नेपाली गीत, कविता र संस्कृतिका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका टीका चाम्लिङ खोटाङमा जन्मिएका स्थापित गीतकार, कवि र संस्कृतिकर्मी हुन्।
तीन वर्षदेखि क्यान्सरले थलिएका उनकाे मंसिर ५ गते राति १ बजेतिर ५३ वर्षको उमेरमा निधन भएको हाे। यसअघि क्यान्सरबाट बँचेकाे उनकाे पछिल्लो पटक शरीरको अर्को भागमा क्यान्सर देखापरेको थियाे र काठमाडौंस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेकाे थियाे।
उनको वास्तविक नाम टीकाराम राई हो। उनी दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–१३, नुनथला, खाम्लामा २०३० माघ ४ गते जन्मिएका हुन्। गीत, कविता, गीतिकाव्य तथा यात्रासंस्मरण लागेका उनका दुई सयभन्दा बढी गीत विभिन्न गायक–गायिकाको स्वरमा रेकर्ड भएका छन्। काठमाडौँमा बसोबास गर्दै आएका चाम्लिङका श्रीमती र एक छोरा छन्।
गीतसंगीतकाे क्षेत्रमा उनका केही कृतिमा सधैंभरि (गीतिअडियो, २०५८), राखौँ सम्झना (लोकजुहारी शब्द सङ्कलन,२०५९), सोमबारे हाटैमा (लोकजुहारी शब्द सङ्कलन,२०५९) मा छन्। त्यस्तै उनकाे सपनाको रङ (२०६०), समयको रङ (२०६४), जूनको बस्ती (२०६८) र मुन्दुम र मालिङ्गो (२०७१) गीतिसंग्रह तथा बागी कविता (२०८०) लगायतका कृति प्रकाशित छन्।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको प्रतिभा पुरस्कार (२०७३), खेमराज गुरुङ प्रतिभा पुरस्कार (२०८१), कोशी प्रदेश सरकारको प्रदेश भाषा, साहित्य, कला तथा संस्कृति सम्मान २०७८ जस्ता विविध सम्मानबाट उनी सम्मानित छन्।
कवि तथा गीतकारका रूपमा सम्मानित उनी रेडियो नेपालबाट आयोजित राष्ट्रव्यापी आधुनिक संगीत सम्मेलनमा प्रथम भएका उनी दर्जनभन्दा धेरै संस्थाबाट पुरस्कृत भएको पाइन्छ।
नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको प्राज्ञसभा सदस्य, गीतकार संघ नेपालका सदस्य, साहित्य, गीतसङ्गीत, लोकसंस्कृति तथा मुन्दुमसम्बन्धी खोज र अनुसन्धानमा सक्रिय थिए।
सैहँमा, मरिलानु के छ र, बाटैमा घामजुन, सधैँभरि, जाउँ सङ्गी गाउँघरैमा, आलु तामाले उनका लाेकप्रिय गीत हुन्।
नेपाली गीतिसाहित्यका क्षेत्रमा लामो समयदेखि क्रियाशील उनी गीत लेखनसँगै गीतिकाव्य, कविता र लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उनको योगदान छ। उनका प्रकाशित कृति र प्राप्त सम्मानले नेपाली साहित्य तथा सङ्गीत क्षेत्रमा उनको सिर्जनात्मक यात्रालाई परिचित गराउँछन्।
रावासावा प्राज्ञिक समाज नेपालका पूर्व अध्यक्ष लाेकप्रिय गीतकार चाम्लिङ राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, नेपाल वाङ्मय परिषद्, नेपाल प्राज्ञिक अनुसन्धान केन्द्र जस्ता दर्जनाैं संस्थामा संलग्न थिए।
संगीत तथा नाट्य प्राङ्गणमा १० बजे श्रद्धाञ्जली सभापछि उनकाे शव खोटाङ लाने तयारी भइरहेकाे पारिवारिक स्राेतले जनाएकाे छ।