निद्रा
२५ चैत्र २०७८
•
१ मिनेट पाठ
निद्रा
ढाकामोहन बराल




आज मनोनयन दर्ता गर्ने अन्तिम दिन। उम्मेदवारी जति जनाले दर्ता गरे पनि जित्ने सम्भावना भनेको गोपाल खत्री अथवा बलराम खवासको नै देखियो। राकेश शहरको एक जानेमानेको निर्माण व्यवसायी हो। उम्मेदवारी दर्ता सकिएको एक घण्टामा गोपाललाई फोन गर्‍यो, ‘गोपालजी, ल अग्रिम बधाई छ है। म त हजुरको आफ्नै मान्छे, के गर्नु व्यापारी परियो, खुलेर लाग्न मिलेन तर म हजुरलाई नै सहयोग गर्ने हो। कुनै हिचकिच नमाने हुन्छ।’

–अँ अहिलेलाई युवा परिचालन गर्न कुन पेट्रोल पम्प प्रयोग हुन्छ! मलाई खबर गरिदिनु होला। लागेको बिल म तिरिदिन्छु। चिन्ता मान्नु पर्दैन तर कुरा गोप्य होस् है।

त्यसको एक घण्टामा बलरामलाई फोन गर्दै भन्यो, ‘बल्ल शहरले वास्तविक विकास गर्ने नेतृत्व पाउने भयो। हामी सबैले खोजेको हजुरजस्तै हो। सकेको सहयोग गरेर जिताई छाड्ने हो बालरामजी। के गर्ने हामी धेरै खुल्न नमिल्ने, आवश्यक परेको सहयोग माग्न नभुल्नु होला। बरु एउटा कुरा चुनावमा केटाहरू मोबिलाइज गर्न लाग्ने रसद्पानीको खर्च मेरो तर्फबाट गरूँला बरु कुन होटल हो समयमा नै जानकारी पाऊँ।

‘आज अबेरसम्म गोपाल र बलराम निदाउन सकेनन्। चुनाव नभएसम्म भन्न सक्ने अवस्था पनि छैन। एउटालाई साझेदार दलका कार्यकर्ताले भोट नदिने हुन् कि भन्ने चिन्ता अर्कालाई आफ्नै पार्टीका कार्यकर्ताको अन्तर्घातको पिर। उता राकेशलाई भने मनमनै  ‘जसले जिते पनि यिनीहरूलाई चलाउने मैले हो’ सोच्दै मीठो निद्रा पर्‍यो।
अर्को समाचार
निद्रा लागेन ?यसाे गर्नुस् !
०६ असोज २०७३
•
५ मिनेट पाठ
निद्रा लागेन ?यसाे गर्नुस् !
–मधुरो प्रकाश बालेर सुत्न ओछ्यानमा जानुभयो भने सजिलोसँग निद्रा पर्छ ।




–ओछ्यानमा पल्टिएपछि मोबाइल चलाउँदा निद्रा लाग्दैन । त्यसैले मोबाइल स्विच अफ गरेर अथवा मोबाइल साइलेन्समा राखेर सुत्नुपर्छ ।

–सधैँ एकै समयमा सुत्ने र उठ्ने बानी बसाले अनिद्राको समस्या हट्दै जान्छ ।

–सुत्नुअघि कडा व्यायाम गरे शरीरमा रक्तसञ्चार तीव्र हुन्छ । जसले गर्दा निद्रा लाग्दैन । त्यही भएर सुत्नुभन्दा कम्तीमा चार घण्टाअघि मात्रै व्यायाम गर्नुपर्छ ।

–राति अघाउँजी खाने बानी छ भने त्यो सुधार्नुहोस् । तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खानाले राति मीठो निद्रा लगाउँछ ।

–निद्रा लगाउन मदिराको चुस्की लिने बानी छ भने छोडिहाल्नुस् । किनकि, मदिराले केहीबेर मात्र निद्रा लगाउँछ । एक पटक बिउँझिएपछि छिनछिनमा बिउँझिने समस्या हुन्छ । मदिरा खानै परेमा सुत्नुभन्दा दुई घण्टाअघि मात्र खाने गर्नुपर्छ ।  

–निद्रा नलागेको झोकमा बढी मदिरा पिउने गर्नु हुँदैन । बढीमा दुई पेग मदिरा पिउनुपर्छ । बढी मदिरापान गरेमा शरीर डिहाइड्रेट हुन्छ, जस कारण मीठो निद्रा लाग्दैन । बढी मदिरा पिउँदा छिनछिनमा पिसाब फेर्न गइरहनुपर्छ, जसले निद्रालाई भंग गरिदिन्छ ।

–चुरोट खानेभन्दा नखानेहरू चार गुणा राम्रोसँग निदाउन सक्छन् भन्ने अनुसन्धानले पुष्टि गरिसकेको छ । चुरोटमा पाइने निकोटिनले राम्रोसँग निदाउन दिँदैन । त्यही भएर चुरोटको अम्मलीले पनि सुत्नुअघि भरसक चुरोट नखानु राम्रो ।

–प्रेसर, डिप्रेसनलगायत औषधि नियमित सेवन गर्ने गरिन्छ । यस्ता औषधि सुत्नुभन्दा ढेड अथवा दुई घण्टाअघि खाने गरेमा ननिदाउने समस्या कम हुन्छ ।

–मनमा अनेक कुरा खेलिहेका छन् भने ती कुरा डायरीमा लेखेर सुत्न जानुभयो भने निद्रा पर्छ ।

–दिउँसो दुई बजेपछि चिया, कफीजस्ता केफिनयुक्त पेय नलिनुस् । सुत्नुअघि चिया, कफी खाने बानी छ भने बानी सुधार्नुहोस् । केफिनयुक्त पेयले राम्रो निद्रा पर्न दिँदैन ।

–कामबाट फर्किएपछि न्यानो पानीले नुहाउन बन्द गर्नुस् । नुहाउनै परे सुत्नुभन्दा केही घण्टाअघि नुहाउनुस् । किनकि, राति न्यानो पानीले नुहाउनाले निद्रा पर्न अप्ठ्यारो हुन्छ ।

–कसै गरी पनि निद्रा लागेन भने रेडियोबाट प्रसारित हुने कथाकहानी सुन्दै सुत्नुपर्छ ।

–फुर्सदमा गहिरो र लामो सास लिने गर्नाले शरीरमा अक्सिजनको इन्टेक बढ्छ । जसले गर्दा राति राम्रोसँग निदाउन सकिन्छ । गहिरो सास लिँदा दिमागमा इन्डोर्फिन नामक केमिकल उत्सर्जन हुन्छ । जसले निद्रा लगाउन मद्दत गर्छ ।

–निद्रा लाग्दैन भने हरेक दिन खानामा माछा, दही, केरा, चना, प्याजजस्ता खाद्य पदार्थमध्ये कुनै एक वा बढी समावेश गर्ने कोसिस गर्नुपर्छ ।

–ननिदाउने समस्या भएकाहरूले सुत्नुअघि पानी पिउने बानी छोड्नुपर्छ । पानी पिएर सुत्दा पिसाब फेर्न उठिरहनुपर्ने भएकाले निद्रा बिथोलिन्छ ।

–निद्रा लागेन भने हस्तमैथुन गर्नाले पनि राहत दिन्छ । हस्तमैथुन गर्दा दिमागमा डोपामाइन र इन्डोर्फिनजस्ता केमिकल उत्सर्जन हुन्छन्, जसले मानिसलाई आनन्दित र तनावरहित बनाई निदाउन मद्दत गर्छ ।

–सुत्नुअघि सेक्स गर्नाले पनि मीठो निद्रा लाग्छ ।

शुक्रबारबाट
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस