काठमाडौं– सन् २००४ की मिस इण्डिया सयाली भगत शनिबार राजधानीमा भएको 'स्टायल मन्त्र' नामक फेसन शोको र्यााम्पमा देखिएकी छिन्। ह्यात रिजेन्सीमा आयोजित र्याम्प शोमा भारतीय परम्परगत चार वटा विधाका साडी र सुटहरुको नयाँ डिजाइन प्रस्तुत गरिएको थियो। पार्वती फ्रेव्रिक, रोज फेसन, अम्बिका फेसन र महोत्सव नामक डिजाइहरुमा नेपाल र भारतका २४ जना मोडलहरु र्याम्पमा देखिए। 'भारतीय परम्परागत साडीका नयाँ डिजाइन नेपालमा ल्याएका हौं। यस डिजाईहरुले अन्तराष्ट्रियस्तरमा चर्चा कमाइसकेका छन्,' आयोजकका अमित मित्तलले भने। नागरिकन्युजकर्मी दिनेश गोलेले कैद गरेका तस्बिरहरु:










