उम्मेदवार
०२ जेष्ठ २०८३
•
२ मिनेट पाठ
उम्मेदवार
कस्तो के ! यी मान्छेका रीतिथिति देखेर दिक्क लाग्छ। कन्सिरी तातेर आउँछ भन्या ! सक्रिनाले मनकाे तिताे पाेखिन्।




किन,के भाे र त्यस्तो ! चलिआएको रीतिरिवाज नै तिताे लाग्ने ? अकुरले साेधे।

हेर न, बिहे गर, बिहे गर भनेर बाआमा, हजुरबाआमा हुँदाहुँदा अब त नातागोता धेरैको कुरा गर्ने विषय नै बिहे अनि लाग्दैन त दिक्क ? सक्रिनाले समस्या देखाइन्।

गरिदेन त बिहे ,उमेर भयाे, गर्नुपर्नेछ, यसमा दिक्क मानेर अभिभावककाे मन किन कुँड्याउने ? अकुरले सहज ठाने।

अँ, अब तँ पनि त्यै भन्, बिहे गर्न त्यति सजिलो छ, भनेजस्तो उमेदवार चाहएन ? यत्तिकै हुन्छ बिहे, भन्दाबित्तिकै ? सक्रिना झर्किन्।

के त तैंले अहिलेसम्म खाेजेकी छैनस् आफ्नो उमेदवार ? आफै व्यवस्था मिलाउनुपर्दैन त ! अकुरले आफ्नो काम आफै गर भने। हाे, त्यति सजिलो छ नि, देखेको छैनस् आज बिहे भाेलिदेखि अदालत ! साँच्चै भन्ने हाे भने त मलाई गर्नै मन छैन । त्यसाे नहाेस् भनेर त आफैँ खाेजेर गरिहाल भन्या नि ! गर्दै नगर्न त सम्भव नहाेला नि । अकुरले प्रस्ट्याउन खाेजे।

हेर् न प्रत्येक परिवारमा कलह, साँझ बिहानै भाँडभैलाे ! नजिकैको आफन्त रे श्रीमान् श्रीमती रातदिन झगडा देखेर वाक्क भाकी नि। सक्रिनाले वैवाहिक सम्बन्धकाे बेथिति काेट्याइन्। हँ, केके साेचेकी ! हुन त हाे तर नभई नहुने सम्बन्ध पनि बिहे नै हाे नि। हेर् त अहिले पाे ठिकै छ पछि बुढेसकालमा साथ चाहिएन ? अकुरले विवाह जीवनकाे आवश्यकता हाे भने । कुराे त ठिक हाे तर अनिवार्य जस्तो बिहेको सम्बन्धमा यस्तो दरार किन केका लागि ? समझदारी पटक्कै देखिँदैन । लाेग्नेस्वास्नीकाे कलहले छाेराछाेरीकाे भविष्यकाे दियाे निभाइदिने ? कस्तो चाल नपाका ?

हाम्रो मुर्ख्याइँले परिवार र समाज समेत पीडित बनेको यथार्थ ! सक्रिनाले सामन्य ठानिएको तर जीवनमा गम्भीर असर पारिरहेको तर्क दिइन्। ओहाे ! याे त जति काेट्यायाे उति जटिल ! यति धेरै नसाेच, हुँदै जान्छ टर्दै गर्छ । मलाई त आमाले भन्नुभाथ्याे माथिबाटै जाेडी बनाइदिएको हुन्छ। त्यहाँ बनेको जाेडी यहाँ मिल्ने हाे, जुरेकाे पाइन्छ, नजुरेकाे बल गरेर पाइँदैन । अकुरले आमाको सन्दर्भ जाेडेर भाग्यवादी तर्क दिए। ए, है ! उसाे भए त माथि पनि हेराफेरी ! नक्कली र सक्कली व्यवसाय चल्दाे रहेछ हाे ? सक्रिनाले बेथिति ईश्वरकहाँ झन् धेरै हुनेरहेछ कि क्या हाे ! शङ्काकाे सुविधा लिइन्।
अर्को समाचार
महेशको सुझाव: यस पटक रैथाने उम्मेदवार हाई हाई, घुमन्ते उम्मेदवार बाई बाई गर्नुस्
१६ माघ २०८२
•
१ मिनेट पाठ
महेशको सुझाव: यस पटक रैथाने उम्मेदवार हाई हाई, घुमन्ते उम्मेदवार बाई बाई गर्नुस्
नेकपा एमालेका सचिव महेश बस्नेतले देशैभरका आम मतदातासँग घुमन्ते उम्मेदवारलाई बाई बाई गर्न आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले यस्तो आग्रह गरेका हुन्। 




‘म झापालगायतका देशभरिका मतदातालाई भन्न चाहन्छु,’ बस्नेतले भने, ‘यसपालि घुमन्ते उम्मेदवार बाई बाई, रैथाने उम्मेदवार हाई हाई, नेकपा एमाले जिन्दाबाद, घुमन्ते उम्मेदवार मुर्दावाद यो नारा तपाईँले लगाउनुपर्नेछ ।’ 
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
यो पनि पढौँ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस