नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा राजधानीस्थित दरबारमार्गमा आयोजना को तयारीमा रहेको ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ।
नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौं महानगरपालिकाको सहआयोजनामा हुन लागेको महोत्सवले दुई देशबीचको सात दशक लामो मित्रता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
महोत्सवमा जापानका अग्रणी हिपहप कलाकार मम्मी–डी पनि विशेष अतिथिका रूपमा सहभागी हुनेछन्। यसको प्रवेश भने निशुल्क रहेको छ।
यही महोत्सवमा सहभागिता जनाउन जापानको चर्चित रक ब्यान्ड ‘गोडाइगो’ ४६ वर्षपछि नेपाल फर्किने भएको छ। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरमा आयोजना हुन लागेको ‘नेपाल–जापान फेस्टिभल २०२६ सोलिडारिटी थ्रु कल्चर’ मा प्रस्तुति दिन ब्यान्ड नेपाल आउन लागेको हो। आयोजना हुन लागेको यो महोत्सवमा गोडाइगोले विशेष सांगीतिक प्रस्तुति दिनेछ।
यसअघि ब्यान्डले सन् १९८० मा काठमाडौंको दशरथ रंगशालामा ऐतिहासिक सांगीतिक कार्यक्रम गरेको थियो।
आयोजकका अनुसार महोत्सवले नेपाल र जापानबीचको दशकौँ पुरानो मित्रतालाई थप उचाइमा पुर्याउनुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ। महोत्सवको मुख्य दुई उद्देश्य रहेको बताइएको छ, दुई देशबीचको मित्रता, सांस्कृतिक सम्बन्ध र आपसी सद्भावलाई थप मजबुत बनाउनु। विपद्का बेला अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सांस्कृतिक सहकार्यको सकारात्मक सन्देश विश्वभर पुर्याउनु पनि यसको अर्को उद्देश्य रहेको छ।