बजेट
१६ साउन २०७९
•
२ मिनेट पाठ
बजेट
लक्ष्मण थापा




स्वर्णभूमि पालिकाको प्रमुख रातमाटे निर्दोषीको विशाल कार्यकक्षमा ओछयाइएको बाक्लो बेल्जियम कार्पेटमाथि पाइला चाल्दै पालिकाको मुख्य लेखा अधिकृत लेखराज प्रेमी प्रमुखको दायाँतिर उभिएर हात जोड्यो।

‘नमस्कार प्रमुख सर!’

प्रमुख रातमाटेले ठूलै गुन लगाएझैं गरी टाउको हल्लाएर अभिवादन स्वीकार गर्‍यो। गालाबाट तप्पतप्प रगत चुहेलाजस्ता राता गाला भएको रातमाटेको पछाडि टाउकोमाथि तस्वीरमा देशका राष्ट्रपति र प्रधानमन्त्रीका पुष्ठिएका अनुहारहरू मुसुमुसु गरिरहेका थिए।

‘पालिकाको आगामी वर्षको बजेट तयारीको खवर के छ?’ रातमाटे अगाडिको विशाल टेबुलमा फैलिएको पत्रिकातिर सर्सर्ती आँखा डुलाउँदै भुनभनायो,‘स्साले सत्रकारहरू, जाँड पनि खान्छन्, पैसा पनि लान्छन् र विरोधमा पनि लेख्छन्।’

लेखा अधिकृतमा आँखा पनि पत्रिकाका हेडलाइनतिर दौडिए। त्यहाँ लेखिएको थियो, ‘स्वर्णभूमिको प्रमुखको मिलेमतोमा राते खोलाको पुल बन्दाबन्दै भत्कियो।’

लेखा अधिकृतको मुहार पनि रात्तियो।

‘सकिन लागेको छ। यो हेरौं त, सर’ भन्दै कागजको मुठा प्रमुखको अगाडि पस्कियो।

प्रमुखले पराल खान मन नगरेको साँढेले झैं कागज पल्टाउन थाल्यो।

‘आगामी वर्ष लगाउने करमा के परिवर्तन गर्दै हुनुहुन्छ?’

‘एैले पानीपुरीको लोकप्रियता बढेकाले एउटा पानीपुरीमा दुई रुपैयाँ, चटपटे व्यापारीलाई दिनको तीन सय, भिखारीलाई दिनको सय रुपैयाँ, कुखुराको अण्डामा पाँच रुपैयाँ, भैंसी ब्याउनेलाई पाँच सय, एक मुठा सागमा सात रुपैयाँ, मान्छेले बच्चा जन्माए पच्चिस सय, मरे प्रमाण लिन सात हजार..!

‘यस्तै छ। आफैले सर्सर्ती हेरिबक्स्योस् न!’ लेखा अधिकृतले कपाल कन्यायो।

‘त्यसरी त पालिकाको आम्दानी मनग्य बढ्ने भो! खर्चको हाल के छ त?’

‘आम्दानी अन्सार छुट्याइदिएको छु। पालिकाका सदस्यहरूको एकाघरका विहेमा पाँच लाख, बाबुआमा कोही मरेमा पचास हजार र एक दिन पालिकाभित्रका कार्यालय र विद्यालय बन्द गर्ने, सबै सदस्यहरूलाई एउटा-एउटा मोटरसाइकल र मासिक पाँच हजार पेट्रोल खर्च...।’

‘यस्तो पनि हुन्छ? अलि सुधार्नोस्!’ प्रमुखले बीचैमा कुरा काट्यो।

‘यता हेरिबक्स्योस् न!’ लेखा अधिकृतले अर्को पाना पल्टायो।

‘गाउँको ढुंगा खानीमा लाग्दै आएको करमा आधा रकम छुट (ढुंगा खानीको संचालक प्रमुखको भाइ थियो), प्रमुखका छोराछोरीको पढाइ खर्चवापत वार्षिक पाँच लाख अनुदान, प्रमुखका स्वर्गीय पिताको स्मृतिमा राते खोला छेउमा पचास रोपनी जग्गामा स्मृति पार्क बनाउन दुई करोड़ र सराद्देका दिन पालिकाका सबैलाई सार्वजनिक बिदा...।’

‘लल ठिक छ। मेरो तर्फबाट सबै पास.!’ प्रमुखले ढल्केर आफ्नो टाउको माथिका तस्वीरहरू हेर्‍यो।
अर्को समाचार
तीन महिनापछि सुदूरपश्चिममा हट्यो बजेट शून्यता, कांग्रेसको बहिस्कारबिच बजेट पारित
२७ असोज २०८३
•
२ मिनेट पाठ
तीन महिनापछि सुदूरपश्चिममा हट्यो बजेट शून्यता, कांग्रेसको बहिस्कारबिच बजेट पारित
सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ। प्रदेशसभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बिच आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित गरेसँगै करिब तीन महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो।




आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा रु ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए। सोही दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो। बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद चर्किएपछि त्यसयता प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो।

बजेट विवाद समाधान गर्न सत्ताको नेतृत्वकर्ता दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बजेट संशोधन तथा विवादित विषयको छानबिन गर्न र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउन सहमत भएपछि प्रक्रिया अगाडि बढेको थियो।

यहाँ बजेटको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक राजस्व परिचालनबाट रु एक अर्ब ७२ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम रु १० अर्ब २४ करोड ९२ लाख ६७ हजार रहेको छ। संघीय रोयल्टी बाँडफाँटबापत प्राप्त हुने रु सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु नौ अर्ब छ करोड ३३ लाख, आर्थिक वर्ष २०८२/८३ को विनियोजनबाट बचत हुने रु नौ अर्ब ६५ करोड, ससर्त अनुदानबाट प्राप्त हुने रु छ अर्ब तीन करोड ५८ लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने रु ३८ करोड ८० लाख र विशेष अनुदानबाट रु ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान रहेको छ।

यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले गत असार १ गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि बजेट पारित हुन सकेको थिएन। सोही असार २९ गते नेपाल कम्युनिस्ट पार्टी (एमाले) को समर्थनमा नेपाली कम्युनिस्ट पार्टीका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।

प्रदेशसभाको आजको अर्को बैठक अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको सभामुख भण्डारीले जानकारी गराए। रासस
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस