दुई दशक अगाडी प्रदर्शनमा आएको भोला रिजालको निर्देशनमा रहेको चलचित्र गौंथली पुनः नयाँ कथा तथा कलाकार लिएर तिनै निर्देशकको छोरा कपिल रिजाल लिएर आउने भएका छन्। उक्त चलचित्रमा मुख्य कलाकारको रूपमा सिम्रन खड्का र अरुण क्षेत्रीको रहेको छ।
सिम्रन भने चलचित्रमा पहिलो पटक मुख्य भूमिकामा देखिने भएकी छन्। यस अघि उनी सह पात्रमा चलचित्रमा काम गर्दै आएकी थिइन्।
चलचित्रलाई लिएर अरुण र सिम्रनसँग गरिएको केही छोटो कुराकानीको सम्पादित अंश:
तपाई अटिजम सिकार व्यक्तिको भूमिकामा चलचित्रमा देखिनु भएको छ, अटिजमको बारेमा के कतिको अनुसन्धान गर्नु भयो नि?
यो चलचित्रमा मेरो भूमिका माइल अटिजमको हो। अटिजम पनि धेरै प्रकारका हुन्छन्। माइल अटिजम हेर्दा सामान्य देखिने तर हिडढुल गर्दा, बोल्दा वा सोच्दा फरक हुने गर्दछ। त्यस्तो व्यक्तिलाई शारीरिक रूपमा कसैको सहयोग चाहिँदैन। आफ्नो दैनिकी गर्न सक्ने हुन्छन्। त्यस्तो अवस्थालाई माइल अटिजममा भनिन्छ।
यसको अनुसन्धान काहाबाट गर्नु भयो?
यसको अनुसन्धान चाहिँ मैले जाउलाखेल स्थित फिनिक्स स्कूूलबाट गरेको हो। त्यहाँ अटिजमको सिकार बच्चा देखी ठुलो मान्छेसम्मलाई मैले त्यहाँ भेटेर समय बिताए। अनुसन्धान गर्ने क्रममा म झणै प्रस्ट भए। उक्त अनुसन्धानले मलाई ठुलेको पात्रलाई पार्दामा उर्तान सहज भयो।
ठुलेको पात्रलाई निर्वाह गर्न मानसिक रूपमा कतिको चुनौतीपूर्ण रह्यो?
यसको सब भन्दा ठुलो चुनौती नै ठुलेको मानसिकतालाई बुझ्नु पर्ने थियो। किनकि नबुझी निर्वाह गर्ने बित्तिकै अरूको भावनालाई खेलेको जस्तो हुन्छ। ठुलेको पात्र निभाउन गाह्रो नै थियो हाम्रो चलचित्रको छायांकन ३५,४० दिन सम्म भयो यो पात्रको मानसिकता बुझ्न वा अपनाउन गाह्रो नै थियो।
सिम्रन खड्कालाई प्रश्न पहिलो पटक मुख्य भूमिकामा रहँदा कस्तो महसुस भइरहेको छ?
छायांकनको पहिलो दिन देखी नै म यो भूमिकालाई लिएर एकदमै उत्साहित छु। मैले धेरै कुरा सिक्न पाए यहाँबाट।
चलचित्रमा आठ कक्षासम्म पढ्नु भएको छ, वास्तविक जीवनमा कहाँ सम्म पुग्यो पठाइ?
मेरो स्नानतह सकी सक्यो।
यसअघि तपाईँको बुझाई कस्तो थियो अटिजमबारे?
मलाई राम्रोसँग थाह थिएन यसबारे, मैले जहाँसम्म सुनेको थिए अटिजम भएका व्यक्तिहरूको उमेर ठुलो भए पनि मानसिक रूपमा बच्चाकै व्यवहार हुने गर्दछ। मलाई यति मात्र थाह थियो तर चलचित्र मार्फत यसको तीन प्रकार हुन्छ जस्ता अन्य विभिन्न कुरा मैले थाह पाए।
गौंथलीले के कस्तो खालको सन्देश दिन्छ दर्शकलाई?
गौंथली सन्देशमूलक नै छ। किन भने पहिलाको समाजमा छोरी मान्छेले भोगेका कष्टलाई पर्दामा उतारिएको छ। पहिलाको महिला शिक्षालाई चित्रण गरिएको छ। जहाँ छोरीलाई किन स्कुल पठाउनेबाट छोरा छोरी दुवैलाई उत्तिकै पठाउनु पर्छ सम्म भन्ने सन्देश दिन खोजीएको छ। अटिजम बिरामीलाई सामान्य सरह व्यवहार गर्नु पर्छ भन्ने यसमा हामीले देखाउन खोजेका छौँ।