भेनिस (इटाली)- जब नेपालको नाम उद्घोषण भयो, तब हलमा उपस्थित लगभग पाँच सय दर्शकले ताली बजाएर नेपाली टोलीलाई स्वागत गरे। अँध्यारोमा फ्याँकिएको प्रकाशको फोहोराले नेपाली टोलीका कप्तान निर्देशक मीनबहादुर भामका आँखा टल्किँदै थिए। मुगु जिल्लाको दुर्गम उकालो बाटोमा एक वृद्धले डोकोमा कुखुरा बोकेर हिँड्दै गरेको पहिलो दृश्यले नै दर्शकलाई बाँधिहाल्यो।
इटालीमा हुने संसारको सबैभन्दा पुरानो फिल्म फेस्टिभल अर्थात् भेनिस फिल्म फेस्टिभलको ७२ औं संस्करणमा शनिबार नेपाली फिल्म 'कालो पोथी'को 'वर्ल्ड प्रिमियर' हुँदाको क्षण हो यो। शारीरिक कदले नेपालका निर्देशक मीनबहादुर भाम अरु देशका फिल्मकर्मीभन्दा होचो भए पनि कलात्मक कदको मामिलामा उनी कोहीभन्दा होचा थिएनन्। फिल्म फेस्टिभलमा मीनको आकर्षणमा कुनै कमी थिएन।
भेनिस फिल्म फेस्टिभलको 'इन्टरनेसनल क्रिटिक्स विक' सेक्सनमा मीनको फिल्म 'कालो पोथी' छानिएको हो। इटालीको फिल्म समीक्षक समाज (एसएनसिसिआई)ले यो सेक्सन चलाउँदै आएको ३० वर्ष भइसक्यो। मीनको फिल्मले क्रिटिक्स विकमा रहेका अरु ९ वटा फिल्मसँग छुट्टै प्रतिस्पर्धा त गर्दैछ नै, साथै फेस्टिभलका विभिन्न सेक्सनमा सहभागी भएका 'डेब्यु निर्देशक'हरुमध्ये एकजनालाई दिइने एक लाख अमेरिकी डलर बराबरको 'द लायन अफ दि फ्युचर' नामक अवार्डमा समेत दावेदारी प्रस्तुत गरेको छ।
गत भदौ १५ मा भेनिसको लिडो टापुमा सुरु भएको ११ दिने भेनिस फिल्म फेस्टिभलमा यसपालि विभिन्न आठवटा सेक्सन अन्तर्गत दर्जनौं फिल्महरु सहभागी हुँदैछन्। नेपालको फिचर लेन्थको फिल्म भेनिसमा छानिएको यो पहिलो पटक हो। तर,मीनको भेनिस भ्रमण दोस्रो हो। यसअघि सन् २०१२ को ६९ औं भेनिस फिल्म फेस्टिभलमा उनको छोटो फिल्म 'बाँसुल्ली' छनोट भएको थियो।
अरुभन्दा भिन्दै हुलिया भएकाले मीनलाई फेस्टिभल परिसरमा एकपटक देख्नेले तुरुन्तै चिनिहाल्थे। शनिबार प्रिमियर भएको कालो पोथी पत्रकार, वितरक तथा निर्माताहरुलाई भने शुक्रबार देखाइएको थियो। आइतबार बिहान तेस्रो शो पाएको यो फिल्मको चौथो तथा अन्तिम शो आगामी शनिबार हुँदैछ। शनिबारको फिल्म प्रदर्शन अघि नै मीनलाई एक युरोपेली युवाले 'तपाई कालो पोथीका निर्देशक होइन?' भन्दै अटोग्राफ मागेका थिए।
शनिबार साँझ मीनलाई पार्टीमा जान भ्याइनभ्याइ थियो। भेनिसमा भाग लिन आएका रुसी फिल्मकर्मीको स्वागत गर्न रुसको दूतावासले गरेको पार्टीमा स्याम्पेन पिउँदै मीनले दुखेसो पोखे, 'हामीले इटालीमा रहेका नेपाली कन्सुलर तथा कर्मचारीहरुलाई फिल्म हेर्न निम्तो पठाएका थियौं, तर न मान्छे आए, न त जवाफ। यसकारण पनि नेपालजस्तो देशमा फिल्मकर्मी हुन धेरै गाह्रो छ।'
दुई बालकले रारा तालमा डुबुल्कै लगाउँदै आफ्नो रगत पखाल्ने दृश्यसँगै फिल्म सकिँदा दर्शकहरुले करिब दुई मिनेटसम्म पटकपटक ताली बजाउँदै मीनलाई बधाई दिए। स्टेजमा बोलाइएका मीनसँग उनीहरुले नेपालका विभिन्न राजनीतिक तथा सांस्कृतिक पक्षबारे जिज्ञासा मेटाए। कालो पोथीमा दशवर्षे माओवादी जनयुद्धले नेपाली बालबालिकालाई कसरी प्रभावित पार्योज भन्ने प्रसंग छोइएको छ। माओवादीले युद्धको दौरान धेरै आश्वासन बाँडे पनि नेपालमा ठूला परिवर्तन नआइसकेको मीनले बताए।
आफ्नो फिल्मले कुनै पनि राजनीतिक पक्षको आलोचना नगरेको उनी प्रष्ट पार्छन्। तैपनि मीनलाई शंका छ, कतै 'कालो पोथी'लाई नेपालको सेन्सर बोर्ड र राजनीतिक पार्टीहरुबाट झमेला त आइपर्ने होइन? उनले भने, 'फिल्मकर्मीलाई नेपालमा अझै पूर्ण स्वतन्त्रता आइसकेको छैन।'
कालो पोथी बनाएर भेनिस फिल्म फेस्टिभलसम्म ल्याउँदै मीनले आफूलाई एक सांस्कृतिक अभियन्ता साबित गरेको टिप्पणी क्यामेराम्यान अजिज जाम्बाकिभको थियो। काजाकिस्तानमा जन्मेका अजिज जर्मनीमा बस्छन्। उनले बर्लिन फिल्म फेस्टिभलमा उत्कृष्ट क्यामेराम्यानको अवार्ड जितिसकेका छन्। 'कालो पोथी' उनैले खिचेका हुन्।
'कला, साहित्य र फिल्ममा केही गरौं भनेर लागिपरेका नेपालका युवा पुस्ताका लागि मीनले एक मार्गदर्शकको काम गरेका छन्,' अजिजले थपे, 'मुख्य कुरा मान्छेले सपना देख्नुपर्छ र त्यसमा अडिग हुनुपर्छ। एकदिन अवश्य सफल हुन्छ। मीनले यसलाई प्रमाणित गरेका छन्।'
नेपालमा 'कालो पोथी'लाई तत्काल रिलिज गर्ने योजना मीनको छैन। बरु उनले बुसान, टोकियो, गोवा, स्विजरल्यान्डका फेस्टिभलहरुमा सहभागी हुने सूची तयार पारिसकेका छन्। भेनिसमा कालोपोथी प्रति इटालीका एक वितरकले चासो देखाएका छन्। मीनले भने, 'यदि उनको कम्पनीले फिल्म किन्यो भने अरु नेपाली फिल्मले पनि इटालीमा रिलिज हुने अवसर पाउनसक्छन्।'
मीनसँग कालो पोथी को प्रतिनिधित्व गर्दै निर्माता अन्ना क्याचको, क्याथरिन डुसार्ट, देवकी राई, अनुप थापा र उपेन्द्र शाही पनि अहिले भेनिस आएका छन्। जर्मनी, स्विजरल्यान्ड र फ्रान्ससँगको सहकार्यमा बनाइएको फिल्ममा खड्गराज नेपाली, शुक्रराज रोकाय, जीतबहादुर मल्ल, हंस खड्का, बेनिशा हमाल लगायतको अभिनय छ। फिल्मको पटकथा निर्देशक मीन र अविनाश शाह मिलेर लेखेका हुन्।
भेनिस फिल्म फेस्टिभलसँग यसपालि हलिउडको प्रोडक्सन फिल्म 'एभरेस्ट'ले पनि नेपालको नाम गाँसिदियो। सगरमाथा आरोहण दलले भोग्नुपरेको भौगोलिक चुनौतीको कथा रहेको बल्तासर कोर्माकरद्वारा निर्देशित'एभरेस्ट'को थि्रडी संस्करणको प्रदर्शनीबाट फेस्टिभलको उद्घाटन भएको थियो।