मुम्बई– जिल्ला कलेक्टरसँग फोटो खिच्न अस्विकार गरेका बलिउड अभिनेता शलमान खानलाई सो निर्णय निकै महंगो सावित भयो। जिल्ला कलेक्टरसँग फोटो खिच्न नमानेपछि राजस्थानका जिल्ला कलेक्टरले सलमानको फिल्मको सुटिङ नै रोकिदिए।
सुटिङनै रोकिएपछि सलमानले कलेक्टरको कुरा मान्नै पर्यो। र आधी घण्टासम्म कलेक्टरका परिवारसँग फोटो सेसन गर्नुपर्यो। भारीतय सञ्चारमाध्यमका अनुसार राजस्थानको कुंभालगढ किल्लामा सलमान खान, अनुपम खेर तथा सोनमकपुर अभिनित फिल्म 'प्रेम रतन धन पायो' को सुटिङ भइरहेको थियो। सुटिङ हेर्न जिल्ला कलेक्टर केसी वर्मा आफ्नो परिवारसँग पुगेका थिए। जँहा उनले सलमान खानसँग फोटो सेसन गर्ने इच्छा व्यक्त गरे। तर सलमानले फोटो सेसनप्रति रुची देखाएनन।
सलमानले फोटो सेसन गर्न नमानेपछि तनावमा रहेको कलेक्टरले तुरुन्त सुटिङ बन्द गर्न आदेश दिएका थिए। फिल्मको सुटिङ बन्द भएपछि मात्र सलमान कलेक्टर र उनको परिवारसँग फोटो सेसन गर्न तयार भएका थिए। त्यसपछि आधी घण्टासम्म कलेक्टरको परिवारसँग फोटो सेसन गर्नुपरेको थियो।