भनिन्छ- कलाकारका लागि 'फ्यान' भगवानजस्तै हुन्। अमूल्य सम्पत्ति हुन्। किनकि फ्यान बिना उनीहरु फिक्का सावित हुन्छन्। यो कुरा प्रियंका कार्कीले राम्रोसँग बुझेकी छन्। त्यही भएर समाजिक सञ्जालको माध्यमबाट उनी हरदिन फ्यानको दैलोमा पुग्छिन्। उनीहरुसँग चिटच्याट गर्छिन्। उनीहरुका सबालको जवाफ दिन्छिन्। उनी भन्छिन्- फ्यान भनेका भगवान हुन्। धेरै कुराको आश गरेर उहाँहरुले जिज्ञासा राखेका हुन्छन्। त्यसको उत्तर दिनु कलाकारको दायित्व हो। फेरि माया गर्नेलाई माया त बाँड्दै पर्योन नि।
समाजिक सञ्जालप्रति प्रियंकाको बढ्दो रुचिबारे कुराकानी गर्न शनिबार नागरिकन्युज टिम 'एटिक बार' पुगेको थियो। त्यहाँ पुग्दा उनी स्मार्टफोनमै व्यस्त थिइन्। हामीले जिज्ञासा राख्दा उनले सुनाइन्- फ्यानलाई रिप्लाई गर्दै।
उनले दिएको समयभन्दा हामी केही ढिला पुगेका थियौं। त्यसकै सदुपयोग उनले गरेकी थिइन्। उनी दिनहुँ समाजिक सञ्जाललाई समय दिन्छिन्। सुटिङको समय र आवश्यक कामबाहेक उनी समाजिक सञ्जालमै रमाउँछिन्। समाजिक सञ्जाललाई तपाईँले कसरी परिभाषित गर्नुहुन्छ? भन्ने प्रश्नमा उनी भन्छिन्- समाजिक सञ्जाल एउटा शसक्त माध्यम बनेको छ। यसकै माध्यमबाट मानिसहरुले सूचना प्रवाह गर्नेदेखि फ्यान फलोअर र बिजनेश मार्केटिङ गरिरहेका छन्।
समाजिक सञ्जाल उनकै लागि पनि मार्केटिङ गर्ने माध्यम बनेको छ। फिल्मका ट्रेलरदेखि आफ्नाबारे सूचना प्रवाह गर्न उनी समाजिक सञ्जालको प्रयोग गर्छिन्। 'समाजिक सञ्जालमा पठाउँदा एकैपटक लाखौं जनताकहाँ पुग्छन्। यसले आफ्ना गतिविधि प्रमोसन गर्न सजिलो हुन्छ,' उनी सुनाउँछन्।
प्रियंका कार्की समाजिक सञ्जालका तीन चिज बढी प्रयोग गर्छन्। फेसबुक, ट्विटर र इन्स्टाग्राम। उनको नामका वेवसाइट भए पनि अरु कसैले चलाइदिएको उनी स्विकार्छन्। म्यासेजका लागि उनी भाइबर र ह्वाट्स एप प्रयोग गर्छन्।
सबैभन्दा बढी कुन चलाउनुहुन्छ? उनी उत्तर दिन्छिन्- इन्स्टाग्राम।
इन्स्टाग्रम उनलाई फेसबुक, ट्विटरभन्दा बढी प्रभावकारी लाग्छ। 'इनस्टाग्राम फेसबुक, ट्विटरजस्तो जजमेन्टल छैन। त्यही भएर बढी रुचाउँछु,' उनले भनिन्। हालसालैमात्र उनले इन्स्टाग्रामका फ्यानसँग अन्तर्क्रिया गरेकी थिइन्। उनले दिनमा कम्तिमा चार पाँच पटक इन्स्टाग्राममा पोस्ट गर्ने गरेको बताइन्। इनस्टाग्राममा उनका करिब ३८ हजार फलोअर छन्।
करिब दुई लाख फ्यान भएको फेसबुक र साढे १७ हजार फ्यान भएको ट्विटर चलाउन उनी किन हिचकिचाउँछिन् त? उनी भन्छिन्- फेसबुकमा जथाभाबी कमेन्ट र स्टाटस लेख्नेको जमात ठूलो छ। ट्विटरमा पनि भड्किलो रिप्लाई आउँछ।
इनस्टाग्राममा नेपालभन्दा बाहिरी फलोअर बढी भएकाले त्यति भड्किलो महसुस नहुने उनी बताउँछिन्। बाहिरका फलोअहरु भलाद्मील हुने उनको तर्क छ।
समाजिक सञ्जालले मानिसहरुको ब्यक्तिगत जीवनलाई नै मारिरहेको उनले बताइन्। 'प्रविधि र इन्टरनेटको पहुँचसँगै मानिसहरु यस्ता सञ्जालमा जोडिन्छन्। आफ्ना हरेक गतिविधि पोस्ट गर्छन्। यतिसम्म कि बर्गर खाँदैछु, नेलपोलिस हाल्दैछु, फलाना ठाउँमा छु आदिबारे पस्ट गर्छन्। ती ब्यक्तिले यस्ता क्रियाकलाप रमाइलोका निम्ति गरे पनि उनको प्रिभेसी किल भइरहेको उनले बुझ्दैनन्। बुझ्दा धेरै ढिला भइसकेको हुन्छ,' उनले सुनाइन्।
प्रियंकाले बेला बेला फ्यानसँग अन्तर्क्रिया गर्छिन्। केही घन्टाका निम्ति उनी समाजिक सञ्जालमा 'अनएयर' भएर शुभचिन्तकका जिज्ञासा मेटाउँछिन्।
अन्तर्क्रिया किन? 'यो अकाउन्ट प्रियंका कार्कीकै हो भन्ने विश्ववास दिलाउनका निम्ति पनि यस्तो गर्नुपर्छ,' उनले भनिन्, 'फ्यानहरुलाई जेनुअन फिल गराउन लागि बेला बेला अन्तर्क्रिया गर्नुपर्दो रहेछ।'
फ्यानले कस्ता कस्ता प्रश्न सोध्छन् त? उनी भन्छिन्- अधिकांशका प्रश्न हुनेगर्छ- यो साँच्चै प्रियंका कार्कीकै अकाउन्ट हो? के उहाँ नै हामीसँग गफ गर्दैछन्? यो प्रमाण गर्न उनले धेरैपटक भिडियो मेसेजमा अघि च्याट गरेको व्यक्ति मै हुँ भनेर पोस्ट गर्नुपरेको छ।
त्यसका अलवा पनि उनलाई प्रश्न आउँछन्। प्रियंका कार्की कुन साबुनले नुहाउँछन्? नेपाली हिरोइन बन्न मिस टिन वा मिस नेपाल नै बन्नुपर्छ इत्यादि इत्यदि।
यसको जवाफ के दिनुहुन्छ नि? लामो हाँसोपछि उनले सुनाइन्- म त साबुले नुहाउँदिन। बडीवासले नुहाउँछु भनिदिन्छु।
अन्तर्क्रियामा उनीसँग नेपाली फिल्म र मोडलिङबारे सोध्ने पनि प्रशस्तै छन्। नेपाली फिल्ममा कसरी लाग्ने। कुन निर्देशक राम्रा छन्। कसको माध्यमबाट आउँदा सेकुअर हुन्छ। कोसँग डान्स सिक्दा राम्रो इत्यादि इत्यादि। यसले उनलाई खुसी लाग्छ। 'यस्ता प्रश्नले आफूलाई गर्व फिल हुन्छ। किनकि अरुले रोल मोडल मानेर मलाई यस्ता प्रश्न सोध्छन्। राम्रो बाटोबाट हिँड्न खोज्छन्,' उनले भनिन्।
'जतिसुकै ठूलो पब्लिक फिगरको पनि ब्यक्तिगत जीवन हुन्छ। त्यही ब्यक्तिगत जीवनका केही पलहरु समाजिक सञ्जालमार्फत् बाँड्ने गरिन्छ। तर केही मिडियाले त्यसलाई बढाइ चढाइ समाचार तयार पार्छन्। महिला कलाकारहरुका ती अंगहरुलाई हाइलाइट गरेर समाचार तयार पर्दा नमजा लाग्छ,' उनले भनिन्।
प्रियंका आफैं पनि यसको सिकार बनेकी छन्। 'एउटा सामान्य तस्बिरलाई जुम गरेर त्यही अंग देखाइयो। ती चीज मेरोमात्र होइन। गुगलमा सर्च गर्दा हलिउड, बलिउडका ख्याती हिरोइनहरुको पनि हुन्छ। तर त्यही कुरालाई रातो घेराले फोकस गर्दा इमोसन डाउन हुन्छ।' उनले मिडियाकर्मीसामु प्रश्नर तेर्स्याउँदै भनिन्- कलाकलारको इमोसन हुँदैन र!
उनले कारबारे पनि अनर्गल प्रचार गरेको बताइन्। 'राहतको पैसाले किनेको भनियो। जुन बिलकुलै गलत थियो। भूकम्प आउनु अगाडि नै मैले कार किनिसकेको थिएँ,' उनले भनिन्।
उनले समाजिक सञ्जालमा राम्रो कुराभन्दा नराम्रो कुराको बढी प्रमोसन हुने बताइन्। राम्रो कुराको प्रोत्साहन गर्न छाडेर मिडिया र समाजिक सञ्जाल प्रयोगकर्ताले नराम्रा कुरालाई बढी सेयर गर्छन्। फेसबुकमा स्पोन्सर गर्छन्। उनी भन्छन्- राम्रो कुराको पनि स्पोन्सर गरोस् न।
समाजिक सञ्जालप्रति प्रियंकाको बढ्दो रुचिबारे कुराकानी गर्न शनिबार नागरिकन्युज टिम 'एटिक बार' पुगेको थियो। त्यहाँ पुग्दा उनी स्मार्टफोनमै व्यस्त थिइन्। हामीले जिज्ञासा राख्दा उनले सुनाइन्- फ्यानलाई रिप्लाई गर्दै।
उनले दिएको समयभन्दा हामी केही ढिला पुगेका थियौं। त्यसकै सदुपयोग उनले गरेकी थिइन्। उनी दिनहुँ समाजिक सञ्जाललाई समय दिन्छिन्। सुटिङको समय र आवश्यक कामबाहेक उनी समाजिक सञ्जालमै रमाउँछिन्। समाजिक सञ्जाललाई तपाईँले कसरी परिभाषित गर्नुहुन्छ? भन्ने प्रश्नमा उनी भन्छिन्- समाजिक सञ्जाल एउटा शसक्त माध्यम बनेको छ। यसकै माध्यमबाट मानिसहरुले सूचना प्रवाह गर्नेदेखि फ्यान फलोअर र बिजनेश मार्केटिङ गरिरहेका छन्।समाजिक सञ्जाल उनकै लागि पनि मार्केटिङ गर्ने माध्यम बनेको छ। फिल्मका ट्रेलरदेखि आफ्नाबारे सूचना प्रवाह गर्न उनी समाजिक सञ्जालको प्रयोग गर्छिन्। 'समाजिक सञ्जालमा पठाउँदा एकैपटक लाखौं जनताकहाँ पुग्छन्। यसले आफ्ना गतिविधि प्रमोसन गर्न सजिलो हुन्छ,' उनी सुनाउँछन्।
इन्स्टाग्राम नै राम्रो
प्रियंका कार्की समाजिक सञ्जालका तीन चिज बढी प्रयोग गर्छन्। फेसबुक, ट्विटर र इन्स्टाग्राम। उनको नामका वेवसाइट भए पनि अरु कसैले चलाइदिएको उनी स्विकार्छन्। म्यासेजका लागि उनी भाइबर र ह्वाट्स एप प्रयोग गर्छन्।
सबैभन्दा बढी कुन चलाउनुहुन्छ? उनी उत्तर दिन्छिन्- इन्स्टाग्राम।
इन्स्टाग्रम उनलाई फेसबुक, ट्विटरभन्दा बढी प्रभावकारी लाग्छ। 'इनस्टाग्राम फेसबुक, ट्विटरजस्तो जजमेन्टल छैन। त्यही भएर बढी रुचाउँछु,' उनले भनिन्। हालसालैमात्र उनले इन्स्टाग्रामका फ्यानसँग अन्तर्क्रिया गरेकी थिइन्। उनले दिनमा कम्तिमा चार पाँच पटक इन्स्टाग्राममा पोस्ट गर्ने गरेको बताइन्। इनस्टाग्राममा उनका करिब ३८ हजार फलोअर छन्।
करिब दुई लाख फ्यान भएको फेसबुक र साढे १७ हजार फ्यान भएको ट्विटर चलाउन उनी किन हिचकिचाउँछिन् त? उनी भन्छिन्- फेसबुकमा जथाभाबी कमेन्ट र स्टाटस लेख्नेको जमात ठूलो छ। ट्विटरमा पनि भड्किलो रिप्लाई आउँछ।
इनस्टाग्राममा नेपालभन्दा बाहिरी फलोअर बढी भएकाले त्यति भड्किलो महसुस नहुने उनी बताउँछिन्। बाहिरका फलोअहरु भलाद्मील हुने उनको तर्क छ।
प्राइभेसी किल
समाजिक सञ्जालले मानिसहरुको ब्यक्तिगत जीवनलाई नै मारिरहेको उनले बताइन्। 'प्रविधि र इन्टरनेटको पहुँचसँगै मानिसहरु यस्ता सञ्जालमा जोडिन्छन्। आफ्ना हरेक गतिविधि पोस्ट गर्छन्। यतिसम्म कि बर्गर खाँदैछु, नेलपोलिस हाल्दैछु, फलाना ठाउँमा छु आदिबारे पस्ट गर्छन्। ती ब्यक्तिले यस्ता क्रियाकलाप रमाइलोका निम्ति गरे पनि उनको प्रिभेसी किल भइरहेको उनले बुझ्दैनन्। बुझ्दा धेरै ढिला भइसकेको हुन्छ,' उनले सुनाइन्।
समाजिक सञ्जालले अपराध पनि मौलाएको छ। फेसबुकको माध्यमबाट अहिलेका युवा वर्ग इमेचुअर प्रेम गर्छन्। नियत खराब भएका केटाकेटीले त्यस्ता क्रियकलाप क्यामेरामा कैद गर्छन्। अनि ब्लाकमेलिङ सुरु हुन्छ। यस्ता कुरामा गार्जियनले आफ्ना छोराछोरीलाई ख्याल गर्नुपर्ने उनी बताउँछिन्। छोराछोरीले पनि आफ्नो लिमिटेशन बिर्सन नहुने उनी बताउँछिन्। 'हामी पनि विद्यार्थी जीवन बिताएका छौं। कलेज बंक गरेका छौं। सिनेमा/डिस्को गएका छौं। तर रिग्रेट फिल हुने काम कहिल्यै गरेनौं। त्यसैले प्यारेन्टसले दिएको स्वतन्त्रतालाई गलत कुरामा प्रयोग गर्नु हुँदैन।'
फ्यानले सोध्छन् कुन साबुनले नुहाउनुहुन्छ?
प्रियंकाले बेला बेला फ्यानसँग अन्तर्क्रिया गर्छिन्। केही घन्टाका निम्ति उनी समाजिक सञ्जालमा 'अनएयर' भएर शुभचिन्तकका जिज्ञासा मेटाउँछिन्।
अन्तर्क्रिया किन? 'यो अकाउन्ट प्रियंका कार्कीकै हो भन्ने विश्ववास दिलाउनका निम्ति पनि यस्तो गर्नुपर्छ,' उनले भनिन्, 'फ्यानहरुलाई जेनुअन फिल गराउन लागि बेला बेला अन्तर्क्रिया गर्नुपर्दो रहेछ।'
फ्यानले कस्ता कस्ता प्रश्न सोध्छन् त? उनी भन्छिन्- अधिकांशका प्रश्न हुनेगर्छ- यो साँच्चै प्रियंका कार्कीकै अकाउन्ट हो? के उहाँ नै हामीसँग गफ गर्दैछन्? यो प्रमाण गर्न उनले धेरैपटक भिडियो मेसेजमा अघि च्याट गरेको व्यक्ति मै हुँ भनेर पोस्ट गर्नुपरेको छ।
त्यसका अलवा पनि उनलाई प्रश्न आउँछन्। प्रियंका कार्की कुन साबुनले नुहाउँछन्? नेपाली हिरोइन बन्न मिस टिन वा मिस नेपाल नै बन्नुपर्छ इत्यादि इत्यदि।
यसको जवाफ के दिनुहुन्छ नि? लामो हाँसोपछि उनले सुनाइन्- म त साबुले नुहाउँदिन। बडीवासले नुहाउँछु भनिदिन्छु।
अन्तर्क्रियामा उनीसँग नेपाली फिल्म र मोडलिङबारे सोध्ने पनि प्रशस्तै छन्। नेपाली फिल्ममा कसरी लाग्ने। कुन निर्देशक राम्रा छन्। कसको माध्यमबाट आउँदा सेकुअर हुन्छ। कोसँग डान्स सिक्दा राम्रो इत्यादि इत्यादि। यसले उनलाई खुसी लाग्छ। 'यस्ता प्रश्नले आफूलाई गर्व फिल हुन्छ। किनकि अरुले रोल मोडल मानेर मलाई यस्ता प्रश्न सोध्छन्। राम्रो बाटोबाट हिँड्न खोज्छन्,' उनले भनिन्।
'कलाकारको इमोसन हुँदैन र!'