बिहिबारदेखि सिनेमाघरमा प्रदर्शनमा आएको फिल्म ‘रामायणः पार्ट १’ ले भव्य दृश्य र उत्कृष्ट एक्सनका कारण दर्शकको ध्यान आकर्षित गरिरहेको छ। यो फिल्मको रावण र जटायुबिचको युद्ध दृश्यले विशेष चर्चा पाइरहेको छ। सामाजिक सन्जालमा यो दृश्यको प्रसंशा छ। उक्त दृश्यमा रावणबाट सीतालाई बचाउन जटायुले गरेको प्रयास देखाइएको छ। जुन भव्य देखिन्छ।
निर्देशक नितेश तिवारीको निर्देशनमा बनेको यस फिल्ममा वरिष्ठ अभिनेता अनुपम खेरले जटायुको पात्रलाई आफ्नो आवाज दिएका छन्। हालै ‘द हलिउड रिपोर्टर’ सँगको कुराकानीमा अनुपमले जटायुको पात्रका लागि आवाज दिने तयारी र भावनात्मक दृश्यको डबिङ गर्दाको अनुभव सुनाएका छन्।
अनुपम खेरका अनुसार गत वर्ष अप्रिल वा मे महिनातिर नमित मल्होत्राले उनलाई जटायुको पात्रका लागि आवाज दिन प्रस्ताव गरेका थिए।
उनले भने, “त्यतिबेला अमिताभ बच्चनले जटायुको आवाज दिने चर्चा पनि चलेको थियो। मैले रामायण पढेको थिएँ र बाल्यकालमा विभिन्न नाटकमा यसका पात्रको भूमिका पनि निर्वाह गरेको थिएँ। त्यसैले उनीहरूले के बनाएका रहेछन् भनेर हेर्न गएँ। मलाई फिल्मको नौ मिनेट लामो दृश्य देखाइयो। त्यो हेरेपछि म निकै प्रभावित भएँ।”
उनका अनुसार उक्त दृश्य हेरेकै दिन डबिङ सुरु गर्ने योजना थियो। तर रावण र जटायुबिचको युद्ध दृश्य हेरेपछि उनले आफ्नो निर्णय परिवर्तन गरे।
“मैले त्यही दिन डबिङ गर्ने योजना बनाएको थिएँ। तर जब उनीहरूले रावण र जटायुबिचको जटायु युद्ध दृश्य देखाए, म निकै भावुक भएँ। मैले ‘म यसका लागि तयार छैन’ भनेँ। त्यसपछि म भोलिपल्ट फर्किएँ,” अनुपमले सम्झिए।
७१ वर्षीय अनुपमले सामान्य फिल्ममा कुनै दृश्यको डबिङ गर्न आफूलाई प्रायः २० मिनेटभन्दा बढी समय नलाग्ने बताए। तर जटायुको पात्रका लागि भने फरक तयारी आवश्यक परेको उनको भनाइ छ।
जटायुका १० देखि १२ वटा संवाद भए पनि ती संवादमा रहेको भावनालाई बुझ्न उनले पर्याप्त समय लिए। विशेषगरी जटायु र भगवान् रामबिचको अन्तिम भावनात्मक दृश्यका लागि आफूले पात्रको मनोभाव बुझ्नुपर्ने उनले बताए।
निर्देशक नितेश तिवारीले हालै एक अन्तर्वार्तामा रावण र जटायुबिचको युद्ध दृश्य तयार गर्न प्रारम्भिक योजनादेखि अन्तिम स्वरूप दिनसम्म साढे ६ वर्ष लागेको खुलासा गरेका छन्।
उनका अनुसार रावणको पुष्पक विमानको डिजाइनलाई अन्तिम रूप दिन मात्रै करिब दुई वर्ष लागेको थियो। त्यसका लागि टोलीले ४० देखि ५० वटा डिजाइनमा काम गरेको थियो।
सुरुमा तयार गरिएको पुष्पक विमानको डिजाइनअनुसार युद्ध दृश्यको कोरियोग्राफी गरिएको थियो। तर पछि विमानको डिजाइन परिवर्तन भएपछि युद्ध दृश्यका विभिन्न भागसमेत पुनः तयार गर्नुपरेको थियो।
नितेश तिवारीको निर्देशनमा बनेको यस दुई भागको फिल्मलाई नमित मल्होत्राले निर्माण गरेका हुन्। फिल्मको दोस्रो भाग सन् २०२८ मा प्रदर्शन गर्ने तयारी गरिएको छ।