काठमाडौं– अभिनेता अनमोल केसीको जन्मदिन पारेर 'गाजलु' फिल्म युनिटले सामाजिक सञ्जालमार्फत् पोस्टर सार्वजनिक गरेका हुन्। पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले डेब्यु गरेको नेपाली फिल्म 'गाजलु'को पोस्टर सार्वजनिक भएको छ।'फिल्मको रिलिज डेढ केही दिनमा सार्वजनिक गर्दैछौं। आज अभिनेता केसीको जन्मदिन पारे पोस्टर सार्वजनिक गरेका हौं,'फिल्मका निर्माता रोहित अधिकारीले भने। म्युजिक भिडियोकी महँगी मोडलको रुपमा स्थापित पूर्व मिस नेपाल श्रेष्ठलाई 'गाजलु'मा अभिनेता केसीले साथ दिएका छन्।
अभिनेता केसीले यसअघि 'ड्रिम्स', 'जेरी' र 'होस्टेल' फिल्म रिजिल भइसकेका छन्। हाल उनी थिएटर भिलेजमा मञ्चन हुन लागेको शेक्सपियरको 'ह्याम्लेट' नामक नाटकमा रिहर्सलमा व्यस्त छिन्। ह्याम्लेटकी प्रेमिका ओफिलियाको भूमिकामा उनी देखिएकी थिइन्।
निर्देशक हेमराज बिसीले निर्देशन गरेको फिल्मको सुटिङ काठमाडौं उपत्यकासहित चित्लाङ, दामन र कुलखानीमा गरिएको थियो। सिने मेट्रोग्राफर शैलेन्द्र डि कार्कीले फिल्म खिचेका हुन्।
पूर्व मिस नेपाल सृष्टि र अनमोल केसीसहित अभिनेत्री मेनुका प्रधान, गौरव पहारी, सलोन बस्नेत र ऋतिक शाही लगायत कलाकारले फिल्ममा अभिनय गरेका छन्। फिल्मलाई रोहित अधिकारी फिल्म्स् र विसी मूभि पिक्चर्स्ले संयुक्त रुपमा निर्माण गरेको छ।