साहित्यकार अजिता प्रधानद्वारा लिखित ‘भावनाका छालहरू’ मुक्तक संग्रह एक समारोहका बीच विमोचन गरिएको छ।
नोबेल साकोस साहित्य संस्थाको आयोजनामा भएको कार्यक्रममा अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, सार्क कल्चरल सोसाइटी नेपालका अध्यक्ष राजेन्द्र गुरागाईं, अग्रज साहित्यकार बलराम पोखरेललगायतले संयुक्त रुपमा मुक्तक संग्रहको विमोचन गरेका थिए।
विमोचित मुक्तक संग्रहका विषयमा कवि एवं समालोचक हरि कट्टेलले समिक्षात्मक टिप्पणी प्रस्तुत गरे। उनले मुक्तकसंग्रहले अहिलेको नेपालको राजनैतिक व्यथिति, विकृति, विसंगति, अभाव, गरिबी, भ्रष्टाचारलाई सशक्त रुपमा उठाएको बताए। सो अवसरमा कवि मञ्जुश्री गिरी, भरत गुरागाईं बर्बरिक, मीनकुमार नवोदित, राधा भट्टराई, मञ्जु घिमिरे, राधा सुवेदीलगायतले विमोचित संग्रहभित्रका मुक्तकहरू वाचन गरे।
नोबेल साकोस साहित्य संस्था काठमाडौंले प्रकाशित गरेको संग्रहभित्र विभिन्न विषयवस्तुलाई आधार मानेर लेखेका २ सय ५१ वटा मुक्तकहरू समावेश गरिएको छ।