फिल्मकर्मीका सपना तैरिने भेनिस शहर
१५ असोज २०७२
•
१४ मिनेट पाठ
फिल्मकर्मीका सपना तैरिने भेनिस शहर
संसारको सबैभन्दा पुरानो फिल्म फेस्टिभलको आयोजकलाई आफ्नो समाचार नेपालको पत्रिकामा छापिए पनि वा नछापिए पनि केही फरक पर्दैनथ्यो। त्यसैले ७२ औं भेनिस फिल्म फेस्टिभलका आयोजकलाई नेपालबाट समाचार संकलन गर्न आउँछु भनेर निवेदन दिने बेला ठूलो आशा राखेको थिएन। नागरिक दैनिकमा प्रकाशित तीनवटा लेख समावेश गरी 'आधिकारिक निम्तो पाउँ' भनी गत साउन १ मा इमेलबाट निवेदन पठाएँ।




इटालीको भेनिस शहरमा हुने उक्त फेस्टिभलको उद्घाटन फिल्म 'एभरेस्ट'को प्रदर्शनीबाट हुने त्यतिबेला निश्चित भइसकेको थियो। नेपालमा समेत छायांकन गरिएको बेलायती तथा अमेरिकी लगानीमा निर्मित उक्त फिल्मले नेपाललाई भेनिस फिल्म फेस्टिभलसँग केही हदसम्म जोडिसकेको थियो। त्यसैले नेपाली पत्रकारको निवेदनलाई सकारात्मक रुपमा लिन्छ कि भनेर आशावादी भएँ।

नभन्दै साउन ७ मा फेस्टिभलले इमेलमार्फत् 'तिम्रो प्रेस एक्रिडेसन कन्फर्म भएको छ' भन्दै बधाई दियो। साउन १३ मा नेपाली फिल्म 'कालो पोथी' भेनिसको 'इन्टरनेसनल क्रिटिक्स विक'मा छानिएको खबर पनि आयो। भेनिसमा नेपाली पत्रकारको उपस्थितिको औचित्य झन् बढ्यो।

भेनिस फेस्टिभल आयोजकले इटालीको कन्सुलरलाई भिसा प्रक्रियामा सहयोग गरिदिन भन्दै पत्र लेखिदियो। भेनिसले पत्र पठाएपछि भिसा नपाउने कुरै थिएन। काठमाडौंको भिएफएस सेन्टरमा डकुमेन्ट बुझाएको आठौं दिनमा कोलकाताबाट भिसा लागेको पासपोर्ट हात पर्योड।

हवाई टिकट, होटल खर्च र खानपिन सबै आफूले बेहोर्नुपर्ने थियो। संसारको प्रतिष्ठित फिल्म फेस्टिभलको अवलोकन र युरोपको भ्रमणबाट प्राप्त हुने अनुभव र ज्ञानको तुलनामा त्यो खर्च खासै महँगो थिएन। त्यसैले खर्च गर्ने हिम्मत गरेँ।

प्रेस एक्रिडेसन कार्ड लिन ६० युरो शुल्क तिर्नुपर्ने आयोजकले नियम लगाएको रहेछ। विभिन्न कारण र तर्क दिँदै त्यो सात हजार रुपैयाँ बराबरको शुल्क मिनाहा गरिदिन आयोजकसँग अनुरोध गरेँ। सात दिनपछि उनीहरुले मिनाहा गर्ने निर्णय गरे। एउटा इमेलले ६० युरो जोगिनु उपलब्धि नै थियो।

काठमाडौंबाट इस्तानबुल हुँदै इटालीको रोममा उत्रियो हवाईजहाज। रोमको 'इमिग्रेसन डेस्क'ले भेनिस फिल्म फेस्टिभलको समाचार संकलन गर्न नेपालबाट आएको बताउँदा अनौठो मान्दै आयोजकको निम्तोपत्र हेरेपछि पासपोर्टमा 'इन्ट्री' छाप ठोकिदियो। विश्वास नलागेर होला 'समाचार लेख्न नै आएको हो' भन्दै इमिग्रेसनका कर्मचारीले दुईतीनपटक सोधे।

रोमबाट नाइट ट्रेन लिएर भदौ १९ को बिहान भेनिस पुगियो। भेनिस स्टेसनबाट लिडो भन्ने टापुसम्म बस चढेर गइयो। गुड्ने होइन तैरिने बस अर्थात् वाटरबस। 'कालो पोथी'का लाइन प्रोड्युसर उपेन्द्रजंग शाहीले बस स्टेसनमा लिन आए। पाँच मिनेट पैदलपछि रसो प्यालेस होटलअगाडि हाम्रा पाइला रोकिए। निर्देशक मीनबहादुर भाम त्यहीँ रहेछन्। उनले मलाई स्वागत गरे।

दिउँसो फेस्टिभल अयोजना स्थल पुग्यौं। प्रेस एक्रिडेसन कार्ड लिएँ। कार्डसँगै आयोजकले निःशुल्क डुंगा चढ्ने पास दियो। त्यो पासले भेनिस र लिडो ओहोरदोहोर गर्न पाइन्थ्यो। म बस्ने होटल अलि टाढा थियो। दुइटा डुंगा फेर्नुपर्थ्यो।

फेस्टिभल परिसरमा पालाजो देल सिनेमा, साला दरसेना, पालाजो देल क्यासिनो, पाला बाइनाले, होटल एक्सेल्सर लगायत १० वटा भवन थिए। कुनैमा फिल्मसम्बन्धी कार्यक्रम त कुनैमा फिल्म प्रदर्शनी हुनेगर्थ्यो। पालाजो देल क्यासिनोको साला पेरला भन्ने हलमा नेपाली फिल्म 'कालो पोथी'को वर्ल्ड प्रिमियर भयो भदौ १९ कै दिन।

फेस्टिभलको मुख्य भवन चाहिँ पालाजो देल सिनेमा थियो, जहाँ तीनवटा फिल्म हल थिए। मुख्य प्रतिस्पर्धाका फिल्महरु तिनै हलहरुमा प्रदर्शन गरिए। त्यही भवनको अगाडिपट्टि रेड कार्पेट थियो।

हलिउड, इटाली, फ्रान्स, स्पेन र अरु युरोपेली तथा एसियाली देशका सुपरस्टारहरु उक्त रेड कार्पेटमा हिँडे। हलिउडका अभिनेता जोनी डिप कारबाट रेड कार्पेटमा ओर्लिदा युवायुवतीहरु घाँटी सुक्नेगरी चिच्याए। कालो सुटमा ठाँटिएका फोटोपत्रकारहरुले क्यामेराका बटन दबाइरहे।

यस्तो दृश्य अरु युरोपेली सेलिब्रिटीको आगमनमा पनि देखिन्थ्यो। किशोरावस्थाका फ्यानहरु आफ्ना प्रिय कलाकारको एक झल्को पाउन रेड कार्पेटवरिपरि बिहानदेखि झुम्मिरहेका हुन्थे। रेड कार्पेटको होचो पर्खालको सबैभन्दा पहिलो लहरको ठाउँ फ्यानहरुले बिहानदेखि कब्जा जमाउँथे।

सेलिब्रिटी नआउँदा पनि उनीहरु त्यही पर्खालको भुइँमा सुतेर बस्थे। कुनै कुनै फ्यान त सानो फोल्डिङ भर्यानङ बोकेर आउँथे। अघिल्लो लहरकाले छेके, त्यही भर्यासङ चढेर सेलिब्रिटीतिर हात हल्लाउँथे।

फ्यानमात्र होइन कतिपय टेलिभिजनका पत्रकारहरुले पनि त्यस्ता भर्यारङ ल्याएको देखियो। भीडभाडको बेला टिभी एंकर भर्या ङ उक्लिन्थे। र, भेनिस फिल्म फेस्टिभलको प्रत्यक्ष प्रसारण गर्थे।

रेड कार्पेटमा रमाउने फ्यानहरु फिल्म हेर्न हलभित्र चाहिँ छिर्दैनथे। उनीहरु आफ्ना प्रिय कलाकारलाई नजिकबाट नियाल्न र अटोग्राफ लिनमै मग्न देखिन्थे। नियमित फिल्म हेर्नेमा चाहिँ अलि पाको उमेरका दर्शकको बाहुल्य रहन्थ्यो।

फिल्म फेस्टिभलले भेनिस शहर र भेनिस शहरले फिल्म फेस्टिभललाई भरमग्दुर प्रवर्द्धन गर्योद। फेस्टिभलको पोस्टर र प्रचारप्रसार शहरका कुनाकुनामा देख्न पाइन्थ्यो। भेनिस विमानस्थलमै फेस्टिभलको काउन्टर थियो। फेस्टिभलको लागि डुंगाको रुट र चाप बढाइएको थियो। फेस्टिभलका दर्शकहरुलाई मध्यनजर गरेर डुंगा यात्रामा विशेष स्किम लागु गरिएको थियो। फेस्टिभलको क्याटलग नभएको होटल भेनिसमा थिएन।

फेस्टिभलले पनि आफ्ना अफिसियल पाहुनाहरुले भेनिस शहर घुमोस् भनेर त्यही अनुसार डुंगाको रुट तय गरिदिएको थियो। निःशुल्क डुंगा चढ्ने पास भएकाहरुले फेस्टिभल आयोजनास्थल पुग्न सान मार्को लगायत भेनिसका पुराना चोक र गल्लीहरु पैदल हिँड्दै छिचोल्नुपर्थ्यो। फेस्टिभलबाट फर्किंदा भने डुंगाले जुनसुकै स्टेसन पुर्या इदिन्थ्यो।

सन् १९३२ मा सुरु भएको भेनिस फिल्म फेस्टिभलको तीनवटा उद्देश्य थियो, संसारका धनी र सम्भ्रान्तहरुलाई फिल्मको बहानामा भेनिस घुमाउनु, इटालियन फिल्मलाई विश्वव्यापी फैलाउनु र तत्कालीन शासक मुसोलिनीका फासिस्ट प्रोपोगान्डाहरु फिल्ममार्फत् दर्शकलाई देखाउनु।

सन् १९३४ देखि १९४२ सम्म उत्कृष्ट इटालियन फिल्म र उत्कृष्ट विदेशी फिल्मलाई दिइने अवार्डको नाम नै 'मुसोलिनी कप' थियो। सन् १९४३ मा मुसोलिनी सत्ताबाट बाहिरिएपछि अवार्डको नाम बदलियो।

सायद पहिलो र दोस्रो उद्देश्य अहिले पनि यथावत छ। संसारका धनी र सुन्दर व्यक्तित्व भएकाहरुको भीडभाडले फेस्टिभलको रौनक बढाउँदै आएको छ। यसपालि पनि रेड कार्पेटमा हिँड्ने सेलिब्रिटीभन्दा आकर्षक व्यक्तित्वहरु दर्शकदीर्घामा देख्न पाइन्थ्यो।

गत भदौ १६ देखि २६ गतेसम्म ११ दिन चलेको फेस्टिभल अवधिभर न आयोजक थाके न दर्शक। हरेक वर्ष लगभग एक लाख पर्यटकले भेनिस फिल्म फेस्टिभलमा उपस्थिति जनाउने आँकडा छ। फेस्टिभलको बेला भेनिसमा होटलको कोठा पाउन निकै मुश्किल पर्छ। पाइहाले पनि अघिपछि भन्दा दोब्बरतेब्बर मूल्य तोकिएको हुन्छ।

धेरैजसो देशका प्रशासनिक अंगले भेनिसलाई आफ्ना फिल्मको प्रवर्द्धन गर्ने प्ल्याटफर्मका रुपमा प्रयोग गरे। उनीहरुले आफ्नो देशबाट आएका फिल्मकर्मीको सम्मानमा पार्टी आयोजना गर्दै ती जमघटमा संसारका उत्कृष्ट वितरक, निर्माता तथा समीक्षकहरुलाई निम्ताएका थिए। पार्टीहरुलाई सक्दो सदुपयोग गर्न रुचाउँथे फिल्मकर्मीहरु।

जतिसुकै अन्तर्राष्ट्रिय भनिए पनि भेनिस फिल्म फेस्टिभलका आयोजकले अंग्रेजी भाषालाई महŒव दिइएको पाइएन। पोस्टर, ब्याकड्रप र ब्यानर सबैतिर इटालीमा 'मोस्त्रा इन्टरनेसनाले डि'आर्टे सिनेमाटोग्राफिका' भनेर लेखिएको थियो। अंग्रेजी बोल्ने चाहिँ 'इन्फो डेस्क'मा मात्र भेटिन्थे।

पत्रकारहरुको सुविधाका लागि 'प्रेस रुम'मा दुई सयभन्दा बढी ल्यापटप राखिएको थियो। सबै ल्यापटपका किबोर्ड र सिस्टम इटालियन भाषामा थिए। नेपालमा आयोजना हुने फिल्म फेस्टिभलहरुका फिल्ममा अंग्रेजी सबटाइटलमात्र राखिन्छ। तर, भेनिसमा भने नेपाली फिल्म 'कालो पोथी'सहित सबै फिल्ममा अंग्रेजीका साथै इटालियन सबटाइटलको समेत व्यवस्था थियो।

'कालो पोथी' आफू सहभागी भएको 'इन्टरनेसनल क्रिटिक्स विक'मा उत्कृष्ट फिल्म हुन सफल भयो। तर, भेनिसमा निर्देशक मीनबहादुर भाम खिन्न देखिए, नयाँ निर्देशकलाई दिइने एक लाख डलरको पुरस्कार 'लायन अफ दि फ्युचर' नपाएकोमा। अर्कोपटक भेनिसको 'मुख्य प्रतिस्पर्धा'मै छानिने गरी फिल्म बनाउँछु भन्ने दृढ संकल्प मीनमा पैदा भएको छ।

स–साना डुंगादेखि हजारौं यात्रु बोक्ने पानी जहाजसम्म तैरिने भेनिस शहरमा ११ दिनसम्म फिल्मकर्मीका सपनाहरु पनि तैरिए। फेस्टिभलको अन्तिम दिनमा आइपुग्दा तीमध्ये कुनै सपना पानीमा डुबे, कुनै छालसँग बगेर गए। निश्चित छ, अर्को वर्ष फेरि ती सपनाहरु बग्दै र तैरिँदै भेनिस आइपुग्नेछन्।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
११ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।




उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस