भेनिस (इटाली)- 'कोलाभेरी डि' गीत र 'रान्झना' फिल्मबाट नेपालमा समेत लोकप्रियता कमाउन सफल भारतीय अभिनेता धनुषले निर्माण गरेको तमिल फिल्म 'भिसारनै'को समेत भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गरिएको थियो। गत शनिबार सेप्टेम्बर १२ मा सम्पन्न ११ दिने फेस्टिभलमा निर्माता धनुष उपस्थित थिएनन्। तर, फिल्मका निर्देशक भेत्रीमारन आफ्नो टिमसहित सहभागी भई दर्शकसँगको अन्तर्क्रियामा रमाए।
निर्देशक भेत्रीमारन र निर्माता धनुषको सहकार्य पहिलोपटक भएको होइन। भेत्रीमारनको पहिलो निर्देशन रहेको सन् २००७ को फिल्म 'पोलाधवन'मा धनुषकै मुख्य अभिनय थियो। भेत्रीमारनले सन् २०११ को 'आदुकलम'बाट आफूलाई निर्देशन तथा पटकथा र धनुषलाई अभिनय विधामा नेसनल फिल्म अवार्डसमेत दिलाए। धनुष र भेत्रीमारनको संयुक्त लगानी तथा एम मनिकन्दनको निर्देशन रहेको सन् २०१५ को 'काका मुत्ताई' पनि क्यानडाको टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा छानिएको थियो।
अन्तर्वार्ताका लागि आग्रह गर्दा निर्देशक भेत्रीमारनले सजिलै स्विकारे र फिल्म शोको भोलिपल्ट आफू बसेको होटलमा निम्ता गरे।
भेनिस फिल्म फेस्टिभलमा निर्माता धनुष किन आउनुभएन?
उहाँ अर्को फिल्मको सुटिङमा निकै व्यस्त हुनुहुन्छ। आफ्नो फिल्मको कार्यक्रममा हिँडेर अरु निर्माताको काममा बाधा पार्नु पनि भएन। तर, उहाँ यहाँ आउनु नभए पनि अनलाइन र फोनमार्फत् भेनिसबारे अपडेट लिइरहनु भएको छ।
धनुषसँग तपाईको मित्रता कसरी सुरु भयो?
धनुषजीले खेल्नुभएको थुपै्र फिल्ममा मैले सहायक निर्देशकको काम गर्ने अवसर पाएको थिएँ। त्यतिबेला नै हामी असल मित्र भएका हौं।
तपाईंले निर्देशन गर्ने हरेक फिल्ममा धनुषको संलग्नता रहन्छ अब?
लगभग त्यस्तै छ। हाम्रो ट्युनिङ मिलुन्जेल सहकार्य रहिरहनेछ। धनुषजीको मुख्य भूमिका रहेको ४० करोड भारुको लगानी रहने दुई भागको फिल्मको सुटिङ म आगामी जनवरीदेखि सुरु गर्दैछु।
धनुषले तपाईंलाई निकै विश्वास गर्नुहुँदो रहेछ?
अवश्य गर्नुहुन्छ। त्यसैले त मैले यो 'भिसारनै' फिल्म बनाउँदा उहाँले स्त्रि्कप्ट पनि सुन्नुभएन। भेनिसमा धेरै दर्शकले हेरिसके। तर, उहाँले अहिलेसम्म यो फिल्म हेर्नुभएको छैन।
तपाईको यो फिल्म फेस्टिभलकै लागि बनाउनु भएको हो?
फिल्म बनाउने बेला फेस्टिभलबारे सोच्दिन। आफूलाई कुनै कथाले छोएपछि बनाइहाल्छु। मैले अहिलेसम्म निर्देशन गरेका फिल्महरुले बक्सअफिसमा पनि राम्रै गरेका छन्।
यो 'भिसारनै'मा अरु तामिल फिल्ममा जस्तो नाचगान र एक्सन छैन नि, आमदर्शकले रुचाउँलान् र?
हाम्रो साउथतिर खासै समस्या छैन। दर्शकहरुले हल्काफुल्का मनोरञ्जन भएका फिल्म पनि हेर्छन्, अलि गम्भीर स्वभावका फिल्म पनि रुचाउँछन्। यो फिल्मले पनि दर्शकको मन जित्ने कुरामा म ढुक्क छु।
साउथ इन्डियातिरका निर्देशकहरुले बेलाबेला बलिउडमा हिन्दी फिल्म बनाएर भारतभर फैलिन प्रयास गर्दै आएका छन्। तपाईंलाई पनि इच्छा छ कि छैन हिन्दी फिल्म निर्देशन गर्ने?
म पपुलर हुनका लागि हिन्दी फिल्म बनाउँदिन। भोलि मेरो कुनै कथाले हिन्दी भाषा र बलिउडका कलाकार माग्यो भने सोचुँला। तर, म बढी आफ्नै क्षेत्रका भाषा, संस्कृति, कथा र पात्रहरुलाई उठाउन रुचाउँछु।
साउथको फिल्म 'बाहुबली'ले सबैतिर सफलता कमायो। त्यस्तो फिल्म बनाए हुन्न र?
'बाहुबली'जस्तो फिल्म बनाउन सक्नु निर्देशक राजामौलीको सफलता हो। त्यस्तो फिल्म सबैले बनाउन पनि सक्दैन। म फेरि अचेल फेन्टासीभन्दा पनि यथार्थपरक कथाहरुमा केन्द्रित छु।
तपाईं बलिउडका हिन्दी फिल्म चाहिँ हेर्नुहुन्छ कि हुन्न?
बलिउडका भाषा, पात्र र विषयवस्तुमा मैले आफूलाई कतै पाउँदिन। त्यसैले धेरै कम हेर्छु। मेरो विचारमा साउथको भन्दा बलिउडका धेरैजसो फिल्म कलात्मक रुपमा कमजोर छन्।
बलिउड फिल्म कलात्मक रुपमा कमजोर हुनुको कारण के हो?
फिल्मको लगानी जति ठूलो हुँदै जान्छ, त्यसको कलात्मक पक्षमा त्यति नै खतरा बढ्दैजान्छ। बलिउडका धेरैजसो फिल्म ठूलो बजेटमा बन्छन्। त्यस्तो अवस्थामा निर्माताले धेरै कुरामा सम्झौता गर्छन्। र, ती सम्झौताले फिल्मलाई कमजोर बनाउँछन्।
तपाईंले मात्र हो कि साउथतिरका दर्शकले पनि हेर्दैनन् हिन्दी फिल्म?
दर्शकले पनि हेर्दैनन्। शाहरुख खानले साउथको बजार पनि हडप्न 'चेन्नई एक्सप्रेस' फिल्म बनाए। तर, त्यो फिल्म चेन्नईमै राम्रोसँग चलेन। त्यो फिल्ममा साउथका पात्रहरुलाई निकै सतही रुपमा प्रस्तुत गरिएको थियो।
तपाईंले धनुषसँग त काम गर्नुभयो, उहाँको ससुरा रजनीकान्तसँग काम गर्ने योजना छैन?
उहाँसँग काम गर्ने इच्छा हरेक निर्देशकसँग हुन्छ। तर, अहिलेलाई उहाँको त्रे्कज, करिश्मा र उमेर सुहाउँदो कथा मसँग छैन।
तपाईंले नेपाललाई कसरी चिन्नुभएको छ?
म अहिलेसम्म नेपाल गएको छैन। टाढा बसेर मैले हेर्दा नेपाल एउटा राजनीतिक मुभमेन्टहरु भइरहने देशका रुपमा बुझेको छु।
नेपाली फिल्मले आफ्नो घरेलु बजारमै बलिउड फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ। यस्तोमा नेपाली निर्माताले के गर्नुपर्छ?
पहिलो उपाय भनेको एककिसिमको कोटा सिस्टम हो। वर्षमा कतिवटा विदेशी फिल्मलाई रिलिज हुन दिने भन्ने सम्बन्धमा राज्यले सोच्नसक्छ। त्यस्तै मल्टिप्लेक्स हलहरुमा यति दिन वा यति शो नेपाली फिल्म चलाउनैपर्छ भन्ने नियम बनाउन सकिन्छ।
अनि नेपाली निर्देशकहरुले चाहिँ के गर्नुपर्छ?
बलिउडको कपी गर्नु भएन। थोरै बजेटमा बलिउडको कपी गरेर बलिउडकै जस्तो फिल्म बनाउन सकिँदैन। नेपाली निर्देशकहरुले आफ्नो स्थानीय कथा र पात्रहरुलाई टिपेर मौलिक फिल्म बनाउनु पर्छ। बलिउड र हलिउडमा हेर्न नपाइने कुरा नेपाली फिल्ममा हेर्न पाउने हुनुपर्छ। त्यसो भयो भने स्थानीयमात्र होइन अन्तर्राष्ट्रिय दर्शकले पनि नेपाली फिल्म हेर्नसक्छ। तर, कलात्मक पक्ष र फिल्म ल्यांग्वेज चाहिँ मजबुत हुन जरुरी छ।
फिल्मलाई कलात्मक रुपमा सुन्दर बनाउन के जरुरी छ?
फिल्म सोसाइटी, फिल्म फेस्टिभल र फिल्म मुभमेन्टहरु बढाउँदै गयौं भने राम्रा निर्देशक र असल दर्शक दुवैको संख्या बढ्दै जान्छ। र, कलात्मक फिल्म बनाउने र हेर्ने संस्कृति तयार हुँदै जान्छ।