इटहरी साहित्यिक समूहले वर्षेनी प्रदान गर्दै आएको धरणीधर दाहाल स्मृति पुरस्कार २०७८ बाट दुई जना साहित्यकारलाई सम्मान गरिएको छ। स्वर्गीय दाहालको ९५औं जन्म जयन्तीको अवसर पारेर भाषाविद् प्राध्यापक डाक्टर माधवप्रसाद पोखरेल र साहित्यकार एवम् पत्रकार कृष्णबिनोद लम्साललाई सम्मान गरिएको हो।
२००५ सालमा सुनसरी धरानकोे विजयपुरमा जन्मिएर अहिले सानेपा ललितपुरमा बसोबास गर्दै आएका पोखरेललाई तीस हजार नगदसहित अभिनन्दन गरियो। कार्यक्रममा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री राजन राईले पोखरेललाई अभिनन्दन गरे।
पोखरेल नेपालका भाषाविद्हरूमा अगुवामा गनिन्छन्। उनी मुलतः भाषा वैज्ञानिक, निबन्धकार, समालोचक, अनुवादक तथा अन्वेषकका रुपमा चिनिन्छन्। सादा जीवन उच्च विचारका हिमायती पोखरेल भाषा विज्ञानका अथक साधक, कुशल र लोकप्रिय प्राध्यापक पनि हुन्।
उनी त्रिभुवन विश्वविद्यालयमा धेरै वर्ष प्राध्यापन गरी केही वर्षअघि मात्र निवृत्त भएका हुन्। यसरी हेर्दा उनी बहुमुखी प्रतिभाका व्यक्तित्वका रुपमा चिनिन्छन्। सबै प्रकारका दुःख सुख र अभाव देखे भोगेर खारिएका प्राध्यापक डाक्टर पोखरेल जस्ता आदर्श व्यक्तित्व दुर्लभ पाइन्छन्।
सो क्रममा सुनसरीमा रहेर लामो समयदेखि पत्रकारितासँगै साहित्य कर्ममा लागेका कृष्णबिनोद लम्साललाई नगद २५ हजारसहित सम्मान गरियो। भोजपुरको दिङ्लामा २००६ सालमा जन्मेका लम्साल इटहरी वडा नं. ५ का स्थायी बासीन्दा हु्न्। उनले पत्रकारिता गरेको तीन दशक बितिसकेको छ। पत्रकारितासँगै साहित्य क्षेत्रमा सक्रिय उनका ६ वटा कृति प्रकाशित भएका छन्।
आफ्ना स्वर्गीय पिता धरणीधर दाहालको स्मृतिमा दाहालका छोरा ज्ञानेन्द्र दाहाललगायतले धरणीधर प्रतिष्ठान स्थापना गरि पुस्कार कोषमार्फत हरेक वर्ष दुई जनालाई पुरस्कार प्रदान गर्ने गरिएको छ।