गायिका ज्ञानु राणालाई कसैले नबुझेपछि...
२१ असोज २०८२
•
३ मिनेट पाठ
गायिका ज्ञानु राणालाई कसैले नबुझेपछि...
नेपाली आधुनिक संगीतको इतिहासमा अमिट छाप छाडेकी ७५ वर्षीया वरिष्ठ गायिका ज्ञानु राणाले सयौं कालजयी गीत गाएकी छन्, तर उनलाई ती गीतमध्ये सबैभन्दा बढी मन पर्छ, ‘कसैले बुझेन मेरो मनको बहलाई।’ यही गीत आफूले गाएका सयौं गीतमध्ये सबैभन्दा धेरै मनपर्ने गीत हो भन्दै उनले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा यही गीत गाएर सबैलाई सुनाइन्। 




नेवा: साधना कला केन्द्र काठमाडौं नेपालले सोमबार राजधानीमा विजया दशमी २०८२ का अवसरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रमकी प्रमुख अतिथि राणाले आफूले गाएका दर्जन गीत कार्यक्रममा सुनाएकी थिइन्। ‘मान्छेको माया यहाँ’, ‘खोलाको पानी जस्तै’, ‘शिरिमा शिरी नि कान्छा बतास चल्यो’ लगायतका आफ्ना सदाबहार गीत गाएकी थिइन्।  कार्यक्रम एक हिसाबले उनको एकल साँझजस्तै थियो।  

राणाले नारायण गोपाल, गोपाल योञ्जन, प्रेमध्वज प्रधान, अरुणा लामा, भक्तराज आचार्य, कुमार बस्नेतजस्ता कलाकारसँग सहकार्य गरेकी छन्। ती दिनलाई नेपाली आधुनिक संगीतको सुनौलो युगका रूपमा चिनिन्छ भन्छिन् उनी। राणाको स्वरले आधुनिक गीतलाई स्तरीयता र आत्मीयता प्रदान गरेको थियो।  साँचो अर्थमा राणा नेपाली आधुनिक गीतकी जीवित किंवदन्ती हुन्।  

बुढेसकालका कारण धेरैजसो गीत बसेरै गाएको त्यो कार्यक्रममा सहभागी विभिन्न गायकगायिकाले उनैद्वारा गाइएका गीतहरू गाएका थिए।  उनी आफूले गाएका गीतहरू अरुको आवाजबाट प्रत्यक्ष सुन्दा मन्त्रमुग्ध देखिरहेकी थिइन्।  ‘ज्ञानु राणा दिदी वास्तवमा नेपालकी लतामंगेशकर हुन्’, कार्यक्रम आयोजक नेवा: साधना कला केन्द्रका अध्यक्ष सुन्दरमान श्रेष्ठले कार्यक्रममा भने।  

कार्यक्रममा वरिष्ठ रेडियोकर्मी कुसुम बज्राचार्यले गायिका राणा अहिलेका सबैजना गायकगायिकाको शिक्षिका रहेको स्मरण गरिन्।  मैले रेडियो नेपालमा स्वर परीक्षण गराउँदा उहाँ नै निर्णायकमा रहनुभएको थियो, उनले नजिकै रहेकी गायिका राणासमक्ष नतमस्तक हुँदै भनिन्, ‘मेरो मात्रै होइन, म जस्ता सयौंका उहाँ गुरुआमा हुनुहुन्छ।’

रेडियो नेपालको प्रारम्भिक समयमै आफ्नो गायन यात्रा सुरु गरेकी राणाले आफ्नो मधुर स्वर, सरल प्रस्तुति र भावनात्मक गायनका कारण छोटो समयमै श्रोतामाझ लोकप्रियता कमाएकी थिइन्।  उनको स्वरले २०१० र २०२० को दशकमा नेपाली संगीतलाई नयाँ पहिचान दिलाएको थियो।  गायिका राणाका धेरै गीत आज पनि नेपालीका मनमनमा गुन्जिरहेको छ।  उनका गीतमा भावनात्मक गहिराइ, प्रेम र नेपालीपन अभिव्यक्त भएको पाइन्छ। 

‘आज पनि नेपाली संगीतप्रेमीका मनमा समानरूपमा प्रिय र सम्मानित नाम हुन् ज्ञानु राणा’, गायिका शुद्धलक्ष्मी श्रेष्ठले भनिन्।  उनका अनुसार दशकौंदेखि नेपाली संगीतको सेवा र समर्पणमा सक्रिय राणालाई नेपाली आधुनिक गीतकी जीवित किंवदन्तीका रूपमा चिनिन्छ अहिले पनि। लामो समयसम्म नेपाली संगीत क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी राणाले संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप विभिन्न पुरस्कार र सम्मान प्राप्त गरेकी छिन्।  

तीमध्ये रेडियो नेपाल सम्मान, लोक तथा आधुनिक संगीत प्रज्ञा पुरस्कार र जीवन उपलब्धि सम्मान प्रमुख छन्।  ‘संगीतसँगै ज्ञानु राणाको विनम्र र सरल व्यक्तित्वले पनि उनी सबै पुस्ताका कलाकार र श्रोतामाझ प्रिय हुन पुगेकी छन्। उनको गायनमा केवल सुर र ताल मात्र होइन, एउटा आत्मीयता र नेपाली मनको भावना प्रकट हुन्छ’, कार्यक्रममा उनका गीत गाएका गायकगायिकाले भने। 

आज पनि उनका गीतहरू रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा निरन्तर गुञ्जिरहेका छन्।  नयाँ पुस्ताका कलाकारले उनलाई नेपाली संगीतको प्रेरणाको प्रतीकका रूपमा लिन्छन्। वरिष्ठ गायिका राणाको संगीत यात्रा केवल व्यक्तिगत उपलब्धिको कथा होइन, यो नेपाली आधुनिक संगीतको इतिहासकै गौरवपूर्ण अध्याय हो, जसले नेपालीपन, प्रेम र भावना सबैलाई एउटै स्वरमा बाँधिदिएको छ।  कार्यक्रमको अन्त्यमा राणाले सबै श्रोतासमक्ष भनिन्, ‘नमरुञ्जेल गीत गाइरहन्छु। ’

कार्यक्रमका क्रममा आयोजक नेवा: साधना कला केन्द्रले तीन महिनाभित्रै ज्ञानु राणा एकल साँझ कार्यक्रम राख्ने निर्णय गर्‍यो।  यसका लागि नेवा कला केन्द्रले गायिका राणासँग अनुमति लिएको थियो। 
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
२१ मिनेट अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस