गाँउदेखि शहरसम्मको सङ्घर्ष कम, अतिरन्जना बढी ‘आई एम जीत बहादुर’ (HOLD)
१० असार २०८३
•
३ मिनेट पाठ
गाँउदेखि शहरसम्मको सङ्घर्ष कम, अतिरन्जना बढी ‘आई एम जीत बहादुर’ (HOLD)
चलचित्र उद्योग बाहिरबाट हेर्दा जति ‘ग्लामरश’ देखिन्छ, त्यहाँ भित्रको क्रुरुरता, ठगी र शोषण त्यती नै भयावर छ। यो हाम्रो नेपाली चलचित्र उद्योगमा जडा गाड्ने अवस्थामा छ। जहाँ स्थापित कलाकारलाई आफ्नो काम गरेको पारिश्रमिक उठाउन धौधौ परेको हुन्छ। सोच्नुहोस यस्तो वाताबरणमा गाँउबाट चलचित्रमा अभिनय गर्ने सपना बोकेर शहर छिरेका कथाका पात्र जीत बहादुरले कति चुनौतीको सामना गर्नु पर्यो होला। यही विषय वस्तुलाई केन्द्रमा राखेर बनाइएको चलचित्र हो ‘आइ एम जीत बहादुर’। ‘यो कथा जीतु नेपालको मात्र नभएर चलचित्र क्षेत्रमा काम गर्ने सपना बोकेर आएका कलाकारहरुको पनि हो’, जीतुले  स्विकारेका छन्।




चलचित्र ‘आइ एम जीत बहादुर’ नाटक मञ्चदेखि सुरु हुन्छ। जहाँ चलचित्रका मुख्य पात्र जीत बहादुर नाटकलाई नै आफ्नो संसार बनाएका छन। नाटकबाट उनले कुनै आर्थिक लाभ लिन सकेको छैन्। न त उनी अभिनय बाहेक बाकी काम गर्न नै रुचाउन्छ। घरमा ठुली भइरहेकी छोरी ९ज्योती० जसको भविष्यको चिन्ताले परिवारलाई सताइरहेको छ। श्रीमति ९नीति० र उमेर डल्किदै गरेका बुवा ९जनक० जसले परिवारको सबै खर्च आफै एक्लै जोहो गरिरहेका छन्।  

एक दिन जीत बहादुर गाँउमा परिवारलाई छोरेर एक्लै शहर तीर लाग्छन्। चलचित्रमा अभिनयको सपना बोकेका जीत बहादुर जुन व्यक्तिका भरमा शहर पसेका छन्। उनी यो संसार त्यागीसकेको दुई दिन भयो। त्यस पछि सुरु हुन्छ, जीतबहादुरको सङ्घर्ष। उनले चलचित्र र आफ्नो जीविका चलाउन गरेका सङ्घर्ष।  

कथाको अभिनय तथा संवाद

कथामा जीतु नेपाल, वर्षा राउत, प्रियाँका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा र बालकलाकार साहरा शर्मालगायतका कलाकारको अभिनय रहेको छ। श्रीमतिको भूमिकामा रहेकी अभिनेत्रीको अभिनय प्रशंसा योग्य छ। श्रीमानलाई अभिनेता बनाउन आफुले लगाइरहेको सुन होस् वा गाँउको घर धितो राखेर पैसा निकाली उनलाई चलचित्रमा काम गर्न प्रोत्साहन गर्नु यी सबै दृश्य वा पात्रलाई उनले न्याय लिएकी छन्। उनको शब्द ‘हामीलाई थाहा छ, हाम्रो जीवन तपाइको अभिनयले फर्काउने छ’ यो एक संवाद मात्र नभई श्रीमानको सपना प्रति श्रीमतिको विश्वासको आभास गराउँछ। अर्को तर्फ नाटक प्रशिक्षण दिने विजय बरालको एक संवाद ‘जो नाटकबाट सिनेमामा जान्छन्, त्यो फर्किदैन वा फर्किन चाहदैन्न’ उनको यो संवाद नाटकबाट चलचित्र उद्योगमा गएका कलाकारले आफूसँग ‘रिलेट’ गर्न सक्छन्। जीतु नेपालको अभिनय राम्रो हुने गर्दछ तर यो सिनेमामा भने उनी दर्शकलाई आफ्नो अभिनयको जादु देखाउन सकेनन्। कतिपय ठाँउमा प्रियाँका कार्कीको अभिनयले अतिरन्जना गरे झैँ महसुस हुन्छ।  

सिनेमाको प्राविधिक तथा निर्देशकिय पक्ष

सिनेमामा वर्षालाई कमजोर पात्रमा प्रस्तुत गरिएको छ। यति सम्म कि उनी आफ्नो व्यक्तिगत निर्णय समेत लिन पुरुषमाथि निर्भर हुन्छिन्। यसलाई कथाको नकारात्मक पक्षको रुपमा लिन सकिन्छ। कतिपय ठाँउमा वर्षा राउतको दृश्यहरुले दर्शकलाई भाभुक बनाउँछ। जस्तै उनले लगाउँदै गरेको सुन निकालेर बेच्न होस वा श्रीमानसँग आफ्नो आर्थिक स्थितिबारे झुठो बोल्नु। भने कतिपय ठाँउमा अनावश्य दृश्य जसकारण दर्शक कथामा आफूलाई डुबाउन सक्दैनन्। सिनेमाको अन्त्यमा समावेश रहेको दृश्यको त कुरै नगरौँ। कथा क्रमसंघ चलिरहेको अवस्थामा अचानक कलाकारलाई अवार्ड वितरण जस्ता अनावश्य दृश्यले दर्शकको सबै भावनालाई मारी दिन्छ। जसकरण दर्शक आफूलाई सिनेमासँग ‘रिलेट’ गर्न सक्दैन्न।

सिनेमा हेरेर महसुस हुन्छ, जीतु नेपाललाई चलचित्र निर्माणको यति हतार थियो कि उनले सिनेमाको प्रचारमा त अनेकौ तरिका अपनाय तर सिनेमामा उनले खास समय दिन सकेनन्।
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
६ मिनेट अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस