चितवन- तीज गीत 'ढाडे बिरालो'को म्युजिक भिडियोमा छोटा पोशाकमा गायिका ज्योती मगरले गरेको नृत्य र अभिनयको लोकदोहरी गीतका हस्तीहरुले पनि विरोध गरेका छन्। सो भिडियो लोकसंस्कृतिका लागि कालो धब्बा भएको लोकदोहरी गायक अमर विरही गुरुङको भनाइ छ। म्युजिक भिडियो सेन्सर हुने नियम नबसेका कारण यस्तो भएको उनले बताए।प्रतिष्ठानको १५ औं वार्षिक साधारणसभाका विषयमा जानकारी दिन शुक्रबार गैंडाकोटमा भएको पत्रकार सम्मेलनमा प्रतिष्ठानका संस्थापक अध्यक्ष र वर्तमान संरक्षकसमेत रहेका लोकगायक विरहीले उक्त धारणा राखेका हुन्। त्यस्तै प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष तथा गायक बद्री पँगेनीले भिडियो बनाउँदा संवेदनशील नभएका कारण विकृतिले बढावा पाएको धारणा राखे।
नेपालीको सभ्यता मानिएको लोकसंस्कृतिलाई विकृत पार्ने काम रोक्न दह्रो संयन्त्र आवश्यक भएको उनले बताए। प्रतिष्ठानका संस्थापक सदस्य हरि न्यौपानेले गायकगायिकाको संख्या बढेसँगै विकृति पनि बढ्दै गएको बताए।
'त्यसमाथि सुन्ने मात्रै नभएर हेर्ने गीतहरु पनि आउन थाले। हेर्ने गीत अर्थात म्युजिक भिडियो बनाउने चलनसँगै विकृति झनै थपियो,' न्यौपानेले भने।
प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले विकृति बढेका कारण म्युजिकभिडियोको पनि सेन्सर हुनुपर्ने धारणा राखे। 'चलचित्र विकास बोर्ड जस्तै लोकदोहरी विकास बोर्ड बनाएर म्युजिक भिडियोहरुको पनि सेन्सर गर्नु पर्छ भन्ने आवाज हामीले ६३ सालदेखि उठाउँदै आएका छौं,' अध्यक्ष शर्मले भने।
सेन्सरका लागि विज्ञहरुको समूह बनाउन उनले सुझाव दिएका छन्। 'जसले यो क्षेत्रका बारेमा गहिरो लगाव र ज्ञान राख्नुहुन्छ, उहाँहरुलाई समेटेर सेन्सरका लागि बोर्ड बनाउन हामीले सुझाव दिएका छौं। त्यसो भएमा अहिलेको जस्तो भडि्कलो अवस्था अन्त्य हुन सक्छ,' अध्यक्ष शर्माले भने।
लोकगीत क्षेत्रलाई बदनाम बनाउनेहरु बढे पनि आफूहरुले केही गर्न नसकेको उनले बताए। 'गत वर्षको तीजका बेलामा पशुपति शर्माले निकालेको एउटा गीतमा आपत्ति जनाएपछि हामीले नै यो विषयलाई व्यवस्थापन गरेका थियौं। शर्मा हाम्रै संगठनको सचिव पनि भएकाले यो सम्भव थियो। तर हाम्रा सदस्य नभएका गायकगायिकालाई नियन्त्रण गर्न गाह्रो भयो,' अध्यक्ष शर्माले भने।
प्रतिष्ठानको १५ औं वार्षिक साधरणसभा असोज १५ र १६ गते नवलपरासीको गैंडाकोटमा हुँदैछ। २०५७ सालमा नवलपरासीको अरुणखोलामा तदर्थसमिति गठन भएको प्रतिष्ठानको पहिलो अधिवेशन पनि २०५८ सालमा गैंडाकोटमा भएको थियो।
प्रतिष्ठानको शाखा ५८ जिल्लामा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। वार्षिक साधरणसभामा प्रतिनिधि र पर्यवेक्षक गरेर तीन सयजना सहभागी हुनेछन्। सो अवसरमा सांगठनिक विकासका साथै लोकसंस्कृतिको जर्गेनाका विषयमा पनि अन्तर्क्रिया हुने अध्यक्ष शर्माले जानकारी दिए।
'दोहरीगीत, लोकगीत र कला संस्कृतिमा देखिएको विकृति, विसंगतिका विषयमा अग्रज, विद्वान र जानकारहरुबाट महत्वपूर्ण विचारहरु राख्ने कार्यक्रम पनि छ। प्रतिनिधिहरुलाई संस्थागत र व्यक्तित्व विकास तालिम पनि दिने योजना छ,' साधरणसभाका बेलामा हुने कार्यक्रमबारे शर्माले जानकारी दिए।