झापा-धेरै नवप्रवेशीका लागि राजनीतिक पद प्राप्ति वा ‘जनसेवा'को उद्देश्यले प्रेरित हुन्छ। तर, नेपाली राजनीतिका विद्वान पात्रका रुपमा चिनिने समाजवादी चिन्तक प्रदीप गिरिको राजनीतिमा प्रवेशको उद्देश्य अर्कै रहेछ।‘म कसैको प्रेम प्राप्तिका लागि राजनीतिमा होमिएँ,' झापाको काँकडभिट्टामा आयोजित कला साहित्य उत्सवको अन्तिम दिनको एउटा सत्रमा गिरिले रहस्य खोले ‘वनारसमा पढ्दा म कसैको प्रेममा परेँ। उनलाई आफूप्रति आकर्षित गर्न म राजनीतिमा होमिएँ।'
गतिशीलताका लागि निरन्तर अध्ययन भन्ने मूल ध्येयबारे उत्सवको अन्तिम दिन एक घण्टा लामो प्रवचन दिने क्रममा गिरिले यसो भन्दा हल हाँसोले गुञ्जियो। उनी रोकिएनन् ‘यस्ता केही दुर्घटनाहरु भए, बिस्तारै पछि उद्देश्य बद्लिँदै गयो तर प्रारम्भिक उद्देश्य त्यही थियो।' लगातारको अध्ययनले उद्देश्य र प्राथमिकता बद्लिएको प्रसंग निकाल्दै उनले थपे ‘पुस्तक, जीवन र आफ्नै जीवनको अध्ययनले प्राथमिकता फेरिए। त्यसैले यी तीनै थरी कुराको निरन्तर अध्ययन जरुरी छ। यसले जीवन गतिशील तुल्याउँछ।'
बिहान नौ बजेदेखि साँझ ५ बजेसम्म खचाखच हल, अनेकौं विषयमा लगातारको छलफल अनि सहभागी दर्शकका चोटिला प्रश्नहरुको ओइरोका बीच तिनको समाधान खोज्ने प्रयास। यही अभ्याससहित झापामा कला साहित्य उत्सवको दोस्रो संस्करण सोमबार सकिएको छ।
राजधानीबाहिर पहिलोपटक दुई वर्षअघि पनि यस्तै उत्सवको आयोजना गरेको रिडर्स झापाले यसको दोस्रो संस्करण पनि सफल आयोजना गरेर टुंगाएको छ। ‘मैले पहिलोपटकको उत्सवमा झापाले बाजी मारेको कुरा गरेको थिएँ, साहित्यको सत्ता झापामा सरेको बताएको थिएँ,' चर्चित लेखक खगेन्द्र संग्रौलाले भने ‘यसपटक भव्य कार्यक्रममार्फत उसले उक्त सत्तालाई संस्थागत गरेको छ।'
शनिबार शुरु भएको तीनदिने उत्सवमा १५ वटा समूहगत छलफल, तीनजना विज्ञहरुको सम्भाषण तथा चित्रकला, पुस्तक प्रदर्शनी, कविता वाचन लगायतका कार्यक्रममा पूर्वी नाका काँकडभिट्टा व्यस्त रह्यो। विभिन्न सत्रमा चलेका गरमागरम बहसले प्राज्ञिक विमर्शलाई मोफसलमा सार्न सघाएको टिप्पणी सहभागीहरुले गरे।
‘विज्ञहरुले बोल्ने, तिनलाई प्रत्यक्ष प्रश्न गर्न पाइने कार्यक्रमको विशेषता लोभलाग्दो र नौलो लाग्यो,' सुनसरीको इटहरीबाट कार्यक्रम हेर्न आउका सुधीर केसीले भने, ‘यसले आम नागरिकलाई पनि प्राज्ञिक बहसमा सहभागी हुने स्पेस दिएको छ।'
नेपाली लेखन क्षेत्रका दुई दर्जनभन्दा बढी चर्चित अनुहारहरु , कला क्षेत्रका हेभिवेटहरु, मोफसल र भारतकासमेत लेखकहरुको उपस्थितिमा भएको उत्सवमा नागरिक अगुवा देवेन्द्रराज पाण्डे, प्राध्यापक कृष्ण खनाल, लेखकहरु खगेन्द्र संग्रौला, नयनराज पाण्डे, मनु मञ्जिल, राजनीतिक चिन्तक प्रदिप गिरिलगायतको सहभागिता थियो। त्यस्तै पत्रकारहरु सुधीर शर्मा, रवीन्द्र मिश्र, प्रशान्त झा र किशोर नेपालको सहभागितामा नेपाली पत्रकारिताबारे भएको छलफलमा पनि सर्वसाधारण उत्साहपूर्वक सहभागी बने।
आयोजक संस्था रिडर्स झापाका अध्यक्ष उज्ज्वल प्रसाईले उत्सवमा पाँच हजारभन्दा बढीले भाग लिएको बताए। उनका अनुसार तीन दिनमा एक लाखभन्दा बढीको पुस्तक बिक्री तथा उत्तिकै परिमाणमा चित्रकला समेत बिक्री भएको छ। आयोजक प्रसाईले अबको दुई वर्षपछि फेरि भेट्ने बताए।