तनाव प्रबन्धनको महामन्त्र
१४ फागुन २०७८
•
४ मिनेट पाठ
तनाव प्रबन्धनको महामन्त्र
हामी सबै सुख, शान्ति, सफलता, सहयोग, सम्मान र स्वास्थ्यको कामना गर्छौं। यसको प्राप्तिका लागि नै परिश्रम, प्रयास र दैनिक कार्य गर्ने गर्छौं। यस क्रममा हामी आ–आफ्नो क्षमता, प्रभाव, शक्ति र समझ अनुसार प्रयास गर्छौं र त्यस्तै प्रगति प्राप्त गर्दछौँ। धेरै कम व्यक्तिले मात्र आफ्नो क्षेत्रमा उच्च सफलता प्राप्त गर्छन्। सफल व्यक्तिले पनि समझ र सन्तुष्टिको उपयोग गरेनन् भने उनीहरूको जीवन सुखी र सन्तुलित हुँदैन।




आफ्नो कार्य गर्ने क्रममा आउने अपमान, अशान्ति, असफलता रुकावट वा तनावलाई प्रबन्धन गर्नका लागि हामी विभिन्न प्रकारका उपाय सिक्छौँ र उपयोग गर्दछौँ तैपनि नकारात्मक कुरा हटाउन सफल भइरहेका हुँदैनौँ।

जब कुनै पनि समस्याको समाधान भइरहेको छैन भन्ने एकपटक आफ्नो ज्ञान, अनुभव र समझको मूल्यांकन गर्नुपर्छ। किनकि आफ्नो माइनस पोइन्ट बुझ्नु धेरै ठूलो प्लस पोइन्ट हुन्छ।

समाधानका क्रममा हामी एउटा ठूलो गल्ती गर्छौं। त्यो के भने सानोसानो समस्या समाधान आफैँ नखोजेर ठुल्ठूला व्यक्ति, प्रोगाम वा ठाउँ–ठाउँमा जान्छौँ। आफ्नो समझ, क्षमता, शक्ति तथा ज्ञानको प्रयोग गर्ने हो भने हामीले धेरै सुखी जीवन बिताउन सक्छौँ। यसका लागि यी पाँचवटा कुरालाई याद राख्यौँ।

१) सहजताः दैनिक जीवनमा धेरै कुरालाई हामीले सहजता र सरलतापूर्वक लियौँ भने मानसिक शान्ति पनि बढ्छ र समयको पनि बचत हुन्छ। तर, अशान्ति र अहंकारका कारण हामीले सरल कुरालाई कठिन बनाइदिन्छौँ। हामीले आफूलाई अरूभन्दा धेरै ज्ञानी, सुन्दर र ठूलो भनेर मात्र हुँदैन, अरूले हामीलाई भन्नुपर्छ।

अहिले सबै मानिस उग्र भइसकेका छन्। आफ्नो मानसिक स्थितिमाथि कसैको नियन्त्रण छैन। कुन बेला कस्तो व्यवहार गर्छ, कसैलाई थाहा छैन। यस कारण जसरी कम्प्युटरमा एन्टी भाइरस लगाउँछौँ, त्यस्तै मनमा पनि बुद्धिमताको एन्टी भाइरस लगाउनुपर्छ। जसले गर्दा कसैको नराम्रो वाणी र व्यवहारले हामीलाई दुःखी र अशान्त गर्न नसकोस्।

२) उच्च समझः जीवन यस्तो जटिल र रहस्यमयी छ कि सामान्य समझले काम हुँदैन। त्यसैले उच्च समझ आवश्यक हुन्छ। जबसम्म हामी एउटा नियम बनाउँदैनौँ, त्यो बेलासम्म सबै कुरा र स्थिति असन्तुलित रहन्छ। यस असन्तुलनले गर्दा सबै कुरा अस्तव्यस्त रहन्छ। याद राख्नु होला, नियम छैन भने जीवन छैन। सरकारले जस्तै नियम बनाएर हामीले त्यसलाई पालना गर्नुपर्छ। सुरुमा कठिन लाग्छ तर पछि बिस्तारै एकदमै सजिलो लाग्न थाल्छ।

प्रतिकूल परिस्थितिलाई सहज बनाउन हामीले तीनवटा ‘एफ’को सिद्धान्त याद राख्नुपर्छ– फाइट (लड्नु), फ्लो (बग्नु), फ्ली (हट्नु)।

लड्नुः सामान्य तौरमा प्रतिकूलतामा मान्छे फाइट गर्छ। फाइट तीन थरीको हुन्छ। शारीरिक, वादविवाद वा मानसिक। फाइट कुनै पनि होस् दुःखदायी र नोक्सान देहलाई हुन्छ। यस कारण फाइट कुनै पनि हालतमा गर्नु हुँदैन।

बग्नुः  एउटा आसान उपाय छ, बग्नु। जुन स्थिति छ राम्रो वा नराम्रो, त्यसलाई स्वीकार गर्ने र त्यसैमा बग्ने। किनकि यो सरल र उपयोगी उपाय छ। कुनै नकारात्मक भावलाई अस्वीकार ग¥यौँ भन्ने तनाव र अशान्तिको महसुस हुन्छ। जसमाथि हाम्रो नियन्त्रण छैन, त्यसलाई स्वीकार गर्नेबाहेक केही उपाय छैन।

हट्नुः तेस्रो बाटो पनि छ, हट्नु। अर्थात् त्यहाँबाट अर्को ठाउँ गइदिने।  

३) धैर्यताः आध्यात्मिक यात्रा होस् वा सांसारिक, दुवैमा धैर्य आवश्यक हुन्छ। हुन त सबै मान्छे भन्छन् कि आध्यात्मिक यात्रा धेरै कठिन छ। तर मेरो विचारमा सांसारिक यात्रा धेरै कठिन छ। जब असन्तुलनले गर्दा मनको विचार र भाव दुवै अस्तव्यस्त हुन्छ, त्यो बेला धैर्य विशेष रूपमा आवश्यक हुन्छ। अशान्तिमा तपाईं आफ्नो क्षमताको राम्रो उपयोग गर्न पाउनुहुन्छ। जसरी फलाम कठोर हुँदा मात्रै बलियो रहन्छ, पग्लिएपछि बलियो रहँदैन। त्यस्तै धैर्य नहुँदा तपाईंको क्षमताको मूल्य रहँदैन।

आत्म मूल्यांकन

एउटा कलेजको प्रोफेसरले चारवटा विद्यार्थीलाई प्रयोगशालामा बोलाए र भने– ध्यानपूर्वक हेर्नुस् र म जे जे गर्छु त्यही गर्नुस्। त्यहाँ एउटा बिरालो पल्टिरहेको थियो। प्रोफेसरले एउटा औँलाले बिरालोको जिउ चलाएर जिब्रामा लगाए, विद्यार्थी पनि त्यस्तै गरे। प्रोफेसरले भने– तपाईंहरूले मैले गरेजस्तै गर्नुभएन। किनकि मैले चोर औँलाले बिरालो चलाएँ र माझी औँला जिब्रामा लगाएँ, तर तपाईंहरू जुन औँलाले बिरालोको जिउ छुनुभयो, त्यही औँला जिब्रामा लगाउनुभयो।

कम समयमा धेरै कार्य गर्ने उद्देश्यका कारण हामीले राम्रो तरिकाले काम गर्न सक्दैनौँ। हतारमा र होस नपुर्‍याई काम गर्दा गल्ती हुन पुग्छ। जहिले पनि हाम्रो मनले भविष्यको योजना बुनिरहन्छ। यस कारण हामी आफ्नो समझ, ज्ञान र शक्तिको राम्रोसँग उपयोग गर्न पाउँदैनौँ। यसकारण शान्तिपूर्वक आफ्नो कमी–कमजोरी मूल्यांकन गरेर कार्य गर्ने बानी बसाल्नुपर्छ।

माइन्ड म्यानेजमेन्ट ध्यानः यो अति प्राचीन ध्यान विधि हो। यसलाई परिष्कृत गरेर वर्तमान समयका मानिसका लागि बनाइएको छ। यसका लागि १५ मिनेटसम्म पद्मासन, सुखासन वा सिद्धासनमा बस्नुस्। आँखा बन्द गरी शरीरलाई शिथिल गरेर तथा हातका औँला एक अर्कामा अड्याएर बस्नुस्। ओठ बन्द रहन्छ, तर जिब्रालाई तालुमा टाँस्ने, त्यसपछि सारा ध्यान त्यसै जिब्राको टुप्पोमा लगाई राख्ने र बिस्तारै लामो र गहिरो सास लिने र छाड्ने गर्नुस्। मात्र १५ दिनमै यसको प्रभाव र लाभ हेर्न सक्नुहुन्छ।

(स्वामी ध्रुव माइन्ड म्यानेजमेन्टका प्रणेता हुन्।)
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१३ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।




उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस