मिस्टर एण्ड मिस लिटिल कोसी प्रतियोगिताको चौथो संस्करणका लागि प्रतियोगी छनोट भएका छन्। मिस्टर एण्ड मिस लिटिल कोसीका लागि प्रदेश १ को विभिन्न स्थानमा भएको अडिसनबाट अन्तिम ९० जना छनोट भएका हुन्।
जसमा ६४ जना बालिका र २६ जना बालक विराटनगर, इटहरी, धरान, दमकलगायतबाट छनोट गरिएको कार्यक्रम संयोजक आयुषा आचार्यले जानकारी दिइन्।
छनोट भएका प्रतियोगीलाई बन्द प्रशिक्षणमा मिस कोसीको विजेता प्रशिका श्रेष्ठ, फस्ट रनरअप आयुषा आचार्य, मोडलहरु समीक्षा कार्की, प्रकृति फुयल, सीमा सरदारलगायतले प्रशिक्षण दिइने छन्। जय मिडिया मेनेजमेन्टले उक्त कार्यक्रम चैत ५ गते गर्ने भएको हो। फाइनलको विजेताले नगद जनही ३०/३० हजार रुपैयाँको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ।