सरोज पौडेलले निर्देशनमा रहेको चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले सनेमाको ‘बाँसैको सुप्लाखे’ गीतपछि बुधबार टिजर सार्वजनिक गरेको हो।
प्रेम, खुसी, धोका र वियोग समेटिएको यो टिजरमा सिनेमा मुख्य तीन कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन्।
मौलिक परम्परागत संस्कृतिबाट सुरु हुने टिजरमा सुरुमा विजय र अञ्जनाको प्रेम, विवाह र खुसी छ। त्यसपछि टिजरमा द्वन्द्व सिर्जना गर्न एन्टागोनिस्ट विनोद न्यौपानेको प्रवेश हुन्छ।
उनको प्रवेशसँगै वियोगमा फसेका विजयको अवस्था र अञ्जनाले व्यहोरेको धोका र त्यसपछिको पीडा टिजरमा देखिन्छ।
प्रेमिल कथा र घटनाक्रमबाट सुरु हुने टिजर धोकासँगै कलाकारको दुःखले सिर्जना गर्ने इमोसनमा गएर टुंगिन्छ।
यसमा नेपाली सिनेमा उद्योगकै बक्सअफिसको ब्लकबस्टर जोडी विजय बराल र अञ्जना बराइली छन्। उनीहरुको यो दोस्रो सहकार्य हो। यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो।
चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ।सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन्। ‘सिन्दुरे जात्रा’ भने मंसिर १८ गते देखि प्रदर्शनको तयारीमा छ।