एक्लो वीर
१२ वैशाख २०८३
•
४ मिनेट पाठ
एक्लो वीर
‘तौल कति छ?’ चाहिने जति छ साप।  घटबढ छैन्।

‘त्यसो भे अगा पठाइदे।’ छनोटमा सहभागी भएकाहरूको टिपोट लिइरहेका डिएसपी सापले भने।

वास्तवमा थोरै तौल पुगेको थिएन्। त्यो हवल्दारले किन यस्तो भन्यो? अरूको छिस्रिक्क दाग देखे जंगिने डिएसपीको आँखामा केले छल्यो?

दौडमा पनि यस्तै भयो। सँगै दौडेको साथी एक कदम अगाडि बढेको थियो। नाम एक कदम पछाडिकै चढ्यो। बिचरा साथी खिस्रिक्क भयो। फौजीमा ‘जाऊँ न यार’ भन्दै ऊ दिनरात भन्थ्यो। जसको लहैलहैमा लागियो उसकै नाम निस्किएन।

अन्तर्वातामा जाने अघिलो दिनको कुरा हो। साथी गाउँ गएको थियो। उसको पनि जिम्मेवारी लिएर मार्केटिङमा जानुपर्ने भयो। काम गरेको कारखानाबाट बजार निस्कने दुई केटा मात्र थिए। अनि बिदा के मिल्नु? कोठामा आइपुग्दा झमक्कै भएको थियो। खाना खान मन थिएन्। टाउको पखाल्ने र फ्रेस हुन मन लाग्यो। मिठो कफी पिउने। धुमधडाक केही किताब हेर्ने सोच पलायो। दोस्रो पटक यस्तो मन भएको हो। पहिलो पटक यस्तो हुँदा ऊ एसएलसीको तयारी गर्थ्याे। त्यसपछि किताब हेर्ने फुर्सद भए पो पलाउनु?

‘पुलिस क्याप्सुल’ नामको किताब हो पढ्नुपर्ने तर त्यसलाई  देख्नासाथ  केही पनि  दिमागमा घुस्ला जस्तो भएन्। ‘अन्तरर्वामा पास गर्न पैसा ठिक पार्नुपर्छ। नेताको ‘पावर’ चाहिन्छ अनि मात्र भइन्छ।’

कुन्नि कोकोले हो यसो भनेको कुराले मनमनै चिरवीर गर्न थाले। साँझ बढ्दै गएपछि बाँसको झ्याङमा बास बस्न लागेका सारौटेको आवाजझैँ झनझन खैलाबैला बढ्यो।

‘ओई रमेश के गर्दै छस? किताब हेर्दै छस् कि छैनस्?’ सँगै दौडमा भाग लिएर पास नभएको साथी रहेछ। उसले गरेको फोनमा रमेशले यसो भन्यो। ‘पढ् यार पढ्। तैले नाम निकाल्छस्। भाग्यमा लेखेको रैछ भने भुतले पनि तँलाई सहयोग गर्न तयार हुन्छ। भगवानले त ‘तँ गर म पुर्‍याउँछु’ भनेकै छन्। राति अबेरसम्म उसले यस्तै कुराले आत्मबल दिइरह्यो। जीवनमा संयोगले मात्र यस्ता साथीहरू भेटेन्छन्। कहिलेकाहीँ ढुंगो खाेज्दा देउता मिल्छ।

रमेशले आफ्नो ममीलाई राम्रोसँग देख्नै पाएन्। ऊ जब जन्मियो तब ममी रहिनन्। नयाँ सन्तानसहित सुत्केरी श्रीमतीलाई घर फर्काउने सोचका साथ ममीलाई हस्पिटल पुर्‍याए बुबाले। नयाँ सन्तान त लिएर घर आए तर श्रीमती फर्काउन नसक्दाको दुःखले बुबा तिन महिना थलिए।

‘ममी किन हस्पिटलबाट नआएको बुवा?’ पाँच वर्ष जेठी दिदी सानु भाइतिर हेर्दै  सोध्थी। बुवा बेऊत्तर हुन्थे। विरामी ज्यान र साना छोराछोरीलाई तिनले धन्न धाने।

बुबाले छोराछोरीलाई सँगै विद्यालयमा भर्ना गरिदिए। सँगै ९ कक्षासम्म पढाए। ९ कक्षाको अन्तिम रिजल्ट आइसकेको थियो। बुबाको शरीर एक्कासी कालो हुँदै गयो। मान्छेहरू उनलाई कालो जन्डिस भएको भन्थे। ज्वरोले थलिएका उनी ओछ्यानमा परे। दुई दिदीभाइले ओछ्यानमै थला भएका बुबालाई केही महिना स्याहारे। त्यसपछि बुबालाई दैवले लग्यो। उनीहरू एक्लो भए।

दुई जनाको दुःख देखेको मैले स्थानीय पत्रिकामा उनीहरूकाे अवस्थाबारे  समाचार लेखेको थिएँ। सोच्थे उनीहरूको सहाराविहीन जिन्दगीलाई कसैले सहयोग गर्ने छ। भविष्य बनाइदिने छ। पत्रकारिता गर्दाको त्यो सुरुसुरुको मेरो प्रयत्न सम्झिएर आज दिक्क लाग्छ। किनकि उनीहरूलाई कसैले सहयोग गरेन। दिदी पनि एसएलसी दिँदादिँदै  बिहे गरेर अन्तै गई। रमेशको आफ्नो भन्ने कोही रहेनन्। उसले जिन्दगीका तमाम यात्रा एक्लै गर्नुपर्ने भयो।  ‘दाइ केही सामान्य ज्ञानका प्रश्नहरू छन्। तपाईलाई उत्तरहरू थाहा छ कि?’ बिहान झिसमिसमै फोन गरेर उसले सोध्यो। आर्मी पुलिसमा लाग्न लागिस कि कै ? मैले सोधेँ। ‘हैन दाइ। त्यत्तिकै हो। त्यही मार्केटिङको काम गर्दै छु। पछि गाडी चलाउन सिक्ने सोच छ? उसले यसो भनेर ढाँट्यो। ऊ आफ्ना कुराहरू अरूलाई त्यति भन्न खोज्दैन थियो। कहिलेकाहीँ उसलाई फोन गरेर केही समस्या छ कि  भनेर सोधेँ भने ‘केही छैन दाइ’ भनेर टार्थ्याे। थाहा भएको केही प्रश्नको उत्तर दिएँ। बाँकी ऊसैले अनलाइनतिर खोजेछ। अन्तमा भने उसले ढाँटेन। ‘आर्मी बन्न जाँदै छु। आज अन्तरर्वाता छ। सात बजे ब्यारेक छिर्नु छ।’ भनेर फोन राखिदियो ।

एक वर्षसम्म त्यसपछि उसँग सम्पर्कमा आएन्। नाम निस्कियो निस्किएन? के गर्दै छ? थाहापत्तो भएन्। घरको आँगनमा घाँस उम्रिएको थियो। ढोकामा ताला लगाइएको थियो। खोपामा गएर कान ठाडो पारेर सुन्ने हो भने भित्र मुसाको निकै ठूलो चाईचाईचुईचुई सुनिन्थ्यो। लाग्थ्यो त्यहाँ दिनहुँ संसद बैठक हुन्छ। नेताहरू दिक्कलाग्दो हल्ला पिटिरहेका हुन्छन्।

‘दाइ घरतिर सञ्चै छ?’ एक वर्षपछि नयाँ नम्बरबाट अचानक उसैले फोन गरेर सोध्यो। ‘एक वर्षसम्म कता हराइस्?’ खुसी हुँदै पहिलो प्रश्न हत्तपत्त गरेँ। ऊ भेटनै आयो।  

‘साथीले भनेझैँ भुतले काम गर्‍यो दाइ। भगवानले धेरै ठगेको देखेपछि भुत सहयोग गर्न आइपुग्दो रहेछ। अरूलाई छलेर भए पनि सफलता दिँदो रहेछ। दौडदेखि अन्तर्वार्तासम्म नपत्याउने तालले मेरो नाम कसरी निस्कियो? मलाई नै विश्वास छैन्। नत्र ती सबै जना त्यसरी किन झुक्किए? अन्तर्वाताको बेलामा पनि म धेरैजसो मौखिक उत्तर दिएर फर्किएकाे थिएँ। ज्यान पनि लुरे थियो। हट्टाकट्टा थिएन्। अन्तमा नाम निस्किएछ। एक वर्षसम्मको तालिम सक्काएँ।’ उसले भन्यो। तालिममा सफल हुँदा पाएको तक्मा पनि देखायो। तक्मा देखेपछि त्यो उसले हैन म आफैँले हासिल गरेझैँ भान भयो।

गाउँले बुबालाई ‘एक्ले’ भनेर हेप्थे। ऊ एक्लो वीर भएर घर आयो। देशको रक्षार्थ लड्ने जवान भएर आयो। बुबाले आफ्नो जीवनका लागि आफैँ लड्नुपर्छ। आफ्नै पसिनाले सफलताको सिखरमा पुग्नुपछ भन्ने जीवन शुत्र सिकाएका थिए। त्यही आडमा उभिएर ऊ ‘अरूले सलाम गर्ने मान्छ’ बन्यो। अरुको भरमा हिँडनेहरू आफ्ना लागि केही गर्न सक्दैनन्। आफ्ना लागि आफै लडन तयार हुनेहरू एक्लो वीर बन्छन्।  
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
८ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock २ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ३ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस