पाल्पा- अधिकांश मेला महोत्सवमा आफ्ना फिल्मी डाइलग बोल्ने महानायक राजेश हमाल पाल्पा महोत्सवमा भने छमछमी नाचे। महोत्सवको दोस्रो दिन शनिबार तानसेन टुडिखेल मैदानमा हमालको ठूम्काले दर्शकदीर्घामा निकै उत्साहको सञ्चार गरेको थियो। आफ्नो पुरानै शैलीमा फिल्मी डाइलग बोल्दै भित्रिएका हमालले डाइलग सक्नासाथ रोइला गायक शिरिश देवकोटालाई स्टेजमा निम्त्याए।
हमालले देवकोटालाई निम्त्याउँदा अब केही होलाजस्तो छ भन्ने सोचिरहेका दर्शकहरु देवकोटाको राइला गीतमा हामाल छमछमी नाचेपछि छक्कै परे। दर्शक दीर्घामा हुटिङ चल्यो। 'यै चाल होला भन्या भा...' देवकोटाले आफ्नो बहुचर्चित गीत गाउँदै गर्दा स्टेजमा राजेश दाइको ठूम्का देख्न पाइयो। महानायक यसरी छमछमी नाचेको फिल्ममा भन्दा बाहिर विरलै देख्न पाइने दृश्य हो। स्टेजमा महानायकसँगै तल दर्शकहरु पनि नाचिरहेका थिए।
राजेश हमालको लगत्तै स्टेजमा आएकी गायीका कृष्णा गुरुङले 'तिमी र म भए प्यार हुन्छ...' भन्दै भ्यालेन्टाइनको मौसमलाई अझै प्रेममय बनाइन्। एक पाल्पाली युवकलाई स्टेजमै लगेर भ्यालेन्टाइनको साइतमा लगनगाँठोको कुरा गरेकी कृष्णाले दर्शकलाई सोधिन् 'छ कोही अर्को पाल्पाली?' दर्शकदीर्घामा भएका युवाहरु एकै स्वरमा चिच्याए 'राजेश दाई हुनुहुन्छ।' भर्खरै लगनगाँठो कसेका राजेश दाइ दर्शकदीर्घाको अग्रपंक्तिमै थिए। हमालले खित्का छोड्दै दर्शकतिर हेरे, दर्शकले झन् जोडले ताली बजाए। हमाल पाल्पा जन्मेका हुन्। मञ्चमा आफ्नो बाल्यकाल र पाल्पाका सम्झना सुनाउँदा उनी भावु देखिएका थिए।