मम्मी खै!
३२ असार २०८३
•
२ मिनेट पाठ
मम्मी खै!
गोपाल विदेश जाँदा अविनाश गर्भमा थियो। खाइपाइआएको सेक्यूरिटी गार्डको नोकरी छोडेर ऊ दुबई हान्नियो। श्रीमती कमला मानेकी थिइन। ‘हातका मैला, सुनका थैला। के गर्नु धनले। साग र सिस्नु खाएको बेस आनन्दी मनले !’ कसिलो आलिङ्गनमा बाँधिएर भनी कमलाले।

‘धन नहुँदा सबैले हेप्दा रहेछन्। केही वर्ष दुबइमा काम गर्न देउ, म तिमीलाई महलकी रानी बनाउँछु।’ यति भन्दै दुबई जाने जहाजमा उड्यो गोपाल।

दुबई गएको सात महिनापछि छोरा जन्मियो। कमलाले छोरा जन्मेको समाचार पठाउँदै न्वारानका लागि बोलाई तर कम्पनीले बिदा नदिएका कारण गोपाल आएन। पण्डितले खै के राखे नाम ! कमलाले छोराको नाम बाबुको नामको पहिलो अक्षरसँग मिलाएर गोकुल राखी।

दिनहरू बित्दै गए। एक दिनको कुरा हो, रातको समयमा गोकुललाई १०४ डिग्री ज्वरो आयो। कमलाले छोरालाई अस्पताल लैजान पल्लो कोठामा बस्ने युवक झपिन्द्रसँग सहयोग मागी। उसले आनाकानी गरेन। झपिन्द्रसँग मोटरसाइकल थियो। कमला छोरा काखमा च्यापेर झपिन्द्रको मोटरसाइकलमा अस्पताल पुगी।

मोटरसाइकलमा छोरालाई लिएर अस्पताल गएदेखि कमला र झपिन्द्रको हिमचिम बढ्दै गयो। यस्तैमा एक दिन कमलाले झपिन्द्रलाई आफ्नोमा रातको खाना खान आउन निम्तो दिई। खानपिन भयो। दुःखसुखका कुराहरू भए। हँसीमजाक पनि चल्यो। झपिन्द्र राति अबेरसम्म कमलाकै कोठामा रह्यो। अविनाश निदाइसकेको थियो। झपिन्द्रले कमलालाई बाहुपासमा कस्यो। तनको गर्मी बढ्दै जाँदा यौवनको उत्तेजक बाँध भत्कियो। 

कमलाले भनी, ‘मेरो राजा!’

झपिन्द्र बोल्यो, ‘मेरी रानी !’ 

त्यसै बेइमान रातदेखि कमला गोपालसंग टाढिँदै अनि झपिन्द्रसँग नजिकिँदै गई। कमला र झपिन्द्रको प्रेम लैला–मजनुको जस्तो हुँदै गयो।

गोपाल दुबइ गएको पाँच वर्षपछि बल्लतल्ल नेपाल फर्किंयो। उसले हवाइजहाजबाट उत्रनासाथ कमलालाई आफू काठमाण्डु ओर्लिसकेको जानकारी दियो।

गाेपाल ट्याक्सीमा सबार भै एअरपोर्टबाट डेरामा पुग्यो तर ऊ पुग्दा कमला डेरामा थिइन। कोठाभित्र बच्चा रोइरहेको थियो। यतिकैमा उसका आँखा लिखतमाथि परे।

‘जाडोमा नपाएको ताप र वैंशमा नपाएको साथको के अर्थ। अब म तिम्री रहिन। तिम्रो छोरा तिम्रै जिम्मामा छोडेकी छु। उसको लालनपालन गरे। वाईवाई गोपाल !’ लिखत यही भन्थ्यो।

गोपालले बच्चालाई उठाएर म्वाइँ खायो। बच्चा उसको आफ्नै छोरा अविनाश थियो। ऊ चर्को स्वरमा ‘मम्मी खै.... !’ भन्दै चिच्याइरहेको थियो।  
अर्को समाचार
जेन–जी सुशासन योद्धाका आमा भन्छिन्ः ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ
२६ कार्तिक २०८२
•
४ मिनेट पाठ
जेन–जी सुशासन योद्धाका आमा भन्छिन्ः ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ
छिमेकमा कसैले ‘मम्मी’ भनेर बोलाउँदा आफ्नै छोरोको आवाज जस्तो लाग्छ भीममाया सुनुवारलाई। काना ठाडा हुन्छन्, घरको दैलोमा आइपुग्यो की भनेर आँखाले खोज्न पुग्छन्। तर ती फगत स्वप्न हुन्। उनका छोरा दिपेश अब यो संसारमा कहिल्यै नफर्किने गरी विलिन भइसकेका छन्। तै आमाको मन ! मुटुको कुनै कुनामा उनी धड्किरहेका हुन्छन्। आशाले ठाउँ ओगट्ने रहेछ।  

दशैँ आयो, गयो। तिहार पनि गयो। चाडपर्वमा त हो छोराछोरीको यादले बढी सताउने। अबका चाडपर्वमा दिपेशको उपस्थिति हुने छैन। दिपेशलाई मासु औधी मनपथ्र्यो। आमा भीममायालाई मासु पकाएको दिन दिपेशको बढी सम्झना आउँछ, मन भक्कानिन्छ। दसैँका लागि घरमा बङ्गुर पालिएको थियो। उनी भावुक हुँदै भन्छिन्, ‘दुई धार्नी जति भुटेर पठाइ दिनु है मम्मी भनेको अझै ताजै छ।’ तर, भदौ २३ को जेनजी आन्दोलनमा उनी  सहिद भए।मम्मी भन्ने उनको आवाज भने सदाका लागि विलिन भयो।

अपरिचितको ‘त्यो’ फोन

गत भदौ २३ गते नयाँ बानेश्वर क्षेत्रमा जेनजी आन्दोलनमा प्रहरीको गोली लागी दर्जनौँ  प्रदर्शनकारीको मृत्यु भएको खबर दिउँसैदेखि नेपालभर फैलिएको थियो। छोराको अवस्था बुझ्न घरबाट तारन्तार फोन गर्दा सम्पर्क हुन सकेन। अपराह्न १ बजे फोन गर्दा दिपेशले आफू बानेश्वरको आन्दोलनमा सहभागी भएको र साँझ ६ बजे कोठामा पुगेर फोन गर्ने आफ्नो मम्मीलाई जानकारी  गराएका थिए। भीममायाले आन्दोलनमा नजाउ भनेको उनले मानेनन्। प्रदर्शन उग्र बनेको समाचार सुन्दा  उनी  आत्तिराखिन्।  

सोही दिन साँझ ६ बजेपछि भिममायाको फोनमा अपरिचित व्यक्तिको आवाज सुनियो। ती व्यक्तिले उक्त फोन आफूले बानेश्वर क्षेत्रमा फेला परेको र लिन आउनु भनेपछि उनको मनमा चिसो पस्यो। उनले गाउँका अन्य व्यक्तिलाई फोन लिन जान अह्राइन्।  

छोराको फोन फिर्ता लिएपछि काठमाडौँ बस्ने उनकै साथीले दिपेशको हातमा गोली लागेको सुनाए। भीममायाको मनमा भक्कानियो। छोराको अवस्था बुझ्न र खोजी गर्न आफन्त र गाउँले साथीभाई अस्पताल र प्रहरीसम्म पुगे। तर उनको अवस्था अत्तोपत्तो भएन। तीन दिनसम्म छोराको अवस्था पत्ता नलागेपछि भीममाया आफैँ काठमाडौँ आइन्।  घाइते भनिएको र हराइरहेका छोराको खोजतलासलाई तीव्र पारियो।

छोरालाई खोजी गर्न प्याराग्लाइडिङ पाइलट रामेछापका सानोबाबु सुनुवार, अभियान्ता आशिका तामाङको सहयोगमा उपत्यकाका विभिन्न अस्पतालमा भीममाया पुगिन्। उनीहरुले दिपेशको फोटो देखाउँदै अवस्था खोजी गर्दै जानेक्रममा एक सातापछि मात्रै त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकको सहयोगमा शव गृहमा राखिएको लाशको अनुहार हेर्दै जाँदा दिपेश फेला परे। घाइते अवस्थामा दिपेशलाई कुन–कुन अस्पतालमा पु¥याइयो भन्ने यकीन भएन ।  

घरको खाँबो, साथीहरूको मियो थिए दिपेश  

सिन्धुलीको तीनपाटन–६ भलायोडाँडामा २०६३ फागुन १७ गतेका दिन पानी परिरहेको थियो, पूरानो घर भत्काएर नयाँ बनाइँदै थियो। परिवारमा गरिबी, खानको पनि दुःख थियो। त्यतिबेला पहिलो सन्तान जन्मिँदा, दुःखको बेला पनि ठूलो हर्क लागेको सम्झिनुहुन्छ दिपेशका बुवा ढलकबहादुर।  

‘गाउँका कसैलाई मोटरसाइकलमा पु¥याउनु प¥यो भने उही अघि सथ्र्यो, सबैको कुरा मान्ने थियो ऊ’, ढलकबहादुर  छोरालाई सम्झिदै भन्नुहुन्छ, ‘संसारलाई पु¥याउन टाढाटाढा लैजान्थ्यो । सबैको विश्वास उसैमा थियो ।  भलिबल खेल्ने केटाहरू आउँदा छोराको बढी सम्झना आउँछ । केटाहरूको ‘मियो’ जस्तै थियो।’

दिपेशले विद्यालय शिक्षा परीक्षा (एसइई) सम्म मात्र अध्ययन  गरेका थिए।  १९ वर्षीय उहाँ एक वर्ष अघि काठमाडौँ आएर उनले घर निर्माणको काम गरे। तर ठेकेदारले पैसा नदिएपछि उन ि घर फर्किए । दिपेशले ठेकेदारसँग अझै २० हजार लिन बाँकी रहेको आमा भीममाया सुनाउछिन्। पछिल्लो पटक उनी  गत जेठमा काठमाडौँ आए ।लगत्तै सफाइ कम्पनीमा काम गर्न  थाले।  

काठमाडौँमा मजदुरी गरेर उनले घरमा पैसा पठाउने गर्र्थे । थप पढ्ने इच्छा नभएकाले उनी विदेश जाने सोचमा थिए। दशैँमा घर नआउने र तिहारमा आएको बेला पासपोर्ट बनाएर विदेश जाने उनको योजना थियो। ‘अरु देशमा जान पैसा धेरै आफूसँग छैन । अलिअलि ऋण पनि छ भन्थ्यो’, भीममाया भन्छिन्, ‘घरमा तेल भुटुन खर्चका लागि पैसा पठाउँथ्यो। अब घर चलाउने खर्च जुटाउन अप्ठ्यारो भएको छ।’

दिपेशका भाइ दिनेशलाई बारम्बार दाइको झझल्को आइरहन्छ । मोबाइलमा गेम खेल्दा होस् वा मेलपातमा जाँदा। दाइ बितेपछि दिनेशलाई संसारै अध्यारो भएको छ, मोबाइलको मनपर्ने गेम पनि खेल्न छाडेका छन्। बुबा ढलकबहादुर घरपरिवारको गुजारा चलाउन वर्षमा तीन महिना काठमाडौँ आएर खेतमा मजदुरी गर्दै आएका थिए।  घरमा रहँदा उनले अधिकांश समय नाङ्लो बुन्ने र त्यसको बिक्रीबाट खर्च धान्दै आएका थिए। छोराको साहदतपछि उनलाई आजभोलि काठमाडौँ जाने कुरामा मोह भङ्ग भएको छ । नाङ्लो बुन्न पनि छाडे।  

दिपेशको परिवारले काजकिरिया खर्चबापत गाउँपालिकाबाट रु २५ हजार प्राप्त गरेको छ। सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकालाई ‘जेनजी सुशासन योद्धा–२०८२’ घोषणा गरेपछि सरकारकार तर्फबाट रु १५ लाख आर्थिक सहयोग प्राप्त भएको छ। छोरा निधनपछि गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायत जनप्रतिनिधिले परिवारजनासँग भेट गरी सान्त्वना दिँदै आएका छन्।  

आमा भीममायाको एउटै मात्र कामना छ – सहीदका परिवारलाई सहज जीवनपायन गर्न सरकारले हिम्मत दिनुपर्छ । बालबच्चाले उठाएका भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषय पूरा गर्ने काम सरकारले गरोस्, त्यसका लागि अब आन्दोलन गर्न नपरोस्, आन्दोलनका नाममा कसैको काख रित्तो नहोस् ।  सहीद परिवारलाई राज्यका तर्फबाट आर्थिक सहयोग र सम्मानमा शालिक बनाइ दिए हुन्थ्यो।रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
निश्चयअनिश्चय
नागरिक नागरिक • · ०३ फागुन २०७७ · ९ मिनेट पाठ
हाउगुजी नेपाली
नागरिक नागरिक • · २० माघ २०७४ · २२ मिनेट पाठ
ड्याडी
ड्याडी
नागरिक नागरिक • · २९ माघ २०७८ · १ मिनेट पाठ
डर
नागरिक नागरिक • · ०४ माघ २०७७ · १ मिनेट पाठ
छापामारकी छोरी
उजिर मगर उजिर मगर • · ०६ वैशाख २०६६ · ७ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस