०औं शृंखला प्रस्तुत भएको हो।