नाटक
१४ वैशाख २०८३
•
५ मिनेट पाठ
नाटक
१) महाजात्रा




"ए होहो सबैलाई हो!

म्यासेजको जवाफ फर्कियो। "सबैलाई ग्रुपमा सूचना गरिदिनु।" प्रधानाध्यापकले कक्षा शिक्षकलाई म्यासेजरमा आदेश गर्नुभयो।

बिदाको टुङ्गो नलागी शिक्षकहरू भर्खरै मात्र घर फर्केका थिए। घर पुगेका सबै कक्षा शिक्षकले प्रधानाध्यापकले भनेअनुसार कक्षागत मेसेन्जरमा भोलि विद्यालय बिदा भनेर सूचना राखिदिए। प्रदेशको बिदासम्बन्धी आधिकारिक सूचना पनि त्यसैमा राखियो।

विद्यार्थी मक्ख, शिक्षक दङ्ग। भोलिका रसिला योजना बन्न थाले।

एक घण्टापछि विद्यालयको म्यासेन्जर ग्रुपमा ट्वाङ्ङ नोटिफिकेसन बज्यो। लेखिएको थियो, "ए होइन होइन बिदा होइन रहेछ, अरू सबै अफिस बिदा रे! विद्यालयमाचाहिँ बिदा छैन रे। पढाइ हुन्छ भनेर सबै विद्यार्थीलाई खबर गरिदिनु है। प्रमाणका लागि पालिकाको सूचना म्यासेन्जरका भित्तामा टाँसिएको थियो।

प्रधानाध्यपकको आज्ञाको पालन भयो। सबै कक्षा शिक्षकले फेरि फटाफट म्यासेन्जरमा बिदा नभएको सूचना सम्प्रेषण गरे।

कुनै प्रदेशले कुनै भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको सन्दर्भमा प्रदेशमा सार्वजनिक बिदाको घोषणा गरेको थियो।

सबैका योजना चकनाचुर भए। बिदाको पक्षविपक्षमा धारणाहरू आउन थाले, शिक्षकमाथि न्यायअन्याय र विभेदका बहसले सामाजिक सञ्जाल मजाले तात्यो।

केही घण्टापछि फेरि नोटिफिकेसनको टुङटुङ आवाजले झस्कायो। पालिकाको संशोधित सूचना पोस्ट भएको रहेछ। सूचनाको पुछारमा लेखिएको थियो, "लौ फेरि बिदा हुने भयो है, फेरि सबैले विद्यार्थीलाई खवर गरिदिनु, विद्यालय बिदा छ भनेर।"

"उफ् कस्तो कच्चा निर्णय होला घण्टा घण्टामा फेरिने, के गेरेको होला यस्तो!" ग्रुपमा म्यासेज लेखेर हैरान भएकी श्रीमती चर्किइन्।

आफ्नी श्रीमतीको तनाव देखेर श्रीमानले सम्झाउँदै भने, "कक्षा शिक्षकज्यू, महाजात्रा भनेको यही हो!"

२) अस्तित्व'

"तिमी मभन्दा पछि मरेको पहिले बाँच्यौ तर म तिमीभन्दा धेरै पछि मरेको कहिले बाँच्छु होला?" मरेका र बाँचेका दुईजना कुराकानी गर्दै थिए।

"त्यही त तिमी समयको पालक थियौ। कुनै समय त्यस्तो थियो तिमीबिना कामकाजै चलाउन गाह्राे थियो। सहरवासीलाई दैनिक जगाउने तिमी नै थियौ!" बाँचेकोले भन्यो।

मरेकोले थप्यो, "पहिलेका गैहाले, अहिलेकाले मेरो महत्त्व बुझेनन्। अहिले पो म वृद्ध भएँ, जवान छँदा सबै मेरै इसारामा नाच्थे। बाटो हिँड्दा मेरो सौन्दर्यलाई पुलुक्क फर्केर नहेर्ने कोही थिएन।"

"हो त समयसमयमा समिप बसेर तिम्रो गर्जन सुन्ने बानी परेको म, आजभोलि मेरा कान तिम्रा प्यासी बनेका छन्, तिमीलाई खोजिरहेका छन्।" बाँचेकाले उसको अभाव दर्शायो र थप्यो, "म जिउँदो छँदा मानिसहरूले मलाई हत्याराको समेत लाञ्छना लगाउन समेत पछि परेनन् तिमीलाई थाहा नै छ।"

"हो नि त्यस कुराको साक्षी म छु नि। दिनरात तिम्रै छेउमा म ठिङ्ग उभिइरहेको हुन्थेँ। मान्छेहरू आफ्ना विभिन्न व्यक्तिगत व्यथा बोकेर आउँथे, झ्वाम्म हामफालेर मर्थे, बेकारमा अपजस तिमीलाई आउँथ्यो।

मृतकले अनुरोध गर्‍याे, "लौन तिमीलाई जसले बिउँतायो उसलाई मलाई पनि पुनर्जीवित गर्न भनिदेऊ न। म त्यही आशामा बसेको छु।

रूँदै घण्टाघरले रानीपोखरीलाई भन्यो, यदि म बाचेँ भने अझै धेरै वर्ष निरन्तर सेवा दिने थिएँ!" 

३) नाटक

सुटटाई लगाएका सुकिला मान्छेहरू हलभित्र पसे। तारे होटलको सभाहल क्षणभरमै भरियो।

हकअधिकारका कुरा भए। उनीहरूलाई माथि ल्याउने कुरा भयो। अधिकार बाँडने कुरा भए। पहुँच बढाउने विचार बाँडियो। कार्यपत्र प्रस्तुत भयो। टिप्पणीकारले टिप्पणी गरे। दर्शकले ताली पड्काए। कसैले मोटा कसैले दुब्ला खाम बुझे। सबै प्रफुल्ल देखिए। कार्यक्रम सकियो। खानपान सुरू भयो। फिला र कवाफ मज्जाले चपाए। विदेशी ब्रान्डीको खोलो बग्यो।

डोरीमा झुण्डिएर होटलको रङ्गरोगन गर्दै गरेका एक मजदुरले झ्यालबाट उक्त दृष्य देखे। भोकतिर्खाले प्याकप्याक परेका उनले घुटुक्क थुक निल्दै आफू जस्तै हावामा उड्दै गरेका आफ्ना साथीलाई देखाए, "ऊ हेर त, यहाँ त हाम्रै दिवस पो मनाएको रहेछ!"

४) ज्याद्रो

"तपाईं चुरोट पिउदै हुनुहुन्छ? समय अगावै मर्दै हुनुहुन्छ! तपाई खरानी बन्दै हुनुहुन्छ!"  उसले हेर्‍याे।

टेलिभिजनमा धूमपानविरूद्ध ठाडो विज्ञापन आइरहेको थियो। उसलाई पनि थाहा थियो ऊ सकिँदै छ, किनकि उसका मुखमा लाखौँ चुरोटका ठुटा पसिसकेका थिए। ऊ जीर्ण  भैसकेको थियो।

चुरोटकै क्यान्सरले उसको  पितालाई पनि खर्लप्प निलेको थियो। ऊ बारम्बार अब चुरोट खान्न भन्थ्यो तर चुरोट उसको जीवन मरणको साथी बनिसकेको थियो।

ऊ जुरूक्क उठ्यो, चुरोटको बट्टा समात्यो। बट्टामा छापिएको क्यान्सर लागेको डरलाग्दो तस्वीर हेर्‍याे।

बट्टाबाट एउटा चुरोट निकाल्यो, ओल्टाईपल्टाई हेर्‍याे। मन थाम्न सकेन।

उसले चुरोट सल्कायो, लामो सर्को तान्यो र हावामा धुवाँ उडायो। कोठाभरि रुमलिएको धुवाँमा उसले आफ्नो सपना खोज्यो।

५) झड्का

"जाने हो ?"

म बाटोमा उभिइरहेको थिएँ। उनको त्यो मृदुल आवाजले मलाई झस्कायो। उनको रूपले मोहित भएछु, सहमति जनाएँ।

उनी अघिअघि लागिन् म पछिपछि लागेँ। उनले होटलको कोठामा पुर्‍याइन्। हामी दुवै एउटै बेडमा बस्यौँ। म सम्मोहित किन भएँ थाहै भएन। सायद उनले अप्सरा भुलाई दिइन्।

उनले भनिन्, "किन लाज मान्नुभएको, शुभकार्यमा किन ढिला? खोल्नुस न!"  म आज्ञाकारी भएँ! म उदाङ्गिएँ।

अनायसै म पनि तरङ्गित भएँ र उनलाई भनेँ, "अब तिमी पनि खोल न त!"

उनले सहमति जनाइन् र एकैक्षणमा आदेशको पालना गरिन्।

जब मैले उनको निर्वस्त्र शरीर देखेँ तब मेरो शरीरका रौं ठाडा भए। तातेको मेरो उमङ्ग खङ्रङ्ग भयो। म बरफ बनेँ। किनकि मैले उनको शरीर र मेरो शरीरमा कुनै भिन्नता देखिनँ।

( लघुकथाकार ध्रुवराज थापा ‘पुरुष’ काे ‘सपनाकाे पहाड ’ लघुकथासंग्रहमा सङ्गृहीत)
अर्को समाचार
राष्ट्रिय नाटक महोत्सवमा छ वटा नाटक मञ्चन गरिँदै
३१ भदौ २०८१
•
१ मिनेट पाठ
राष्ट्रिय नाटक महोत्सवमा छ वटा नाटक मञ्चन गरिँदै
वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने भएको छ।




हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आइतबारदेखि आयोजित महोत्सवमा सहभागी हुन देशभरबाट ३२ नाटकले प्रतिस्पर्धा गरेकामा ‘सती कलसा’, ‘घरजम’, ‘निब’, ‘नाच नौवरङ्गी नाच’, ‘लासको खेती’ र ‘सिल्भिया’ मञ्चनका लागि छनोटमा परेका थिए। मञ्चन भोलिसम्म जारी रहने छ।

वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलले वरिष्ठ नाट्यकर्मी रिमालले  मौलिक नाटकको विकासमा महत्त्वपूर्ण योगदान गरेको स्मरण गरे। उनले सञ्चारमाध्यम धेरै नभएको समयमा रिमालद्वारा स्वरवद्ध गीत नेपाली प्रसारणको इतिहाससँग जोडिने बताए। उनले रिमालको सिर्जना अर्काइभमा सङ्ग्रह गर्नुर्ने बताए।

प्रतिष्ठानका सदस्यसचिव सम्राट सापकोटाले नेपाली रङ्गमञ्च विभिन्न कारणले शिथिल हँुदै गएको अहिलेको अवस्थामा महोत्सवले नाट्यकर्मीलाई केही ऊर्जा दिने विश्वास व्यक्त गरे। आगामी दिनमा प्रदेशस्तरीय महोत्सव पनि गरिने जानकारी दिँदै उनले मञ्चलाई सुहाउँदो नाटकमा अभिनय मौलिक, स्वाभाविक र जीवन्त हुनुपर्ने बताए।

महोत्सवमा पहिलो, दोस्रो र तेस्रो हुने समूहलाई क्रमशः रु एक लाख, रु ५० हजार र रु २५ हजार पुरस्कार प्रदान गरिनेछ। वि.सं. २०६५ मा स्थापना गरिएको प्रतिष्ठानले कला साहित्य, सञ्चार र नाटकका क्षेत्रमा योगदान गर्ने स्रष्टालाई हरेक वर्ष सम्मान गर्दै आएको छ। रासस
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस