केही समयअघि मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको भ्रमणका सिलसिलाहरू उक्त पुस्तकमा समेटिएका छन्। चीनको राजधानी पेइचिङ, व्यापारी केन्द्र साङहाई र पर्यटकीय क्षेत्र छङ्तुका भ्रमणका सन्दर्भहरू नियात्राको रूपमा प्रस्तुत गरिएको उक्त पुस्तकको प्रकाशक 'फ्रेन्ड्स अन द क्लाउड: प्लेटफर्म अफ इन्फ्लुएन्सर्स, नेपाल' भन्ने संस्था रहेको छ।
लाेकार्पण कार्यक्रम पनि सोही संस्थाको ब्यानरमा आयोजना गरिएको थियो।
संस्थाका अध्यक्ष शोभित उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुस्तकको समीक्षा प्राडा गोविन्द मानसिंह कार्कीले गरेका थिए।
कार्कीले पुस्तकबारे चर्चा गर्दै भने,"उप्रेतीकाे नियात्रासङ्ग्रह 'चीन यात्राका यादहरू' ले चीनको ऐतिहासिक, सांस्कृतिक, राजनीतिक, पर्यटकीय, भौगोलिक आदि क्षेत्रको जानकारी प्रस्तुत गर्नुका साथै चीनको वर्तमान अवस्था अक्षरमा उतारेको बताए।
त्यसैगरी यहाँ चिनिया जनताको जीवनशैली उनीहरूको उपलब्धि चीनले गरेको चामत्कारिक विकासको अवस्था चीनको विकाससम्बन्धी भविष्यको परिकल्पना आदि कुरा साहित्यिक ढङ्गबाट रोचक शैलीमा प्रस्तुत गरिएको छ। नेपाली पाठकहरूका लागि यो एउटा महत्त्वपूर्ण पुस्तकको रूपमा सार्वजनिक भएको ठानेको छु।"
कार्यक्रममा समीक्षक प्राडा कार्कीले सङ्ग्रहमा समेटिएका नियात्राबारे चर्चा गरेका थिए। उनले लेखकको रोचक शैलीले यात्राका प्रत्येक सन्दर्भहरूलाई पठनीय बनाएको धारणा व्यक्त गरे। सम्झना, कल्पना र यथार्थको त्रिकोणात्मक मिलनले कृतिलाई नेपाली पाठकका लागि अत्यन्तै सम्झनायोग्य उपहार बनेको समीक्षक कार्कीको थियो।
नियात्राकार उप्रेतीले कार्यक्रममा आफूले चीनको यात्रामा देखेजाने र सुनेकाे कुरालाई आफ्ना लेखहरूमार्फत नेपाली पाठकहरूसामु प्रस्तुत गर्ने प्रयास गरेको बताए।
कविता, बालसाहित्य र साहित्यिक अनुसन्धानमा समेत कलम चलाउने नियात्राकार उप्रेतीको यसअघि 'फेवादेखि विवासम्म' र 'कालापानी यात्रा' दुई नियात्रासङ्ग्रह प्रकाशित छन्।
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।
‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।
कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।
लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।
सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।
ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।
जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...