समीक्षकका नजरमा 'कालो पोथी' उत्कृष्ट
२७ भदौ २०७२
•
७ मिनेट पाठ
समीक्षकका नजरमा 'कालो पोथी' उत्कृष्ट
भेनिस (इटाली)- इटालीको कलात्मक सहर भेनिसमा भएको संसारको सबैभन्दा पुरानो फिल्म फेस्टिभलमा नेपालले पहिलो सहभागितामै अवार्ड जितेको छ। शनिबार सम्पन्न ७२ औं भेनिस फिल्म फेस्टिभलमा मीनबहादुर भामद्वारा निर्देशित फिल्म 'कालो पोथी'ले भेनिसको 'इन्टरनेसनल क्रिटिक्स विक' सेक्सनतर्फ उत्कृष्ट फिल्मको अवार्ड हात पारेको हो।मीनलाई शुक्रबार साँझ एक समारोहमा अवार्डको प्रमाणपत्र प्रदान गरिएको छ।




भेनिसमा सहभागी हुन हरेक वर्ष सयौं फिल्मले आवेदन दिने गर्छन्। कान्स र बर्लिनसहित संसारका सर्वाधिक प्रतिष्ठित तीन फेस्टिभलभित्र पर्छ भेनिस। 'कालो पोथी' भेनिसमा छानिएको पहिलो फिचर फिल्म हो। यसअघि सन् २०१२ मा मीनकै छोटो फिल्म 'बाँसुल्ली' भेनिसमा सहभागी भएको थियो।

इटालीका चलचित्र समीक्षकहरुको संगठन 'एसएनसिसिआई'ले भेनिस फिल्म फेस्टिभल अन्तर्गत सन् १९८४ देखि हरेक वर्ष 'इन्टरनेसनल क्रिटिक्स विक' सेक्सन आयोजना गर्दै आएको छ। यसपालि यही सेक्सनमा 'कालो पोथी'सहित दशवटा फिल्म छानिएका थिए, जसमध्ये इटाली, टर्की, बेलायत, पोर्चुगल, सिंगापुर र अस्ट्रेलियाका समेत गरी सातवटा फिल्म प्रतिस्पर्धामा थिए। एसएनसिसिआईका अनुसार यसपालिको ३० औं संस्करणको 'क्रिटिक्स विक'मा सहभागी हुन १९ सय ३२ वटा फिल्मको आवेदन परेको थियो।

'क्रिटिक्स विक'मा सहभागी फिल्महरुको मूल्यांकन युरोपेली तथा मध्यरेखीय फिल्म समीक्षक महासंघ (फेडेओरा)द्वारा गठित जुरीले गरेको थियो। सन् २०१० मा कान्समा स्थापना भएको फेडेओराले भेनिसमात्र होइन संसारका अरु प्रतिष्ठित फिल्म फेस्टिभलका लागि समेत जुरी गठन गर्दै आएको छ। यसपालि डुब्राभ्का लेकिक संयोजक रहेको भेनिसको क्रिटिक्स विक जुरीमा रिता डि सान्तो, नेनाद डुकिक र जेम्स इभान्स सदस्य थिए।

यो जुरीले उत्कृष्ट छायांकन (क्रिटिक्स विक), उत्कृष्ट युरोपेली फिल्म, उत्कृष्ट युवा निर्देशक, उत्कृष्ट युवा अभिनेत्री र भेनिस डेज सेक्सनको उत्कृष्ट फिल्मको निर्णय गरेको थियो। उत्कृष्ट युवा निर्देशकको अवार्ड भारतकी रुचिका ओबरायले जितिन्। उनले आधुनिक जीवनशैलीलाई अतियथार्थवादी नजरमा हेर्ने आफ्नो फिल्म 'आईल्यान्ड सिटी'बाट यो अवार्ड पाएकी हुन्।

यसपालि क्रिटिक्स विकमा इटालियन निर्देशक अड्रियानो भलेरियोको फिल्म 'बनत'ले उत्कृष्टता हासिल गर्ने धेरैको अनुमान थियो। मीनलाई पनि त्यही लागेको थियो। पेरिसको फिल्म स्कुलमा पढाउने अड्रियानोले सन् २०१३ मा एक छोटो फिल्ममार्फत् कान्स फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड जितिसकेका थिए। उनको पहिलो फिचर फिल्म 'बनत'लाई ठूलो थियटर र राम्रो प्रिभ्यु दिइएको थियो। फिल्मको शोपछि पनि 'बनत'ले बाक्लो तारिफ बटुलेको थियो।

तैपनि धेरैको अनुमानविपरीत जुरीले 'कालो पोथी'लाई उत्कृष्ट फिल्मको अवार्ड दिए। आयोजक र उपस्थित फिल्मकर्मी सबैले मीन र उनका निर्माताहरु देवकी राई, अनुप थापा, उपेन्द्रजंग शाही र सुमननिधि दाहाललाई हात मिलाउँदै बधाई दिए। जुरी सदस्यहरुले पनि नेपाली टोलीसँग तस्बिर खिचाए।

'यो अवार्डले मलाई अर्को फिल्ममा अझ मिहेनत गर्ने प्रेरणा र चुनौती दिएको छ, अर्को फिल्मलाई भेनिसको मुख्य प्रतिस्पर्धामा सामेल हुनसक्ने स्तरको बनाउन प्रयत्न गर्नेछु,' निर्देशक मीनले प्रमाणपत्र ग्रहण गरेपछि भने, 'केही विदेशी निर्मातासँग आगामी फिल्मको लगानीबारे मौखिक सहमतिहरु भएका छन्, केही हप्तापछि लिखित सहमति भएमा म सबैलाई खुसीको खबर बाँड्नेछु।'

तीन करोड रुपैयाँमा 'कालो पोथी' बनाएका मीन आगामी फिल्म कम्तीमा पाँच करोडको बनाउने योजनामा छन्। 'प्रतिष्ठित फिल्म फेस्टिभल र अन्तर्राष्ट्रिय बजार पाउन ४०–५० लाखको फिल्म बनाएर हुँदैन,' मीनले थपे, 'स्टोरीटेलिङ कलात्मक हुनैपर्छ, तर साथसाथै प्राविधिक पक्ष पनि अन्तर्राष्ट्रिय मापदण्डको चाहिन्छ।'

छायांकन, ध्वनि र मिक्सिङका लागि नेपालमा उपलब्ध प्राविधिक सुविधा निकै अपुग रहेको मीनले बुझेका छन्। त्यही भएर उनले 'कालो पोथी'मा विदेशी छायाँकार झिकाउनुका साथै फिल्मको पोस्ट प्रोडक्सन फ्रान्समै गरेका थिए। जर्मनी, स्विजरल्यान्ड र फ्रान्सको नगद पुरस्कार तथा जर्मनी र फ्रान्सका निर्माताहरु आना क्याच्को र क्याथरिन डुसार्टको विशेष पहलले गर्दा 'कालो पोथी'को स्तर माथि उठेको मीन बताउँछन्।

'भेनिसमा अवार्ड जित्नु भनेको अर्को खुड्किलो उक्लिनु हो, कालो पोथीले अझ राम्रा वितरक पाउनेछ र निर्माताहरुको पैसा सुरक्षित गरिदिनेछ,' मीन आशावादी देखिए। भेनिसमा 'वर्ल्ड प्रिमियर' भएको 'कालो पोथी'लाई अक्टोबरमा दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमा लैजाने मीनको योजना छ, जुन एसिया प्रिमियर हुनेछ।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
११ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।




उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस