राजेश र करिश्माको सुझाव : प्रत्यक्ष निर्वाचित कार्यकारी
०९ साउन २०७२
•
४ मिनेट पाठ
राजेश र करिश्माको सुझाव : प्रत्यक्ष निर्वाचित कार्यकारी
काठमाडौं- शनिबार होटल हिमालयन कुपण्डोलमा अभिनेता राजेश हमाल, अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तुलसी घिमिरे र निर्माता तथा कलाकार अशोक शर्मा एक साथ देखिए। एकै छिन त कुनै फिल्मको सुटिङ होला भनेर मानिसहरु झुक्किए। तर उनीहरु त्यहाँ कुनै फिल्मको सुटिङको लागि पुगेका थिएनन्।पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा आयोजना गरेको अन्तरर्क्रियामा सहभागी हुन उनीहरु त्यहाँ पुगेका थिए। राजनीतिक कार्यक्रममा आक्कलझुक्कल मात्र देखिने उनीहरुले शासकीय स्वरुपबारे आफ्ना धारणाहरु राखेका थिए। संविधानको मस्यौदामा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा जनताले व्यापक सुझाव दिइरहेको बेला उनीहरुले आफ्नो तर्कसहित कार्यकारी राष्ट्रप्रमुखको पक्षमा खुलेर समर्थन जनाए।




राजेश हमालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री उपयुक्त हुने धारणा राखे। राष्ट्रपति सिस्टम उत्कृष्ट नै हो भन्दा पनि हामीले अहिले अभ्यास गरेको सिस्टममा त्रुटि छ कि जस्तो लागेर आफू प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा भएको हमालले बताए।
personalities from diffrent sector in interaction program  04
'संसदीय प्रणाली खत्तम हो भनेर होइन, अहिलेको अस्थिरताबाट मुक्ति पाइन्छकी भनेर प्रत्यक्ष कार्यकारीको पक्षमा छु,' हमालले भने, 'रिक्स मोलेरै भए पनि हामीले यसलाई एकपटक ट्राई गर्नुपर्छ।' पटकपटक सरकार परिवर्तन हुने खेलबाट मुक्त गर्दै देशमा स्थीरता कायम गर्न यसले सहयोग गर्ने उनको धारणा थियो।

करिश्मा मानन्धरले राम्रो फिल्म हेर्न दर्शक आफैं हलसम्म पुगेजस्तै प्रत्यक्ष कार्यकारीको व्यवस्था भए जनताले राम्रो मान्छेलाई आफ्नो शासक बनाउने अवसर पाउने बताइन्। प्रत्यक्ष निर्वाचित कार्यकारीलाई जनताको डर हुने हुँदा ऊ जनतासँग जोडिरहने उनको धारणा थियो। देशलाई आर्थिक, समाजिक गति दिन प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिने उनले स्पष्ट पारिन्।

यस्तै निर्माता तथा कलाकार अशोक शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारीमाथि अर्को पद राख्न नहुने धारणा राखे। 'कार्यकारी प्रमुखको माथि कसैलाई सेरेमोनियल बनाएर नराखौं', उनले भने, 'यो देशमा कसैलाई पनि सेरेमोनियल हुने रहर छैन प्रधानमन्त्रीले हटाएका प्रधानसेनापति सेरेमोनियल राष्ट्रपतिले थमौती गरेको इतिहास छ।'
personalities from diffrent sector in interaction program  08
नेताले अहिले पनि संसदबाट कार्यकारी छान्ने संविधान ल्याउन खोजे पनि जनताले त्यसलाई अस्वीकार गरेको बताए। 'जनताले यो प्रयासलाई अस्वीकार गरेका छन्, जनमतको कदर हुनु पर्छ,' शर्माले भने। सरकार ढाल्ने र बनाउने खेलको अन्त्य गर्न पनि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिने शर्माको धारणा थियो।

फिल्म निर्देशक तुलसी घिमिरेले जनताको मतको कदर गर्नु पर्ने बताए। निर्वाचनको बेला कसलाई भोट हाल्ने भन्दा पनि राम्रोलाई मत हाल्नुपर्छ भन्ने धारणाको विकास हुन जरुरी भएको उनले बताए। प्रत्यक्ष निर्वाचन हुँदा जनताले सही व्यक्ति पहिल्याउन सक्ने घिमिरेको विचार थियो।

तस्बिर : केशव थोकर
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१२ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।




उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस