डायस्पोरा
०६ असार २०८३
•
१ मिनेट पाठ
डायस्पोरा
प्रवासमा घरवासमाझैँ बिलकुल सजिलो भन्ने नै  हुँदैन। घन्टौं घन्टा कर्म क्षेत्रमा निरन्तर तोकिएको समय सीमासम्म नै अनिवार्य रूपमा श्रम गर्नैपर्ने हुन्छ। त्यसपछि बाँचेको समयमा पकाउने, खाने र लुगाकपडा धुने, सुत्ने साथै अनलाइनमा नै भए पनि घरपरिवार, नातागोताहरूसँग कुराकानी गर्नुपर्ने हुन्छ।




यो प्रवासी श्रमजीवी धेरै नेपाली श्रमिकको बाध्यता भनौं  दिनचर्या नै हो। तैपनि मान्छेमा एक प्रकारको हुटहुटी र चाहना हुँदा भने थकान, कोलाहल र भौगोलिक दूरीले पनि नरोक्ने रहेछ।

यसैको उदाहरण एक हुन रन्जित! जो दिनभर प्रवासमा सधैं घन्टौं काममा खटिने गर्छन्। केही समय साहित्य साधनामा नै लगाउने गर्थ्याे।

यसैले देशमा नै केही गरौं भन्दा भन्दै पनि अभाव र गरिबीले च्यापेपछि बाध्य बनेर प्रवासमा नै आफ्नो  जीवनको  उर्वर जवानी सहित पसिना खर्चिनु परेको नमिठो पीडाले कताकता नपोल्ने हैन! तैपनि बाध्यताको अघि आफैँ घुँडा टेक्न बाध्य हुनु परेको छ। तैपनि भर्चुअल अनलाइनको रूपमा भए पनि साहित्यिक कर्ममा भ्याएसम्म जोडिने गर्छन्।

आज पनि एलिनाले भर्चुअल माध्यमबाट नै साहित्यिक कार्यक्रम प्रस्तोताकाे भूमिका निर्वाह गर्दै थिइन्। साहित्यिक कार्यक्रम भएको हुनाले रन्जितले पनि प्रतिक्रिया पोस्ट गर्यो।

एलिनाले स्क्रिनमा देखिएका सबै कमेन्ट पढेर नै प्रतिक्रियासहित स्वागत गरिन् तर रन्जितको प्रतिक्रियालाई नामै लिइनँ।

आडैमा बसेको साथीले सोध्यो: खै त तिम्रो नाम नै आएन त?

रन्जितले स्वास तान्दै भन्यो: डायस्पोरा भनी विभेद गर्या होला!

साथीले जवाफ सुनेर अरू थप सोध्ने इच्छा र हिम्मत राखेनन्।
अर्को समाचार
बजगाईंको ‘डायस्पोरा र सपना’ बजारमा
२७ फागुन २०८२
•
१ मिनेट पाठ
बजगाईंको ‘डायस्पोरा र सपना’ बजारमा
डायस्पोराका सक्रिय साहित्यकार कृष्ण बजगाईंको ‘डायस्पोरा र सपना’ कवितासङ्ग्रह बजारमा आएको छ। विसं २०४१ सालमा पत्रिकामा कविता प्रकाशित गरेर औपचारिक रूपमा साहित्य लेखनमा सक्रिय बजगाईंका कविता, हाइकु, नियात्रा, कथा, लघुकथा र बालसाहित्यका ३३ साहित्यिक कृति प्रकाशित भएका छन्।




यस ‘डायस्पोरा र सपना’ कवितासङ्ग्रहका कवितामा जन्मभूमिप्रतिको मोह, परदेशी जीवनको यथार्थता, एक्लोपना, आशा, सपना र बेलाबखतका निराशाका स्वरहरू मिसिएका छन्।

डायस्पोरा स्थान मात्र होइन, अवस्था पनि हो - जहाँ शरीर कर्मभूमिमा हुन्छ र मन जन्मभूमिको सम्झनामा बाँचिरहेको हुन्छ। त्यस्तो अवस्थामा सपना जन्मिन्छन् - जन्मभूमि फर्किने सपना, कर्मभूमिमा बसिरहने सपना र घरपरिवारको भविष्य उज्ज्वल बनाउने सपना। यस्तै काव्यिक सपनाहरुको सङ्ग्रह हो डायस्पोरा र सपना।

‘आप्रवासी नेपाली कवितामा अलङ्कारविधान’ विषयमा विद्यावारिधि गरेका डा. पुरण राई मन्तव्यमा लेख्छन्, “कवि कृष्ण बजगाईंको ‘डायस्पोरा र सपना’ डायस्पोरिक कविताहरू मात्र सङ्गृहीत भएको पहिलो कवितासङ्ग्रह हो।”

लामो समयदेखि विदेशमा बसेर नेपाली भाषा साहित्यको उन्नयनमा क्रियाशील बजगाईं समकालीन साहित्य प्रतिष्ठान बेलायतकको संस्थापक अध्यक्ष हुन्। उनले सन् २००७ देखि ‘समकालीन साहित्य डट कम’ अनलाइन साहित्यिक पत्रिका र सन् २०१७ देखि नेपाली भाषा साहित्यको अनुसन्धानमूलक अन्तर्राष्ट्रिय जर्नल ‘प्रवासन’ सम्पादन गरिरहेका छन्।

भुँडीपुराण प्रकाशन काठमाडौंबाट प्रकाशित ‘डायस्पोरा र सपना’ कवितासङ्ग्रको मूल्य १९० रूपैयाँ छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस