वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत 'कर्कलो कोक्याउला' सार्वजनिक भएको छ। गीतमा हरिवंशलाई पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीले आवाजमा साथ दिएकी छन्। निकै मिहेनत गरेर निर्माण गरिएको गीतको अडियो कर्णप्रिय रहेको छ।
किरण तुलाधरले एरेन्ज गरेको गीतलाई श्याम श्वेत रसाइलीले मिक्सिङ्ग गरेका छन्। राजधानीमा बिहीबार एक कार्यक्रमका बीच सो गीत सार्वजनिक गरिएको थियो। सार्वजनिक गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन्।
कसरी नेपाली चेलीलाई फकाएर विदेशमा बेचिन्छ भन्ने कथा भिडियोले बोलेको छ। भिडियोमा हरिवंश आचार्यको साथमा नायिका स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डेको अभिनय रहेको छ। गीतिनाटक शैलीमा निर्माण भएको गीतको भिडियो निकै आकर्षक बनेको छ। हरिवंश र स्वस्तिमाको जीवन्त अभिनयले भिडियोमा थप प्राण थपेको छ। काभ्रे र दक्षिणकालीका विभिन्न ठाउँमा खिचिएको भिडियोमा सुशील सापकोटाको छायाँकन रहेको छ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहेका आईजिपी शैलेस थापा क्षेत्रीले महजोडीको अंश हुन पाएकोमा खुसी व्यक्त गरेका थिए। उनले कलाकारहरूको अभिनय उत्कृष्ट रहेको बताए। साथै भिडियोमा प्रहरीको भूमिका मन परेको पनि उनले बताए।
सामाजिक सन्देश मुलक गीत र भिडियोलाई गाउँ गाउँसम्म पुर्याउन उनले आग्रह समेत गरेका छन्।
सोही क्रममा सामाजिक अभियन्ता अनुराधा कोईरालाले कलाकारको अभिनय र विषयवस्तुले आफूलाई मार्मिक बनाएको पनि बताइन्। यस्तै, सामाजिक सन्जाल ईमोबाट बच्चाहरू शोषणमा परिरहेको पनि उनले सुनाईन्।
बिशेषगरि, यो भिडियोलाई मनोरन्जनका लागि भन्दा पनि सामाजिक सचेतनाको रूप लिन आग्रह उनीहरुको छ।
जानकारीमुलक उक्त भिडियोका लागि अर्का वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले यो टिमलाई धन्यवाद दिए।
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।
‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।
आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।
‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।
उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...