Hold by Amrit Thapa
हो हाल यो बहस गायक तथा मोडेल दुर्गेश थापाको अभिव्यक्तिपछि सुरु भएको छ।
उनको पछिल्लो समय चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक ९प्रमोशनल० गीत ‘म्याथ सिक्ने भए’ सार्वजनिक भएको छोटो समयमै विवादमा पर्न गयो। गायक दुर्गेश र गायिका बबिना किरातीको स्वर रहेको यस गीतमा अभिनेत्री प्रियांका कार्की, अभिनेता आर्यन सिग्देल, आयुष्मान देशराज जोशी र स्वयम् दुर्गेश थापा को प्रस्तुति थियो। यसमा समावेश द्विअर्थीले दर्शक, श्रोताको ध्यान छिट्टै आफ्नो तर्फ तान्यो। गीतले छोटो समयमै आकर्षक भ्युज पनि पाएकै हो।
तर यो गीत यत्तिसम्म रहेन यसमा समावेश दोहोरो शब्दअर्थ तथा प्रस्तुतीले शिक्षक महासंघसम्मको दलोमा पुग्न गयो। उक्त गीतका शब्द तथा भावले शिक्षक तथा शिक्षण पेशाको सम्मानमा आँच पुर्याएको भनेर शिक्षकहरुको छाता सङ्गठन नेपाल शिक्षक महासंघले यो गीतलाई तुरुन्त बन्द गर्न चेतावनी दिएका थिए। महासंघले चलचित्र ‘मास्टर्नी’ चलचित्रको निर्माण पक्ष तथा कलाकारलाई समेत सचेत गराएका थिए। उक्त प्रेस विज्ञप्तिमा महासंघका महासचिव तुला बहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेलीले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए। ‘महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको छ।‘ महासंघको आरोप थियो।
गीतको सुरुवाती अंशमा ‘म्याथ सिक्ने भए सुन्दा नेपाली समाजमा प्रयोग गरिने अत्यन्तै अश्लील गाली जस्तो सुनिन्छ ।आम दर्शक र स्रोताहरूले यसलाई भूलवश भएको कमजोरी नभई चर्चा कमाउन र भाइरल हुनका लागि जानाजान प्रयोग गरिएको आरोप लगाएका थिए। हुन त नेपाली साङ्गीतिक र चलचित्र क्षेत्रमा सस्तो लोकप्रियता र विवाद सिर्जना गरेर भाइरल हुने पुरानै रोग हो। ‘म्याथ सिक्ने’ गीतमा शब्द र सङ्गीत सिर्जना गरेका दुर्गेश थापामाथि सामाजिक सञ्जाल प्रयोगकर्ताले दर्शकलाई झुक्याएर सस्तो भाइरल हुन खोजेको भन्दै तीव्र आक्रोश नेपाली दर्शकको थियो।
उक्त विषयवस्तुलाई केन्द्रमा राखेर सोमबार दुर्गेश थापालाई पत्रकारले प्रश्न गर्दा उनले सहजै भने ‘सुन्ने मान्छेमा भर पर्छ’। गीतलाई निजी गर्नुको कारण आफूलाई कुनै दबाब नआएको र आफ्नो स्वइच्छाले निजी गरेको उनले उल्लेख गरे। मैले मात्र होइन यस्ता गीतहरू त कत्ति आउँछन्। बजारमा मैले त झन विवादलाई ठुलो नहुन दिएको उनले स्पष्ट पारे। ‘मलाई कसैले पत्र काटेर गीत हटाउन भनेको होइन। दर्शकको अनुरोधलाई सम्मान गर्दै मैले आफैँ प्राइभेट गरेको हुँ’।
सो विवादित गीतलाई लिएर आलोचना गर्नेहरूले गीत राम्रोसँग सुनेको भए फरक बुझाइ हुन सक्ने कुरा उनले गरे। ‘म्याथ सिक्नेलाई पनि त तपाईँले राम्रोसँग सुनेको भए राम्रो सुनिन्थ्यो नि’ थप्दै उनले श्रोतालाई हरेक कुरा सुन्दा विचार गर्नु पर्ने उल्टै स्रोताले राम्रोसँग सुनेको भए गीत राम्रो थियो उनको भनाइ थियो। उनको यो अभिव्यक्तिले एउटा बहस सुरु गरेका छ, के अब नेपालीले नेपाली भाषा सिक्नु पर्ने हो कि, कलाकारले आफ्नो शब्द छनौटमा काम गर्नु पर्ने हो?