धीरज मगरको भिलेन बन्ने रहर...
०५ असोज २०७९
•
४ मिनेट पाठ
धीरज मगरको भिलेन बन्ने रहर...
धीरज मगर नेपाली चलचित्रमा स्टारडम भएको अभिनेताका रूपमा परिचित हुन्। बेलायत बसोबास गर्ने अभिनेता मगरले चार वर्ष अगाडि प्रदर्शन भएको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मार्फत डेब्यु गरेका थिए।




कोरियोग्राफर रेनाशा बान्तवा राईको निर्देशनमै उनले दोस्रो चलचित्र ‘आइ एम ट्वान्टी वान’ मा अभिनय गरेको भएता पनि प्रदर्शनको टुंगो लागेको छैन। यद्यपि उनले अभिनय गरेको तेस्रो चलचित्र ‘बाबरी’ दसैँमा प्रदर्शन हुँदैछ। यसैकारण अहिले उनको दिनचर्या फेरिएको छ।

पहिलो चलचित्रले नै राम्रो व्यापार गरेपछि उनी सर्वाधिक खोजिने अभिनेतामा परे। उनको उपस्थितिले दर्शक हलसम्म आउँछन् भन्ने विश्वास छ। तर उनी आफूलाई अभिनय क्षमताले अगाडि बढाउने सोचमा छन्।

'स्टारडम त केही समयको हुन्छ। म अभिनेता बन्न चाहन्छु। मेरो अभिनयका कारण दर्शक हलसम्म आउनुहोस् भन्ने म चाहन्छु', उनले भने। उनी सुन्दरता आवरण भन्दा पनि अभिनयमा देखाउने तयारीमा छन्। तेस्रो चलचित्रमा काम गरिसकेपछि उनमा देखिएको परिवर्तन हो यो।

बेलायतबाट नेपाल आउँदा देखेको सपना विस्तारै साकार हुँदै गर्दा उनलाई आगामी दिनको यात्रा गर्न सहज पनि बनाएको छ। 'मैले पाएको मायाले दायित्वबोध गराएको छ। किनकी म यहाँ कलाकार बन्न आएको थिएँ। मैले पाएको दर्शकको साथलाई शब्दमा व्यक्त गर्न सक्दिन', अभिनेता मगरले भने।  

उनी मात्र नभइ ‘पपुलर’ अभिनेतामा पर्ने अनमोल केसी, प्रदीप खड्का पनि स्टारडमको छायाँबाट बाहिर निस्किने चलचित्रमा काम गरिरहेका छन्। प्रदीप अभिनित ‘प्रकाश’ प्रदर्शन भइसक्यो भने अनमोलले ‘छड्के २’ मा अभिनय गरिरहेका छन्।

प्रदीपलाई ‘प्रकाश’ को भूमिकामा देखिँदा सहजै चिन्न नसकिएको प्रतिक्रिया दर्शकमार्फत प्राप्त भएको थियो। अनमोलले पनि आफूलाई फरक देखाउन ‘धुपौरे’ नामक चलचित्रमा अभिनय गर्ने तयारी गरेका थिए।

त्यो नबन्ने भएपछि त्यस्तै चलचित्रको खोजीमा रहेको अनमोलले ‘छड्के’ को सिक्वेल रोजेका हुन्। उनी यसको छायांकनमै छन्। पपुलर अभिनेतामै पर्ने सलिनमान बानियाँले पनि दोस्रो चलचित्र ‘यात्रा द म्युजिकल भ्लग’ मा स्टारडमबाट बाहिर निस्किने प्रयास गरेका थिए।

पछिल्लो समय देखिएको यसकिसिमको परिवर्तनलाई धीरज सकारात्मकरूपमा लिन्छन्। 'हामीभित्र बढेको चलचित्रको चेतनाले यस किसिमको परिवर्तन देखिएको हो। आफ्नो अनुहार मात्र नभइ अभिनय देखाउनुपर्छ भन्ने चेतना बढ्नु सुखद हो। हामी प्रयास गरिरहेका छौँ', अभिनेता मगरले भने। त्यसो त धीरज आफू देखिएकै कारण चलचित्र चल्नेमा सहमत छैनन्।

'स्टारडम त सकिन पनि सक्छ। तर म कलाकार भएपछि त्यो कलाकारिता रहिरहन्छ। मलाई व्यक्तिगतरूपमा स्टारडमप्रति विश्वास पनि लाग्दैन। किनकि, यो मेरो दोस्रो चलचित्र हो। मैले अझै धेरै कुरा सिक्न बाँकी छ। म कलाकारका रूपमा चाहिँ बढी जिम्मेवारी महसुस गर्छु', उनले भने।

डेब्यु चलचित्रमा सफ्ट लभरब्वाईको चरित्र निर्वाह गरेका उनले ‘बाबरी’ मा आफूलाई पूर्णरूपमा परिवर्तन गरेका छन्। प्रचारप्रसार सामग्री सार्वजनिक हुँदा दर्शक मात्र नभइ चलचित्रकर्मीलाई समेत उनको स्वर होइन कि भन्ने लागेको थियो। ‘सानो राजा साहेब’ का रूपमा उनी फरक देखिएका छन्। यो चरित्रमा पूर्वयुवराज पारस शाहबाट पनि प्रभावित छ। बाहिरी हाउभाउ जस्तै बोल्ने, हिँड्ने शैली मिल्न सक्छ।

'सम्पन्न ठकुरी परिवारको छोराको भूमिकामा देखिन लाग्दा मैले उहाँहरुको बारेमा बुझेँ। मैले साथीहरुलाई सोधेर उहाँहरुको शैली र स्वभावलाई पनि नियालेँ। साथै छायांकन हुनु केही दिन अगाडि म पूर्व पुगेर त्यहाँको जीवनशैलीलाई नियालेँ। स्थानीय युवालाई हेरेर नै चरित्रलाई पूर्णरूपमा तयार गरेको हुँ', अभिनेता मगरले भने। यो परिवर्तन निर्देशक सुरेन्द्र पौडेलकै कारण सम्भव भएको उनी बताउँछन्।

निर्देशक पौडेलले फरक गेटअपसँगै भूमिका प्रस्ताव गरेका थिए। पहिलोपटक सुन्दा स्वाभाविक नसुनिएता पनि अहिले दर्शकले यसलाई स्वीकारेका छन्। धीरजले बोलेको संवाद सामाजिक सञ्जालमा पपुलर भएको पाइन्छ। उनी भन्छन्, 'सफ्ट भ्वाइसलाई यसमा फरक बनाएँ। किनकी विज्ञानमा सबैलाई थर्काउने, अलि होच्याउने स्वभाव छ। निर्देशकले गर्नुभएको विश्वासमा मैले मेहनत गरेको हुँ।'

दर्शकले रुचाइरहेको भूमिकाभन्दा फरक देखिँदा पाइरहेको प्रतिक्रियाले धीरज खुसी छन्। चार वर्षपछि पर्दामा आउँदै गर्दा पाइरहेको प्रतिक्रिया सकारात्मक छ। लभरब्वाईकै चरित्रमा प्रस्ताव आइरहेता पनि उनी सुन्दरताभन्दा पनि अभिनयको चर्चा होस् भन्ने चाहन्छन्। 'म फरक गर्ने प्रयासमा छु। किनकी एउटा अभिनेतामा लुक्ससँगै राम्रो अभिनय चाहिन्छ। म दुवैलाई हुने अभिनेता बन्न चाहन्छु', उनले भने। उनी आफूलाई कलात्मक अभिनेताका रूपमा कमर्सियल भ्यालुसँग पनि बलियो बनाउन चाहन्छन्।

हिरोको रूपमा दर्शकको प्रिय बनिसकेका धीरजमा भिलेन बन्ने रहर छ। सकारात्मक भूमिकाभन्दा अभिनय क्षमतालाई देखाउन नकारात्मक भूमिका प्रभावकारी हुने उनी बताउँछन्। 'मलाई सस्पेन्स र थ्रीलर चलचित्र मन पर्छ। त्यसैले पनि भिलेन बन्दा अझै कलाकारिता प्रस्तुत गर्न सक्छु जस्तो लाग्छ। मलाई सुहाउँदो अफर आयो भने म भिलेन बनेर प्रस्तुत हुन तयार छु', उनले भने।

‘बाबरी’ मा धीरजसँगै अदिति बुढाथोकी, धीरज नाडकर मुख्य भूमिकामा छन्। उनीहरुको त्रिकोणात्मक प्रेम कथा चलचित्रमा देखाइएको छ। यसको छायांकन नेपालसँगै सिक्किममा गरिएको छ। 
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
१६ घण्टा अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस