पितृहरू र हामी
२४ असोज २०८३
•
१ मिनेट पाठ
पितृहरू र हामी
पितृहरूकै अंश हौं हामी




पितृहरूकै वंश हौं हामी

हामीमा छाया‍छवि उहाँहरूकै त छ!

बगिरैछ रगत यी नसानसामा

उहाँहरूकै पूरा देन त हो सिङ्गो यो जीवन!

रूपरङ, आनीबानी, शीलस्वभाव

प्राय: सबै उहाँहरूकै जस्तै नै त छ!  

कहाँ उहाँहरू हामीबाट पृथक् हुनुहुन्छ र

हामी नै त हौं उहाँहरूको विम्ब-प्रतिबिम्व!

चालढाल उहाँहरूकै

बोल्ने शैली उहाँहरूकै

देख्नेबित्तिकै मान्छेहरू टाढैबाट भन्छन् -

"सर्लक्कै हामी उहाँहरू जस्तै नै छौं !"  

होइन र....?

जबजब हामी बोल्न थाल्छौं

उहाँहरूकै शब्दहरू उच्चारित हुन पुग्छन्!

जीवनमा मिल्यो जो सफलता हामीलाई

लाग्छ, त्यो सबै पितृको शुभआशीष न हो!

बालबालिकामा जुन जे छाया‍छवि देखिन्छ

सम्भवतः सबै त्यो हजुरबा-हजुरआमाहरूकै नै त हुन्छ....

हजुरबाले झैँ कहिलेकाहीँ बच्चाहरू गाली पनि गर्छन्,

अनि फेरि कहिलेकाहीँ हजुरआमाले झैँ

उनीहरू चेपारो'नि घस्छन्!

तब लौ भनौं कसरी कहाँ हामीबाट पितृहरू टाढा छन्?

अतः उहाँहरू सर्वत्र हामीमै समाहित भइरहेको हुनुहुन्छ,

जलमा पनि थलमा पनि

सा‍ँच्चै भनौं त गर्भदेखि चिहानसम्मै!

यी पण्डित-पुरेत बाजेहरूचाहिँ खै के भन्छन् के-

"पितृहरू हाम्रासामु श्राद्ध पक्षमा मात्रै आउ‍ँछन्,

हामीलाई आशीर्वाद प्रदान गर्न

तृप्त गराउनू उहाँहरूलाई!"  

लौ अब नढाँटी भन्नुस् -

कहाँ कहिले टाढिन्छन् र पितृहरू हामीबाट?
अर्को समाचार
भाद्रकृष्ण औँसी: पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन घुइँचो
०७ भदौ २०८२
•
२ मिनेट पाठ
भाद्रकृष्ण औँसी: पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन घुइँचो
दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ।  




भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ताअघिका पितृहरू तर्छन् भन्ने धार्मिक विश्वास रहेकाले आज बिहानैदेखि यहाँ हजारौँ भक्तजनको घुइँचो भएको हो। यही धार्मिक विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको छ।  

गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल-जोरपाटी र वाग्मतीको कोरिडोर भएर गुड्ने सवारीसाधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ। यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, खोजतलासलगायत सेवा पनि मन्दिर क्षेत्रमा दिइएको गोकर्णेश्वर मेला समितिका संयोजक र गोकर्णेश्वर नगरपालिका-४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए।  

सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकोले यस ठाउँमा आएर पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्छन् भन्ने धार्मिक विश्वासका कारण भाद्रकृष्ण औँसीमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिए।  

गोकर्णेश्वरमा आएका भक्तजनले धार्मिक रूपमा धेरै महत्त्व भए पनि गोकर्णेश्वरमा राम्रो व्यवस्थापन नहुँदा दुख पाएको बताउँछन्। डोल्पाबाट आएका दर्शनार्थी रणेन्द्र बुढाथोकीले गाडीको असुविधाले मेलामा दुख पाएको बताए। ‘मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर थाहा पाएँ,’ उनले भने।  

मन्दिर क्षेत्रमा सार्वजनिक जग्गामा घर बनाइ बाटो साँघुरो भएकाले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको उनले गुनासो गरे। शास्त्रीय रूपमा महत्त्व रहेको पवित्र तीर्थस्थलको सुव्यवस्थापनमा तीन तहका सरकारको ध्यान नगएको धेरै भक्तजनले बताए।  

यस क्षेत्रमा वैदिक सनातन हिन्दु धर्मावलम्बी मात्र होइन, बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ। एक वर्षभित्र पिताको दिवङ्गत भएका बौद्धमार्गीले यहाँ आएर श्राद्ध र पूजाआजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु डुण्डुप लामाले बताए।  

बौद्धमार्गीले आजको दिनमा गोकर्णमा आएर दर्शन गरेमा दिवङ्गत पिताको स्वरूप दर्शन गर्न पाइने विश्वास गरेको पनि उनले जानकारी दिए। गोकर्णमा मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ। पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता छ।  

आजैको दिन हिन्दु धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्यका लागि आवश्यक कुश भित्र्याई कुशे औँसी पर्व मनाउँछन्। कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ। त्यस्तै आफ्ना बाबुलाई मीठो खाना खुवाई बाबुको मुख हेर्ने पर्व पनि आज देशभर मनाइँदैछ। रासस
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४६ सेकेन्ड अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस