चितवन-'चरी बस्यो निरमाया, खेतको आलीमा,
भैइमा छौ कि निरमाया, रुखको डालीमा,
भेटै नहुने, खोला पारी निरमाया वारी म रुने ।'
नेपाली लोक गीत रुचाउनेहरुका माझ यो गीत नसुनेको सायदै कोही होला । यो गीत र यसका गायक बमबहादुर कार्की नेपाली लोकगीत र गायकको पर्यावाची जस्तै मानिन्छन् । अहिले लोकगीत गाउनेहरु निकै बढेका छन् । गीतहरु पनि धेरै नै सुनिन थालेका छन् । तर बमबहादुर सावर्जनिक कार्यक्रमहरुमा खासै देखा पर्दैनन् ।
सरकारी जागिरे कार्की चाहेरै पनि जहाँ तही जान भ्याउँदैनन् होला । गीतमा जस्तै 'खोला पारी निरमाया वारी म रुने' भन्ने अवस्थामा उनी रहेका छन् । तर शनिबारको माहौल भने अर्कै थियो । नवलपरासीको गैंडाकोटमा सुरु भएको राष्ट्रिय दोहरी गीत प्रतिष्ठानको १५ औं वार्षिक साधरणसभामा बमबहादुर यही सदावाहार गीत लिएर मञ्चमा आउँदा धेरैले भने 'बल्ल भेटिए बमबहादुर' ।
प्रतिष्ठानले उनलाई सम्मान पनि गरेको थियो । सम्मानित भएको अवसरमा उनले पुराना दिनहरु सम्झिए । 'हेर्नुस च्याउ बेचेर ३७ सालमा एउटा टेप रेकर्डर किने । तर त्यसमा बजाउने गीतहरु नेपाली खोज्दा पाइदै नपाइने । गाउँमा गन्धर्वहरुले गाउँने गीत रेकर्ड गर्दै सुन्दै हिडियो ।' खोलापारी निरमाया भन्ने गीत उनले ४० सालमा पहिलो पटक रेडियो नेपालमा गाएका थिए ।
'रेडियो नेपालमा ४० सालमा गाइयो । यो गीतको क्यासेट भने २०४२ सालमा निस्कियो । अहिले लोक दोहरी क्षेत्रले निकै फड्को मारेको छ । हामीले सुरुवात गर्दा दोहरी गीत पनि भर्खर समाजमा भिज्दै थियो । दोहरी गाउँनेलाई राम्रो नजरले नहेर्ने बेलामा लुकी लुकी गाउँनु पर्ने' उनले भने । आफुले गाएको गीत रेडियोमा बज्दा अरुले सुनेर गिज्याउँलान भनेर बन्द गरेको स्मरण उनले सुनाए ।
'जीवन शर्मा थिए प्रगतिशिल गायक । उनीसँग भेट हुँदा हामीले भन्थ्यौ तपाइँ पनि लुकी लुकी गाउँने हामी पनि लुकी लुकी गाउँने । तपाइँ सरकारको आँखा छल्न लुक्ने । हामी बाउ आमाले, समाजले नराम्रो मान्ला भनेर लुक्नु पर्ने' कार्कीले भने । गाउँदा परिवारले नराम्रो नजरले हेरे पनि लोकगीत दोहरी गीत नेपाली समाजको प्रतिबिम्ब र पहिचान भएकाले त्यस तर्फ आफु मरि मेटेर लागेको उनले बताए ।
'यसमा आफ्नो पन छ । यसलाई जोगाउनु पर्छ । उ बेलामा धेरैले कुरा बुझ्दैन थिए । गीत गाए छोरा छोरी बिग्रियो भन्ने ठान्ने हुनाले हामी लुक्नु पर्दथ्यो । तर अहिले यही क्षेत्रमा लागेकाले नै शब्द र प्रस्तुती बिगारेकाले फेरि पनि लुक्नु पर्ने भयो' लोक संगितमा विसंगती बढेको तर्फ उनले चिन्ता देखाए । तीजका गीतहरुसमेत गाएका उनले भने 'अहिले त हेर्न सुन्न नसकिने तीज गीत आउन थाले ।'
दुई दिनसम्म चल्ने प्रतिष्ठानको साधरणसभामा देशभरका लोक दोहरी गायकहरु भेला भएका छन् । नयाँ पुराना पुस्ताका लोक दोहरी गायक गायिका विमाकुमारी दुरा, बद्री पंगेनी, पशुपति शर्मा लगायतले उद्घाटन सत्रमा गीत र नृत्य पस्किएर दर्शहरुलाई मत्र मुग्ध पारेका थिए । आइतबार बन्दसत्र हुने प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले जानकारी दिए ।