मुम्बई- सलमान खानको करियरकै उत्कृष्टमध्येको एक मानिएको 'बजरंगी भाईजान'ले कमाइमा दुई सय करोड भारुको आँकडा पार गरेको छ। फिल्मले ९ दिनमा २ अर्ब १७ करोड कमाउँदै यो खुड्किलो नाघेको हो।फिल्मले रिलिजको नवौं दिनमा पनि २० करोडमाथिको व्यापार गर्दै 'पिके'लाई पछ्याउने लक्षण देखाएको छ। आउँदो हप्ता पनि बलिउडमा ठूला फिल्म रिलिज नहुँदा र धेरै हलबाट 'बाहुबली' उत्रिँदा फिल्मले थप व्यापार गर्ने विश्लेषकको अनुमान छ।
फिल्मले भारतसँगै विदेशी बजारबाट पनि राम्रो कमाइ गरेको छ। फिल्मले विदेशबाट मात्र ९० करोडको व्यापार गरेको छ। यस हिसाबले समग्रमा फिल्मको कमाइ तीन अर्ब ८४ करोड भारु पुगेको छ।
फिल्मले दोस्रो हप्ताको व्यापारमा अघिल्लो समयका रेकर्ड होल्डर फिल्म 'पिके' र 'धूम ३'लाई पनि उछिनेको छ। 'पिके'ले दोस्रो हप्ताको शनिबार १७ करोड व्यापार गरेकोमा 'धूम ३'ले १२ करोड व्यापार गरेको थियो।
मल्टिप्लेक्समा फिल्मको व्यापार बढिरहेकाले यसले लाइफटाइम कलेक्सनमा 'धूम ३'लाई उछिन्ने पनि विश्लेषकको अनुमान छ। 'बजरंगी भाईजान' दुई सय करोड भारु कमाउने सलमानको दोस्रो फिल्म हो। यसअघि 'किक'ले घरेलु बजारबाट कमाइमा दुई सय करोडको आँकडा पार गरेको थियो।
सलमानसँगै करिना कपुरको पनि यो दोस्रो फिल्म हो जसले दुई सय करोड पार कमाइ गरेको हो। यसअघि करिना अभिनित 'थ्री इडियट्स'ले तीन सय करोड कमाइ गरेको हो।
कबिर खानको निर्देशन रहेको फिल्ममा सलमान, करिनासँगै हर्षाली मल्होत्रा र नवाजुद्दिन सिद्दिकीको पनि मुख्य भूमिका रहेको छ। कबिर खानले यसअघि 'काबुल एक्सप्रेस', 'न्युयोर्क', 'एक था टाइगर' निर्देशन गरेका छन्।