क्षितिजको दृष्यमा ऊ टोलाइरहेको थियाे। सन्तान, परिवार र आफन्तबाट टाढा भएर एकान्तमा ऊ पिपलको बोट तल थियो। एकाएक बचेरा रुखबाट फ्यात्त उसको काखमा खस्याे।
ऊ झसङ्ङ भयाे र बचेरालाई यसाेउसाे ओल्टाईपल्टाई गर्याे र मुन्टाे उठ्याएर माथितिर हेर्याे।
पिपलकाे बोटबाट चराकाे क्रन्दन आयो। एउटा चरा भुर्र उड्यो र वेग लिएर खै कता पुग्यो फेरि देखिएन। उसले तप्प आँसु खसाल्याे।
उसलाई लाग्यो, ‘ओहो! अब त्यो स्वतन्त्र भयो। सायद त्यो बाबू चरा थियो। यो बच्चा त जिउँदै छ। अब म के गरौँ?’
मनले भन्याे। मैले पनि यसरी नै सन्तान त्याग्नुपर्ने रहेछ।
-राेशन पराजुली