वसन्त निरौला निर्देशित चलचित्र ‘पाँच पाण्डव’ कार्तिक २० देखि सिनेमाघरमा प्रदर्शनरत छ। तर यसले सोचे जस्तो भने कमाउन सकेको देखिदैन्। कारण विभिन्न भएतापनि शो संख्या र कलेक्सन राम्रो देखिएको छैन्। जसले निर्मातालाई निराश बनाएको छ।
चलचित्र अपेक्षित कलेक्सन गर्न नसकेपछि निर्देशकले यसलाई अन्त्य नभएर सशक्त सुरुवाद रहेको उल्लेख गरेका छन्। निरौलाले सामाजिक सञ्जालमा लेखे–‘यो अन्त्य होइन, अझ सशक्त सुरुवात हो।यात्रा अझै बाँकी छ।
‘पाँच पाण्डव’ केवल एउटा चलचित्र थिएन,यो महिनौँको अथाह मेहनत,अनगिन्ती सपना,संघर्ष,त्याग र समर्पणको प्रतिफल थियो।एउटा सिर्जना जन्माउन कति पसिना बग्छ,कति रात निद्रा हराउँछ र कति सपना गाँसिएका हुन्छन् भन्ने कुरा त्यसको पछाडि उभिनेले मात्र महसुस गर्न सक्छ।’
आलोचनालाई सकारात्मक रुपमा लिदै, सिर्जना नहेरी, वास्तविकता नबुझी र सत्यतथ्य नकेलाई गरिने आरोप लगाउनु गलत रहेको उल्लेख गर्दै उनले थपे– ‘कुनै पनि सिर्जनामाथि आलोचना हुनु स्वाभाविक हो। आलोचनाले नै सुधारको बाटो देखाउँछ।तर सिर्जना नहेरी, वास्तविकता नबुझी र सत्यतथ्य नकेलाई गरिने आरोप तथा टिप्पणीले एउटा सम्पूर्ण टिमको मेहनत मात्र होइन,जो कोहीको मनोबल र सिर्जनशीलतामाथि पनि चोट पुर्याउँछ।असहमति राख्ने अधिकार सबैलाई छ,तर कसैको वर्षौँको सपना र महिनौँको मिहिनेतलाई क्षणभरको पूर्वाग्रहले तौलिनु न्यायसंगत हुँदैन।’
उनको अनुसार–‘आज मन दुखेको छ,तर हिम्मत टुटेको छैन।परिस्थिति प्रतिकूल बनेको छ, तर सिर्जनाप्रतिको विश्वास कमजोर भएको छैन। एउटा चलचित्रको यात्रा कठिन मोडमा पुग्दैमा जो कोहीको यात्रा समाप्त हुँदैन। बरु यस्ता पीडाले अझ परिपक्व बन्न, अझ बलियो भएर उभिन र अझ उत्कृष्ट सिर्जना गर्न प्रेरित गर्छन्।
समयले हरेक कुराको जवाफ दिनेछ। आजका आरोप, आलोचना र निराशाभन्दा माथि उठेर भोलि आफ्नो काममार्फत जवाफ दिने साहस अझै जीवित छ।
यो यात्रामा साथ दिने दर्शक,शुभचिन्तक,परिवार,साथीभाइ र सम्पूर्ण टिमप्रति हृदयदेखि आभार। तपाईंहरूको विश्वास र माया नै कठिन समयमा अघि बढ्ने सबैभन्दा ठूलो शक्ति हो।’
‘सिर्जना रोकिन सक्छ, प्रदर्शन रोकिन सक्छ,एउटा यात्रा अवरुद्ध हुन सक्छ, तर साँचो सिर्जनशीलता र सपना कहिल्यै रोकिन्न।
त्यसैले भन्न चाहन्छु यो पूर्णविराम होइन,एउटा कठिन अल्पविराम मात्र हो।यात्रा अझै बाँकी छ, सपना अझै जीवित छन् र संघर्ष गर्ने साहस अझै बाँकी छ।’ उनले लेखेका छन्।
चलचित्र ‘पाँच पाण्डव’ को कुरा गर्ने हो भने यो चलचित्र प्रदर्शन पूर्व नै अनेक विवादमा परेका थियो। जसकारण सामाजिक सञ्जालमा यसको बहिस्कार अभियान समेत चलाइएको थियो। धार्मिक अभियन्ताकहरुको अनेक आरोप यो चलचित्र प्रति लागेको थियो।