काठमाडौं – भ्यालेन्टाइन्स् डेको दिन अभिनेत्री प्रियंका कार्कीले नेपाली फिल्म चिनोको 'माया त माया हो' बोलको गीतलाई कभर गीत बनाएर युट्युवमार्फत सार्वजनिक गरेकी छिन्। सांगीतिक कार्यक्रमको सिलसिलामा विदेशमा रहेकी अभिनेत्री कार्कीको 'माया त माया हो' बोलको कभर गीत आइतबार साँझ भिग्रो च्यानलमार्फत युट्युवमा राखिएको हो।यसअघि उनले आफैँ स्वर दिएको गीत 'स्वतन्त्र छु म' सार्वजनिक गरेकी थिइन्। स्वर्गीय गायक नारायण गोपाल र आशा भोस्लेको स्वरमा रहेको 'माया त माया हो' गीतलाई विभिन्न कलाकारहरुले कभर गीत बनाएर युट्युवमा सार्वजनिक गरिसकेका छन्। कभर गीतमा अभिनेत्री कार्कीलाई आयुषमान श्रेष्ठ जोशीले साथ दिएका छन्। निर्देशक निलुडोल्मा शेर्पाले म्युजिक भिडियोको निर्देशन गरेकी हुन्। त्यस्तै गिटारमा सोनाम पाख्रिनले उनीहरुलाई साथ दिएका छन्।
पेशाले मेकअप आर्टिस्ट भए पनि म्युजिक भिडियोमा मोडलको रुपमा देखिसकेकी लिमी तामाङले 'माया त माया हो' गीतको म्युजिक भिडियोमा अभिनेत्री कार्कीलाई नयाँ लुक्स दिएकी हुन्। यो भिडियो सिनेमेट्रोग्राफार सिसन बानियाले खिचेका हुन्। यो भिडियोका लागि मेकअप लिमी तामाङले गरेकी हुन् भने रञ्जितले सम्पादन गरेका हुन्। अभिनेत्री कार्कीले लेखेको अर्को गीत नयाँ वर्षको अवसर पारेर वैशाख १ मा रिलिज गर्ने तयारीमा छिन्।
भिडियाे हेर्नुस्