भेनिस (इटाली)- झट्ट हेर्दा नेपालीजस्तै देखिने एक फिल्मकर्मी भेनिस फिल्म फेस्टिभलमा बुधबार भेटिए। परिचय साटासाट भएपछि थाहा पाइयो, उनको नाम रहेछ पेमा छेदेन। नामले हाम्रै हिमाली भेगका बासिन्दाझैं लागे पनि उनी परेछन् चिनियाँ नागरिक।
७२ औं भेनिस फिल्म फेस्टिभलमा उनको पाँचौं फिल्म 'थार्लो' पनि छानिएको थियो। त्यसैले चीनको बेइजिङदेखि उनी भेनिस आइपुगेका हुन्। धेरैजसो समय बेइजिङ बस्ने पेमाको घर अम्दु भन्ने ठाउँमा हो, जुन तिब्बतका तीन अनौपचारिक क्षेत्रमध्ये एउटामा पर्छ।
उनको 'थार्लो' तिब्बती भाषाकै फिल्म हो। बेइजिङका चार कम्पनी मिलेर निर्माण गरेको यो फिल्ममा लगभग तीन लाख अमेरिकी डलर लगानी परेको छ। चीनमा बन्ने ठूला बजेटका फिल्मको तुलनामा यतिको लगानी केही पनि होइन। तैपनि तिब्बती भाषाका कारण आफ्नो फिल्मको बजार साँघुरो रहेको उनी बताउँछन्।
तिब्बत र चीनका अरु सहरका साना हलहरुमा चिनियाँ सबटाइटलसहित रिलिज हुने गर्छन् उनका फिल्महरु। चीनमा पनि कमर्सियल फिल्म र आर्ट फिल्मबीच लक्ष्मणरेखा रहेको उनको अनुभव छ। 'ठूल्ठूला स्टारहरुले अभिनय गर्ने कमर्सियल फिल्ममा एक्सन, रोमान्स र तामझाम हुन्छन्,' उनले भने, 'तर हाम्रो आर्ट फिल्ममा कलाकार र बजेट सीमित हुन्छन्। हामीलाई सहरका साना र ज्यादै थोरै हलमात्र दिइने गरिन्छ।'
चिनियाँ दर्शकहरु भव्यतामा रमाउन थालेकोमा उनी चिन्तित छन्। चीनमा हलिउड फिल्मले दिनहुँ जरा गाड्दैछ। उनले सुनाए, 'चिनियाँहरु हलिउडमा पल्किसकेका छन्, तिब्बतमा समेत नयाँ पुस्ताका दर्शकहरु हलिउडप्रति लोभिएका छन्, हाम्रो जस्तो फिल्मले दर्शक पाउन गाह्रो छ।'
भेनिसमा उनको फिल्म छानिएको यो पहिलो अवसर हो। तर सन् २००९ को उनको दोस्रो फिचर फिल्म 'द सर्च' स्विजरल्यान्डको लोकार्नो फिल्म फेस्टिभल र क्यानडाको टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा छानिएको थियो। चिनियाँ मिडियामा पेमाको भेनिस यात्राबारे धेरै समाचार आइसकेको छ। यसले गर्दा चीनभित्र 'थार्लो'को बजार बढ्छ कि भन्ने आशा उनमा छ।
सन् २०१० मा उनको तेस्रो फिल्म 'वल्ड डग'ले ३० देखि ४० वटा फिल्म फेस्टिभलमा भाग लियो। उनकै गृहनगर अम्दुको कथा रहेको फिल्मले समीक्षकहरुबाट तारिफ पनि बटुल्यो। तर, २ लाख अमेरिकी डलर बजेटमा बनेको उक्त फिल्मले चीनमा मुश्किलले लगानी उठायो।
यस्तो अवस्था हुँदाहुँदै किन सानो बजेटको तिब्बती फिल्म बनाइरहनुहुन्छ? किन ठूला स्टारलाई लिएर चिनियाँ भाषाको फिल्म बनाउनुहुन्न? भन्ने प्र्रश्नमा उनी गम्भीर भए, 'मैले पनि चिनियाँ भाषाको फिल्म बनाएँ भने तिब्बती भाषामा कसले बनाउँछ? तिब्बती संस्कृति र तिब्बती कथाहरु बाहिरी दुनियाँलाई देखाउनु मेरो सपना हो।'
उनीजस्ता फिल्मकर्मीलाई फिल्म बनाउन बजारको मात्र चिन्ता छैन। चीनको कस्सिलो सेन्सरनीति पनि बेलाबेला तगारो बनिदिन्छ। यसपालि भेनिसको मुख्य प्रतिस्पर्धामा छानिएको चिनियाँ फिल्म 'बेहेमोथ' चीनमा रिलिज हुँदैन कि भन्ने अनुमान पेमा लगाउँछन्। किनभने झाओ लियाङद्वारा निर्देशित यस फिल्मले चीनको आधुनिक अर्थतन्त्रको आलोचना गरेको छ।
'हामीले फिल्म बनाउनुअघि सेन्सर बोर्डलाई पटकथा पेश गर्नुपर्छ, पटकथा पास भएपछि बल्ल सुटिङमा जान्छौं र सुटिङपछि पनि रिलिजअघि फिल्मको सेन्सर गर्नुपर्छ,' उनले खुलाए, 'लगानी उठ्दैन कि भन्ने डर हुने हामीजस्ता साना फिल्मकर्मीले सेन्सरलाई चुनौती दिन सक्दैनौं।'
चीनको बेइजिङ फिल्म एकेडेमीमा पाँच वर्ष फिल्म लेखन र फिल्म निर्देशन विधामा उच्चशिक्षा हासिल गरेका पेमाले नाम सुनेको नेपाली फिल्मकर्मी छिरिङरितार शेर्पा हुन्। छिरिङको फिल्म 'कर्मा'बारे उनलाई जानकारी छ। तर, छिरिङसँग उनको भेटघाट भइसकेको छैन। त्यसैले उनी छिरिङको उमेर सोध्दैथिए।
अम्दुमा रहँदा उनले नेपालको चर्चा धेरै सुनेका छन्। बौद्धमार्गीहरुको तीर्थस्थल र थुप्रै तिब्बतीको शरणस्थलका रुपमा उनी नेपाललाई चिन्छन्। भविष्यमा चाँडोभन्दा चाँडो नेपाल आउने उनको इच्छा छ।
'चीन सरकार र नेपालको चिनियाँ राजदूतावासले सहयोग गरेमा म नेपाल आएर युवा फिल्मकर्मीहरुलाई फिल्म निर्माणसम्बन्धी वर्कसप दिन चाहन्छु,' उनले इच्छा पोखे, 'नेपाल जसरी पनि जान्छु भन्ने दृढता मेरो छ। किनभने नेपालसँग मेरो भावनात्मक लगाव छ।'
पछिल्लो समयमा भारतीय फिल्म 'पिके'ले चीनमा गरेको उत्साहजनक व्यापारसँग उनी परिचित छन्। कतै नेपाली फिल्मलाई पनि चलाउन सकिन्छ कि चीनमा? यसका लागि उनी राजनीतिक पहल गर्न नेपाली फिल्मकर्मीहरुलाई सुझाव दिन्छन्। उनले भने, 'चीनका साना हलहरुमा नेपाली फिल्मलाई चिनियाँ सबटाइटल राखेर चलाउन सकिन्छ। आवश्यक परे म सहयोग गर्न तयार छु।'