उपयोग
०७ जेष्ठ २०८३
•
१ मिनेट पाठ
उपयोग
रामेले चिन्ता प्रकट गर्दै भन्यो, "उनीहरू सुकुम्बासी हुन्। उनकाे मद्दत गर्नैपर्छ।"




"खै सर गर्ने त हो तर गरेर पनि गरेको जस्तो देखिदैन।" हरिले अँध्यारो हुँदै भन्यो।

"विभिन्न राजनैतिक पार्टीहरूले त्यो बस्तीलाई प्रयोगशाला जस्तै बनाउँदै आएका छन्। आआफ्नो भोट बैंकका लागि उनैको बलि चढाइन्छन्, उनैलाई अचानो बनाइन्छ र लिस्नाे बनाएर सरकारमा पुग्छन् तर आज उनैविना बासका हुने छन्।" रामेले फेरि विभिन्न उदाहरण दिंदै भन्यो।

हरिले साेध्याे, "तर हामीले के गर्न सक्छौँ?"

"कम्तीमा उनीहरूलाई थोरै भए पनि सहारा दिएर मलम लगाउन सकिन्छ। त्यो बस्तीमा पुगेर उनीहरूलाई सङ्घर्ष गर्ने प्ररेणा दिन सकिन्छ।" रामेले आफ्नो विचार राख्यो।

"ठिक छ सर, त्यसो भए बुझौं चार पाइला लाग्दैन हिंड्नुस्।" हरिले भन्यो र दुवै बस्तीमा पुगे। त्यहाँको माहोल अर्कै थियो। त्यहाँबाट खालि गर्ने तरखरमा थिए।

हरि र रामेलाई देखेर सबै महिलापुरूष जुटे केहीबेर छलफल पनि भयो। उनीहरूले दुःख पोखे। रामे र हरिले उनीहरूलाई आफूहरूले साथ दिने आश्वासन पनि दिए। यहाँ जम्मा दुइटा कुरा छन् एउटा सङ्घर्षको अर्को पलायनको।

"हजुरहरू पलायन नहुनू बरू सङ्घर्ष गर्नुपर्छ भन्ने रामेको सुझाव थियो तर उनीहरू त्यसका लागि तैयार थिएनन्।

"सरकारले पच्चीस हजार एकमुष्ट दिने र भाडामा बस्नेलाई पन्ध्र सयदेखि दुई हजारसम्म दिने भनिसकेको छ। हामी व्यवस्थाको विरोधमा जान चाहन्नौं।" एउटी कमलरी महिलाले प्याच्च भनिन्।

"हजुरहरू सबै संगठित भएर सङ्घर्ष गर्नुपर्छ।" हरिले पनि आफ्नो विचार राख्यो।

"सर, हजुरलाई थाहा छैन। हामी आफैँ संङ्घर्ष गरिरहेका छौं। हजुरहरूको आवश्यक परे बोलाउँछौँ।" उक्त बस्तीकी प्रमुखले कोखे आँखा देखाउँदै भनिन्।

रामे र हरिले एक अर्कालाई हेराहेर गरे अनि घरतिर लागे।
अर्को समाचार
कर्मचारीलाई यातायातमन्त्रीको निर्देशन: कानुनले अधिकार दिएको छ, उपयोग गर्नुस्
१३ माघ २०८१
•
१ मिनेट पाठ
कर्मचारीलाई यातायातमन्त्रीको निर्देशन: कानुनले अधिकार दिएको छ, उपयोग गर्नुस्
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नहिचकिचाईकन कानुनले दिएको अधिकार उपयोग गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। नियत सफा राखेर दायित्वलाई नबिर्सी कानुनले दिएको अधिकार उपयोग गर्न उनले आग्रह गरे।




नेपाल निजामती कर्मचारी सङ्गठन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विभागीय समितिको १२औँ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री दाहालले शीघ्र सेवा र तीव्र विकासको मर्मलाई आत्मसात् गर्न आग्रह गरे। “कर्मचारीले आफ्नो अधिकार र दायित्वलाई नभुली कार्य सम्पादन गर्नुपर्छ”, उनले भने।

सरकार गठन भएको ६ महिनाको अवधिमा सरकारले थुप्रै काम गरेको मन्त्री दाहालको भनाइ थियो। काठमाडौं तराई–मधेस द्रुत मार्गमा पर्ने धेद्रे सुरुङ तथा सिद्धबाबाको सुरुङ छिचोलिएको, नागढुङ्गा सुरुङ मार्ग सञ्चालनका लागि ‘मोडालिटी’ तयार भइरहेको, मुग्लिन–पोखरा तथा, नारायणघाट–बुटवल सडक निर्माणले गति लिएको, केही प्रमुख विधेयक संसद्को यही हिउँदे अधिवेशनमा पेस हुने अवस्थामा पुगेको उनले उल्लेख गरे।

बिपी राजमार्गसहितका सडकहरु बाढी–पहिरोले क्षत–विक्षत गरे पनि तुरुन्त यातायात सञ्चालनको अवस्थामा ल्याइएको, बेलिब्रिज धमाधम जडान भएको र भइरहेका भन्दै मन्त्री दाहालले आगामी वर्षायाममा सहज रुपमा यातायात सञ्चालनको वातावरण बनाउन मन्त्रालय लागिपरेको उल्लेख गरे। 

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले कर्मचारी सङ्गठन तथा ट्रेड युनियन सृजनशील हुन सके कार्य सम्पादन चाँडो र प्रभावकारी हुनसक्ने बताए। कर्मचारी अगुवाहरुले संसद्को आगामी अधिवेशनबाट सङ्घीय निजामती सेवा ऐन पारित हुनुपर्नेमा जोड दिए।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस