काठमाडौं- सन् २०११ मा रिलिज भएको बलिउड फिल्म 'डबल धमाल'को सुटिङ मकाउमा समेत भएको थियो। इन्द्र कुमारको निर्देशन र सञ्जय दत्त, अरशद वर्सी, मल्लिका शेरावत, रितेश देशमुखलगायतको अभिनय रहेको उक्त हिन्दी फिल्मको सुटिङमा नेपालका किरण श्रेष्ठले पर्दापछाडि महŒवपूर्ण योगदान दिएका थिए।
उनै किरण केही समयअघि काठमाडौंमा भेटिए। संखुवासभाका उनी विगत १२ वर्षदेखि मकाउमा कार्यरत् छन्। पर्यटन क्षेत्रमा राम्रो पकड बनाइसकेका उनले भारतीय पर्यटकलाई घुमाउने र सत्कार गर्ने जिम्मेवारी सम्हाल्दै आएका छन्।
'डबल धमाल'को युनिटसँग उनको त्यही क्रममा संगत भएको हो। फिल्म युनिटलाई आवश्यक पर्ने सबै सुविधा जुटाउने अभिभारा ट्राभल एजेन्सीले उनलाई नै सुम्पेको थियो। त्यसैले उनी सुटिङमा सधैंजसो हुन्थे। निर्देशक इन्द्र कुमारले उनलाई सञ्जय दत्तको क्यासिनो सम्हाल्ने म्यानेजरका रुपमा सानो रोलमा पनि खेलाए।
सुटिङ अवधिभर सञ्जय दत्तलाई मर्सिडिज कार, चाइनिज बडिगार्ड र भव्य होटल दिइएको थियो। ती सबै बन्दोबस्त किरणले नै गरिदिएका थिए। उनी लगभग २४ घन्टै सञ्जयसँग हुन्थे। जसले गर्दा सञ्जयसँग उनको राम्रो हिमचिम भयो। 'उहाँले मलाई बेटा बेटा भनेर बोलाउनुहुन्थ्यो, पछि मुम्बई पुगेर पनि उहाँले कहिलेकाहीँ फोन गरिरहनुहुन्थ्यो,' किरणले भने, 'मुम्बईमा उहाँको घरमा नेपाली कामदारहरु रहेछन्, नेपालीको खुबै तारिफ गर्नुहुन्थ्यो उहाँले।'
मकाउमा 'डबल धमाल'मात्र होइन अरु बलिउड फिल्मको पनि सुटिङ भएका थिए। 'हिटलर दिदी' नामक हिन्दी सिरियल र बंगाली फिल्म 'खोका ४२०'मा समेत उनले व्यवस्थापन पक्ष सम्हालेका थिए। 'नाम सुन्दा ठूलो लागे पनि कलाकारहरु सरल स्वभावका हुँदा रहेछन्,' उनले सम्झे, 'सञ्जय दत्त, अरशद वर्सी, रितेश देशमुख सबै निकै साधारण रहेछन् व्यक्तिगत रुपमा।'
मकाउमा किरणलाई स्थापित गर्न भारतीय मूलकी अरुणा झाको प्रमुख देन छ। त्यसैले किरणले नागरिकसँगको कुराकानीमा अरुणाको नाम उल्लेख गर्न छुटाएनन्। विगत ३० वर्षदेखि अरुणाले मकाउमा आफ्नै नामको 'अरुणा रेस्टुरेन्ट' चलाउँदै आएकी छन्। 'अरुणा दिदीकै सहयोगमा मैले पर्यटन क्षेत्रमा काम गर्ने मौका पाएको हुँ,' किरणले सुनाए, 'उहाँ मेरो लागि अभिभावकजस्तै हुनुहुन्छ।'
किरणका अनुसार मकाउमा ३५ सयजति नेपाली छन्। उनीहरुमध्ये धेरैजसो सानातिना क्यासिनोको सेक्युरिटीमा काम गर्छन्। कोहीकोही चाहिँ म्यानेजर पनि छन्।
'धेरैजसो नेपालीहरुले एकदेखि डेढ लाख नेपाली रुपैयाँ बराबरको मासिक आम्दानी गर्छन्, तर म्यानेजर लेभेलका नेपालीहरुले ५–६ लाख बराबरको पनि तलब खान्छन्,' उनले भने, '१८ घन्टा काम गरेर बोनस थाप्नेहरुको आम्दानी योभन्दा बढी पनि छ।'
किरणले सन् २०१३ देखि ताप्लेजुङका बम लिम्बुसँग मिलेर प्रत्येक वर्ष मकाउमा सांस्कृतिक कार्यक्रम पनि गर्दै आएका छन्। मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, जितु नेपाल, शिव परियार, लाहुरे, विल्सनविक्रम राई, एड्रियन प्रधानलगायत कलाकारलाई उनले मकाउमा निम्ताइसकेका छन्। तर, उनको अनुभवमा मकाउको कार्यक्रम फाइदाजनक छैन।
'नेपालीहरुलाई रिफ्रेसमेन्ट होस् भनेर हामीले हङकङका पार्टनरहरुसँगको सहकार्यमा कलाकारहरुलाई मकाउमा ल्याउने गरेको छौं, कलाकारलाई सिधा मकाउमा बोलाउन सकिँदैन,' उनले भने, 'सन् २०१३ र २०१५ मा एलजी नाइट गर्यौंय तर त्यो एलजी नाइट हङकङमा पनि भएको थियो। हङकङपछि कलाकारको टोली मकाउ आएका थिए।'
हङकङ र मकाउ जम्मा ६५ किलोमिटरको दूरीमा छन्। हङकङका त्रिलोक गुरुङ, कृष्ण पाण्डे र पुष्पा गुरुङ तथा मकाउका उदय वाग्ले र हर्क कुँवरले किरण र बमलाई एलजी नाइट सुरु गर्दा साथ दिएका थिए। यसपालि भएको कार्यक्रममा चाहिँ विशाल गुरुङ र चेतन गुरुङको विशेष सहयोग थियो। खेम तामाङ, र्या म्बो थापा, श्याम जिसी, गम्भीर महत, सन्तोष गुरुङ, भुवन ठकुरी, श्याम श्रेष्ठ, धीरज जिसी र महेन्द्र लिम्बु उनीहरुका टिममा थिए।
'नेपाली कामदारहरु डे र नाइट सिफ्टमा काम गर्छन्, त्यसैले हामी एउटै कार्यक्रमलाई बिहान र बेलुका देखाउँछौं,' उनले कारण दिए, 'त्यसो गर्दामात्र सबैखाले सिफ्टमा काम गर्ने नेपालीहरुले कार्यक्रम हेर्न पाउँछन्।'