हास्य कलाकार जितु नेपाल (मुन्द्रे) आफ्नो अभिनयमार्पmत टेलिभिजन तथा चलचित्र उद्योगमा फरक पहिचान बनाएका छन्। टेलीसिरियलबाट चलचित्र उद्योगमा प्रवेश गरेका नेपाल हाल चलचित्रमा हास्य कलाकारदेखि शिर्ष पात्रमा चलचित्रमा देखिने गरेका छन्। उनको टेलीसिरियल ‘जिरे खुर्सानी’ मा मुन्द्रेको पात्र त दर्शकमाझ यति लोकप्रिय भयो कि उनलाई आजसम्म पनि मुन्द्रेकै उपनामले दर्शक परिचित छन्। यो भन्दैमा उनी यसबाहेकको पात्रमा नसुहाएका भने पक्कै होइन। ‘दर्पण छाया’, ‘छक्का पञ्जा’ र ‘छ माया छपक्कै’ लगायतका चलचित्रमा उनको निकै रामै काम देखियो।
हाल उनी चलचित्र निर्माणमा हात हालेका छन्। हुन् उनले यस अघि चलचित्रमा लगानी नगरेका त होइन। तर ‘आइ एम जीतबहादुर’ उनको सोलो निर्माण रहेका छ। उनी निर्मित चलचित्र ‘आई एम जीत बहादुर’ सिनेमा घरमा प्रर्दनतर छ। उनीसँग नागरिककर्मीले गरेका केही सम्पादित अंश।
‘आइ एम जीतबहादुर’ तपाईँको जीवनमा आधारित रहेको बताइएको छरु तपाईँले यसलाई कसरी लिनु भएको छरु
पूर्ण रूपमा मेरो जीवनमा आधारित चलचित्र होइन, यो कलाकारको सङ्घर्षको कथा हो। एउटा गाउँबाट सहर सफल हुनका लागि गरिएका सघंर्षको कथा। मान्छेमा यो चलचित्र मेरो बायोपिक हो भन्ने बुझाइ छ। तर यो मेरो मात्र होइन, केही मेरो जीवनमा नी मिल्छ भने केही बाकी कलाकारको जीवनमा मेल खान जान्छ।
तपाईँलाई कसले प्रेरित गर्यो निमार्ण क्षेत्रमा आउनका लागिरु
यो चलचित्र बनाउन मलाई भारतीय बङ्गाली निर्देशक सुभेन्दु घोष जीले प्रेरित गर्नु भएको हो। एउटा अनुभवी निर्देशकले चलचित्र बनाउँदा केही नयाँपन आउँला र केही नयाँ चिज निस्केला भन्ने मेरो बुझाई हो।
भारतीय निर्देशकसँग काम गर्दा कतिको भाषामा समस्या आयो।
उहाँ बाग्ङाली हो तर हिन्दी बोल्नु भयो। हिन्दीमा त हामी नेपाली पोख्त छौँ। हिन्दी नै बढी बोलिन्छ। भाषामा हाम्रो खासै समस्या आएन।
चलचित्रको प्रतिक्रिया कस्तो आइ रहेको छरु
फुटबलको बेला छ जस कारण व्यावसायिक रूपमा एकदमै न्यून छ। यो हामीले स्विकार्नु पर्छ। यद्यपि दर्शकको प्रतिक्रिया राम्रो आइरहेको छ। तर सिनेमा राम्रो हुँदा पनि किन यसले राम्रो व्यापार गरेन भन्ने प्रश्न मेरो मनमा उठेको छ। तथापि हरेक चलचित्रहरूले व्यापारिक सफलता प्राप्त नगरे पनि त्यसको एउटा टेस्ट हो। र त्यो फरक टेस्ट हो एउटा कलाकारको जीवनीमा बनेको सिनेमा हो यो त्यसैले मैलै जे काम गरे मेरो लागि एउटा अनुभव हो आइ एम जीतबहादुर।