‘वर्तमान कविता समूह’ ले मनायाे ‘वसन्त कविता महोत्सव’
२२ चैत्र २०८२
•
३ मिनेट पाठ
‘वर्तमान कविता समूह’ ले मनायाे ‘वसन्त कविता महोत्सव’
‘वर्तमान कविता समूह’ ले ‘वसन्त कविता महोत्सव’ सम्पन्न गरेकाे छ। राजधानीको प्रदर्शनीमार्गस्थितआरआर क्याम्पसमा शनिबार विशेष ‘वसन्त कविता महोत्सव’ सम्पन्न भएको हाे।




उक्त कार्यक्रममा नेपाली कविहरूले आफ्ना मौलिक अनुभूति, सामाजिक यथार्थ र दार्शनिक संवेदनाहरू अंग्रेजी भाषामार्फत प्रस्तुत गर्दै बहुभाषिक अभिव्यक्तिको नयाँ आयाम उद्घाटन गरेका छन्।

कार्यक्रमको सुरुवात गर्दै कवि विश्व सिग्देलले ‘वर्तमान कविता समूह’ले आगामी दिनमा अन्य भाषामा पनि यस्ता बहुभाषिक काव्य–अभिव्यक्तिहरू प्रस्तुत गर्ने योजना रहेको र यो पहिलो प्रयास भएको बताए। उनले आफ्नो कविता ‘पब्लिक टोइलेट’ मार्फत आधुनिक सभ्यता र राजनीतिमाथि कडा व्यङ्ग्य प्रहार गर्दै सत्ता र नैतिकताको दोहोरो चरित्रलाई प्रश्न गरे।

कवि भीष्म उप्रेतीले ‘ह्वाट इफ द स्काई फल्स’ शीर्षकको कवितामा बाबु र छोराको संवादमार्फत आकाशलाई विश्वास, आशा र उच्च आकांक्षाको प्रतीकका रूपमा चित्रण गरे।

कवि रजनी मिलाले ‘डार्कनेस इन सर्च अफ लाइट’ मार्फत उज्यालोको खोजीमा रहेका सिर्जनशील चेतनाको व्याकुलता व्यक्त गरिन्।

त्यस्तै कवि अभय श्रेष्ठले ‘लभस् अ मेडिटेटिभ स्लीप’ मार्फत प्रेम, निद्रा र देश गुमाउनुको पीडाबीचको सम्बन्ध प्रस्तुत गरे।

कवि सुमन वर्षाले ‘लुज’ कविता वाचन गर्दै इन्द्रियको त्यागमार्फत प्राप्त हुने आन्तरिक शान्ति र जीवनको वास्तविक उत्सवबारे दार्शनिक विमर्श गरे। कवि रामगोपाल आशुतोषले ‘वान डे द नेसनल एन्थम विल बी प्लेड फर मी टु’ मार्फत भविष्यमा समानता स्थापित हुने र सिमान्तकृत आवाजले न्याय पाउने आशावादी दृष्टि व्यक्त गरे।

कवि करुणा नेपालले ‘न्यू विगिनिङ’ मार्फत पीडा र निराशापछि आउने नयाँ आरम्भको सम्भावना उजागर गरिन्। कवि तेजिन एमिल इजमले आफ्नो शीर्षकविहीन कविता (जुन उनले जेन्जी विरोध प्रदर्शनबाट प्रेरित भई लेखेका थिए) मार्फत शान्तिका प्रतीक फूल कसरी घृणा र बारुदमा परिणत हुन्छ भन्ने यथार्थप्रति आक्रोश व्यक्त गरे।

वातावरणीय चेतका साथ कवि सुवास सिंह पराजुलीले ‘नोटिस फर द लस अफ रिभर’ मार्फत हराउँदै गएका नदीहरू र भू–माफियाको कब्जामा परेको प्रकृतिको पीडादायी अवस्था उजागर गरे।

कवि कृपा खनालले ‘लुकिङ फर अ म्यूज’, ‘ब्रीदिङ विथ द म्यूज’ र ‘लेसन्स फ्रम अ म्यूज’ गरी तीन खण्डमा सहरी जीवन, सिर्जनात्मक प्रेरणा र कल्पनाशील उडानको सौन्दर्य प्रस्तुत गरिन्।

कवि भुवन थपलियाले ‘स्प्रिङ’ कवितामा प्रकृति र वनसँगको सामीप्यले मानिसको आत्मा शुद्ध हुने भाव व्यक्त गरे। कवि आनन्द विजय गुरुङले ‘मोटरसाइकल सायरी’ मार्फत सहरीकरणका कारण प्राकृतिक सौन्दर्य कुरुप बन्दै गएको यथार्थ चित्रण गरेका थिए।

कवि अमर आकाशले ‘एभ्रीबडी नोज, नोबडी नोज’ मार्फत गरिबी र सामाजिक अन्यायको कटु यथार्थ उजागर गरे। कवि रमी प्रियाले ‘इन्चान्टेड इल्यूजन’ मार्फत प्रेमको जादुमयी भ्रमबाट मुक्त हुने चाहना कलात्मक रूपमा व्यक्त गरिन्।

कार्यक्रमको अन्त्यतिर कवि चन्द्रबहादुर लामाले ‘कोइसन’ मार्फत आफ्ना ‘कमरेड’हरूले गरेका बाचा अधुरा रहेको भन्दै राजनीतिक विश्वासघातप्रति प्रश्न उठाए।

कवि धीरकुमार श्रेष्ठले ‘द कल’ मार्फत मृत्युको मौनता र अन्तिम यात्राको सत्यलाई मार्मिक रूपमा प्रस्तुत गरे। कवि हरीश अधिकारीले प्रतिकूल मौसममा पनि अस्तित्व जोगाउन संघर्ष गर्ने बिरुवाको प्रतीक प्रयोग गर्दै मानवीय जिजीविषाको कथा सुनाए।

कार्यक्रमको उद्देश्य नेपाली माटोको सुगन्ध, अनुभूति र जीवनभोगाइलाई अंग्रेजी भाषामार्फत विश्वमञ्चमा पुर्याउने रहेको आयोजक तथा उद्घोषक चन्द्रबहादुर लामाले बताए।

महोत्सवमा प्रस्तुत कविताहरूले सामाजिक विसंगति, प्रेम, प्रकृति, राजनीतिक निराशा, प्रतिरोध र मानवीय अस्तित्वका विविध आयाम समेट्दै समकालीन संवेदनालाई सशक्त रूपमा अभिव्यक्त गरेका थिए।

यस कार्यक्रमले भाषा फरक भए पनि भावनाको आधार एउटै रहने सन्देश दिँदै नेपाली काव्य चेतनालाई अन्तर्राष्ट्रिय संवादतर्फ उन्मुख गराएको आयोजकको विश्वास छ।
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
२५ मिनेट अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस