ललितपुर-भ्वाइस अफ वमन मिडियाले सुरु गरेको 'नारीवादी फिल्म प्रदर्शनी' नामक अभियान अन्तर्गत 'तोडो बन्दिसे' नामक फिल्म प्रदर्शनी गरिएको छ। सोमबार ललितपुरस्थित भ्वाईस अफ वमन मिडियामा आयोजित कार्यक्रममा 'तोडो बन्दिसे' फिल्ममाथि अन्तक्रिया गरियो।
'हरेक महिना आयोजना गरिने नारीवादी फिल्म प्रदर्शनीको यो दोस्रो संस्करण हो । हामीले सीमान्तकृत समुदायको महिलाहरुलाई केन्द्रित गरेर भिडियो, अडियो र फोटोग्राफीसम्बन्धी प्रशिक्षण दिएर उनीहरुलाई रोजगार सृजना गरिरहेका हौं । यस प्रदर्शनीमा उनीहरुले तयार गरेको फिल्महरुलाई प्राथमिकतामा राख्ने गरेका हौं,'कार्यक्रमकी आयोजक पुजा पन्तले भनिन्,'महिलाको कथालाई प्रस्तुत गर्दा समाजमा सकारात्मक सन्देश पुग्ने हुँदा हामीले यसलाई निरन्तरता दिएका हौं।'
दक्षिण भारतको ग्रामीण क्षेत्रका ३० युवतीले सुरु गरेको छिटो र जवरजस्ती गरिने विवाह विरुद्धको कथामा 'तोडो बन्दिसे' तयार गरिएको हो । गत महिना नेपाली निर्देशक सुवर्ण थापाको 'सुनगाभा' प्रदर्शन गरिएको थियो । कार्यक्रममा फिल्मको विषय, महिला सहभागी र अभियानमाथि सहभागी र आयोजकबीच अन्तरक्रिया गरिएको थियो । कार्यक्रमको आयोजना भ्वाईस अफ वमन मिडियाले गरेको थियो।